प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

नेपालकै कम उमेरकी लेखक आकृति पाण्डेद्वारा लिखित ‘द स्प्राउटिङ स्टोरिज’ माघ १८ गतेदेखि नेपाली बजारमा आएको छ । यो पुस्तकलाई संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले विमोचन गरेका थिए।
३ कक्षामा अध्ययनरत ८ वर्षीया पाण्डेले यो पुस्तकभित्र विभिन्न घटना–परिघटना समेटिएका ११ वटा सन्देशमूलक कथालाई फरक–फरक शैली र स्वादमा पस्किएकी छिन् । संस्कार पब्लिकेशन्सले प्रकाशन गरेको यो कृति मूलतःअसल संस्कार र अनुशासनमा केन्द्रित छ । त्यसबाहेक पुस्तकले बालबालिकामा पढ्ने संस्कृतिको विकास गर्न प्रेरित गर्छ ।
‘एकदिन लेख्न मन लागेर लेखेर यत्तिकै देखें । कुनै ठाउँमा जाँदा हरेक कुरा म नियालिरहन्थें र साथीहरू धेरै मोबाइल खेलेको देख्थें । यसले मभित्र अनौठो सिर्जना भरिदियो,’ सुरिलो स्वरमा आकृतिले भनिन्,‘यसभित्रको एउटा कथामा एउटी सानी नानीको स्टोरी छ, उनी धेरै चकलेट खाएर एकदमै दाँत दुखेपछि डाक्टरकोमा जान्छिन्, डाक्टरको कुरा सुनेपछि उनले चकलेट खान छोडिदिन्छिन् । त्यसैगरी प्रविधिले बालबालिकामा के र कस्तो लत बसाइरहेका छन् भन्ने कथाहरू पनि छन् ।’
यी सानी लेखकलाई लेखनबाहेक डान्स गर्न, कविता वाचन गर्न, पेन्टिङ गर्न मन पर्छ । यो उमेरदेखि नै अत्यन्त सिर्जनशील आकृतिलाई बुवा अमुन पाण्डेले लेख्नका लागि निकै प्रोत्साहन गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा मानिसले जस्तो वातावरण प्राप्त गर्छ त्यस्तै आकार लिँदै जाने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले बताएका थिए, उनले आकृतिमा अलौकिक सिर्जनात्मक क्षमता भएको पनि बताए ।