जीवनको यो अवस्था अत्यन्त जटिल रहेको नीता सम्झन्छिन् । सिमेन्टको पक्की घरबाट माटोको घर, ग्याँसबाट दाउरे चुल्हो, मीठोमसिनोबाट छाक धान्नैपर्ने स्थितिमा पुगेपछि असाध्यै दुःख पाएको उनी बताउँछिन् । ‘पहिला दुःख पाएर पछि सुख पाएको भए राम्रो हुन्थ्यो होला तर यहाँ त उल्टो भयो,’ उनी भन्छिन्, ‘जीवनको त्यो घडीले आगामी दिनमा जस्तोसुकै दुःख आए पनि बाँच्न सकिन्छ भन्ने सिकायो ।’