जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

नेपाल वातावरण पत्रकार समूह (नेफेज) की प्रथम महिला अध्यक्ष हुन्, रोशनी अधिकारी । उनै रोशनीसँग गरिएको कुराकानी-
नेपाल वातावरण पत्रकार समूह (नेफेज) को प्रथम महिला अध्यक्षको हैसियतले काममा कत्तिको चुनौती महसुस गर्नुभएको छ ?
सन् १९८६ मा स्थापना भएको संस्थामा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुँदा समय फेरिएको महसुस भएको छ । हामीभन्दा अगाडिको नेतृत्वले सिकाएका र देखाएका बाटाहरू समातेर अगाडि बढिरहेका छौं । अगाडिकै काम गर्ने तौरतरिकामा अभ्यस्त भइसकेकाले एक्कासि महिलाको उपस्थिति र सोहीअनुसारको काम गर्दा चुनौती छ । जुन प्रथामा काम गर्दै आइरहेका थियौं त्यसलाई परिवर्तन महिलामैत्री बनाउनुपर्ने तथा भोलिका लागि नया“ गोरेटो कोर्ने चुनौतीपनिछ । पुरुष नेतृत्वबाट महिलाको हातमा नेतृत्व आएको यो समय‘ट्रान्जेसनल फेज’ मा छौं ।
नेपाली पत्रकार महिलाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पत्रकार महिलाको अवस्थाको कुरा गर्नुपर्दा आकर्षण छ तर निरन्तरता छैन । जिम्मेवारी, अवसर, आर्थिक अवस्था, सामाजिक संरचनालगायत यसका कारण यो पेसाबाट अलग हुने, पेसा परिवर्तन गर्ने लगायतका देखिएका छन् ।
वातावरण पत्रकारितामा महिलाको संख्या कम हुनुको कारण के होला ?
असी जनाभन्दा बढी नेफेजको सदस्य रहेकामा २० जना पनि महिला छैनन् । जल्दोबल्दो करियर रोज्छौं, आर्थिक सबलताका कुरा हेर्छौं, छिट्टो नेम–फेम कमाउन खोज्छौं तर वातावरण पत्रकारिता मूलधारभन्दा बाहिर रह्यो । वातावरणमा प्राविधिक शब्द बढी हुन्छन् जो कोहीले बुझ्न गाह्रो हुन्छ, धेरै पढ्न मेहनत गर्नपर्ने हुन्छ । यी र यस्तै विविध कारणले पुरुष पत्रकारलाई त गाह्रो छ भने महिलालाई त हुने नै भयो ।
संस्थाको कामको प्रभाव कस्तो छ ?
मुलुकैभर नै सामुदायिक रेडियो स्थापना गर्न हामीले पहल ग¥यौं र सफल पनि भयौं । सबैभन्दा लामो एपिसोड अर्थात् १३ सय ४५ शृंखला पूरा गरेको टेलिभिजन कार्यक्रम ‘आ“खीझ्याल’ निरन्तर चलिरहेको छ । वातावरणका मुद्दामा निरन्तर खबरदारी गरिरहेका छौं । वातावरणका मुद्दामा सरकारलाई सघाउने काम गरिरहेका छौं । नेपालले संरक्षणको काम गर्न थालेको ५० वर्ष भयो । यसैमा हामीले सरकारस“ग मिलेर वृत्तचित्र बनाउने, डकुमेन्टेसन गर्ने, अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन गर्ने योजनामा छौं । चुरेको कुरादेखि निजगढको कुरासम्म वातावरण विनाशस“गै जोडिएको विकासको कुरामा हामीले सधै खबरदारी गर्दै आयौं । यो आवाज सरकारले पनि सुनेको छ ।
वातावरण पत्रकार समूहले गर्नुपर्ने कामहरू के–के छन् ?
अब उठाउनुपर्ने मुद्दा भनेको मुलुकभर नै वातावरण, जलवायु तथा मौसम परिवर्तनका विषयमा मोफसलका पत्रकारहरूमा सचेतना जगाउनु जरुरी छ । पत्रकारकै संस्था भएको भएर पत्रकारका लागि वातावरणका विविध आयामसम्बन्धी विषयगत तालिम दिनुपर्ने हुन्छ । तराईमा वाइल्डलाइफ, घडियालमा केन्द्रित हुनुपर्छ भन्ने हिमाल जाँदा हिमनदी, झरनाका कुरा गर्नुपर्ला । वातावरण पत्रकारिता अपरम्पार छ ।
वातावरण संरक्षणका लागि महिलाले गर्नसक्ने कामहरू के–के हुनसक्छन्?
वातावरण संरक्षण पनि र यसको असर पनि महिला र बालबालिकामै बढी परेको छ । ‘वुमन मुभ द माउन्टेन’ भनेर माउन्टेन डेको यसपटकको थिम नै राखेको छ नेपाल सरकारले । हरेक कुराको संरक्षक नै महिला हुन्, महिला नै धर्ती माता हुन्, टे«डिसनल नलेजले किपर नै महिला हो भन्छ । अन्तर्राष्ट्रिय सन्धीहरूले नै पनि यही भनेका छन् । वातावरण संरक्षण प्रवद्र्धनमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ ।
नेतृत्व तहमा महिलालाई कत्तिको सजिलो–अप्ठ्यारो छ र धेरै भन्दा धेरै महिलालाई नेतृत्व तहमा कसरी पुर्याउने ?
समानतासँगै समता जरुरी छ । नेतृत्वमा आइसकेका महिलालाई निकै चुनौती छ । कतिपय स्थानमा महिला नेतृत्वलाई खुला हृदयले खुसी भएर स्वीकार गर्ने कुरा विकासकै क्रममा छन् । समान शिक्षा, समान अवसर, समान आर्थिक हैसियतमा महिला आउन सके नेतृत्व बढ्दै जान्छ भन्ने लाग्छ । महिला नेतृत्वले बढीभन्दा बढी महिलालाई निर्णायक तहमा ल्याउन पहल गर्नुपर्छ ।
महिलासशक्तीकरणका लागि के गर्नुपर्ला ?
महिला नेतृत्वलाई विश्वास गर्नुपर्छ । जसरी प्रसूति रोगका लागि महिला डाक्टर खोजिन्छ, फ्लाइटमा महिला पाइलटले चलाएको जहाज सुरक्षित हुन्छ भनिन्छ । मेरो दुश्मननै महिला नेतृत्व तहमा पुगेको छ भने उनलाई स्वीकार गर्ने, सहयोग गर्ने गर्नुपर्छ न कि व्यक्तिगत विचारमा केन्द्रित हुने । तसर्थ व्यावसायिकता विकास गर्नु जरुरी छ ।