Successfully Copied

प्रिया मिस कस्मोपोलिटन 

गत अक्टोबर २५ अर्थात् कात्तिक ८ गते शुक्रबार मलेसियास्थित मारियोट पुत्रजया होटलमा सम्पन्न मिस कस्मोपोलिटन वल्र्ड–२०१९ को ग्रान्ड फिनालेमा नेपालकी प्रिया रानी लामा विजेता हुँदै इतिहास रच्न सफल भएकी छिन् । विश्वका ३१ देशका सुन्दरीलाई पछि पार्दै प्रिया मिस कस्मोपोलिटन वल्र्डको पाँचौं संस्करणको विजेता

गत अक्टोबर २५ अर्थात् कात्तिक ८ गते शुक्रबार मलेसियास्थित मारियोट पुत्रजया होटलमा सम्पन्न मिस कस्मोपोलिटन वल्र्ड–२०१९ को ग्रान्ड फिनालेमा नेपालकी प्रिया रानी लामा विजेता हुँदै इतिहास रच्न सफल भएकी छिन् । विश्वका ३१ देशका सुन्दरीलाई पछि पार्दै प्रिया मिस कस्मोपोलिटन वल्र्डको पाँचौं संस्करणको विजेता भएकी हुन् । प्रतियोगितामा मलेसियाकी क्रिस्टिन चाइ फस्ट रनर्सअप तथा नेदरल्यान्डकी मारिट बिट्स सेकेन्ड रनर्सअप घोषित भएका थिए । प्रियाले प्रतियोगिताअन्तर्गतको 

ट्यालेन्ट एवार्डमा फस्ट रनर्सअप तथा बेस्ट नेसनल कस्ट्युम विधाको एवार्डसमेत हात पारेकी थिइन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यसअघि प्रियाले भारतको नयाँ दिल्लीमा सञ्चालित फेस अफ ब्युटी इन्टरनेसनल–२०१८ मा टप ट्वेन्टीसम्मको यात्रा तय गरेकी थिइन् । मिस पूर्वाञ्चल–२०१० की फस्ट रनर्सअप प्रिया रानी लामा हाल मोडल तथा कोरियोग्राफरका रूपमा सक्रिय छिन् भने उनी टेलिभिजन प्रस्तोता पनि हुन् । माइक्रो बाइलोजीमा स्नातक गरेकी प्रियाले मिस नेपाल–२०१० मा सहभागिता जनाएकी थिइन् भने 

उनी मिस नेपाल–२०१५ पुन: सहभागी भएकी थिइन् । 

मिस कस्मोपोलिटन वल्र्ड–२०१९ को विजेता भएसँगै प्रिया अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि नेपाल भित्र्याउने चौथो सुन्दरी भएकी छिन् । यसअघि आयुषा श्रेष्ठले वल्र्ड मिस युनिभर्सिटी–२००३, जेनिता लामाले पेजेन्ट अफ द वल्र्ड–२०१६ तथा युनिता खत्रीले मिस वल्र्ड डाइभर्सिटी–२०१८ को शीर्ष उपाधि जितेका थिए । 

 Image