Successfully Copied

तिहार र अष्टलक्ष्मी

धर्मप्रतिको विश्वास र अनेकौं धार्मिक अनुष्ठानको प्रचलन यहाँ सबैतिर देख्न पाइन्छ । समय–समयमा विकसित भएका वैज्ञानिक विकासका अवधारणामा पनि परम्परागत मूल्य र मान्यताको सौन्दर्य झल्किनु नै यहाँको सांस्कृतिक वैभवको प्रतीक हो ।


नेपाल मानव सभ्यता र संस्कृतिको अनुपम एक उदाहरणीय तपस्थल हो । धर्मप्रतिको विश्वास र अनेकौं धार्मिक अनुष्ठानको प्रचलन यहाँ सबैतिर देख्न पाइन्छ । समय–समयमा विकसित भएका वैज्ञानिक विकासका अवधारणामा पनि परम्परागत मूल्य र मान्यताको सौन्दर्य झल्किनु नै यहाँको सांस्कृतिक वैभवको प्रतीक हो । मानिसको जन्मदेखि मृत्युसम्म विभिन्न आरोह–अवरोह आउनु स्वाभाविक जीवन प्रक्रिया मान्न सकिन्छ । नश्वर जीवनमा कालगति कारकतत्वलाई नष्ट गर्ने चेतनामय दीप प्रज्ज्वलन गरी सृष्टिको सुखमय भोग गर्न खोज्ने प्रवृत्ति स्वाभाविक मानिन्छ । आरोग्यपूर्ण जीवन, स्वास्थ्य र सुखसँग जिउने चाहना सबैको हुन्छ । आफ्नो मनोकामना पूरा गर्नका लागि मानिसले ईश्वरको आराधना गर्छन् ।


कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भई कार्तिक शुक्ल द्वितीयासम्मको अवधिमा मनाइने चाड तिहार हो । धार्मिक, आध्यात्मिक र सांंस्कृतिक जनजीवनमा तिहारसँग पनि नेपाली समाज जोडिएको छ । मानवीय जीवनमा तिहारको उच्च स्थान छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमराजलाई खुसी बनाई गाईलाई आमाका रूपमा र राति लक्ष्मीको पूजा गरी भक्तिभाव दर्साइन्छ ।
यमपञ्चकको तेस्रो दिन अष्टलक्ष्मीको पूजा गर्नु नै दरिद्रता वा संकटबाट छुटकारा पाउनु हो । धर्म, कर्म एवं आस्थाको मूल आशय नै समाजमा दुर्गुणबाट मुक्त हुनु हो । भौतिक उन्नति र प्रगतिका लागि सधै अघि बढ्नु मानवीय स्वभाव हो । सन्तुलित विकासलाई अघि बढाउन मानवीय रसात्मक व्यञ्जनभाव, अनुभाव र विभावका अवयवहरू सन्तोष, दया, क्षमा आदिले समाजमा ऊर्जा फैलाउनु हो । लक्ष्मीलाई भगवती स्त्री स्वरूपकी धनधान्यकी अधिष्ठातृका रूपमा मानिन्छ । भौतिक जीवनमा स्त्री सम्पत्तिसहित अन्य विविध कार्यमा पनि सुसम्पन्न बनाइदिन लक्ष्मीका विभिन्न अष्टरूपको पुष्प फलदायक रहन्छ । त्यसैले तिहारमा महालक्ष्मी र अष्टलक्ष्मीको पूजा–आराधना गरी दीपावलीका साथमा ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।



श्री अधिलक्ष्मी माता
सर्वसंपत्स्वरूपा त्वं सर्वेषां सर्वरूपिणी ।
रासेश्वर्याधिदेवी त्वं त्वत्कलाः सर्वयोषितः।।
हे अधिलक्ष्मी माता π तपाईंले नै जगत्को कल्याण
गर्नुहुन्छ । मैले यथाशक्ति तपाईंको पूजा–अर्चना गरेकी छु ।
तपार्इं प्रसन्न हुनुहोस् र मेरो कल्याण गर्नुहोस् ।


श्री ऐश्वर्यलक्ष्मी माता
कैलासे पार्वती त्वं च श्रीरोदे सिन्धुकन्यका ।
स्वर्गे च स्वर्गलक्ष्मीस्त्वं मत्र्यलक्ष्मीश्वै भूतले ।।
हे ऐश्वर्यलक्ष्मी माता π हामी सबैले शक्तिअनुसार
तपाईंको पूजा–अर्चना, जप, तप र ध्यान गरेका छौं ।
तपाईं प्रसन्न हुनुहोस् र हामीलाई ऐश्वर्य प्रदान गर्नुहोस् ।

श्री वीरलक्ष्मी माता
कैलासे पार्वती त्वं च श्रीरोदे सिन्धुकन्यका ।
स्वर्गे च स्वर्गलक्ष्मीस्त्वं मत्र्यलक्ष्मीश्वै भूतले ।।
हे वीरलक्ष्मी माता π तपाईंको पूजा–अर्चना, जप, तप र ध्यान गरेका छौं ।
तपाईं प्रसन्न हुनुहोस् र हामीलाई ऐश्वर्य प्रदान गर्नुहोस् ।



श्री धान्यलक्ष्मी माता
कृष्णप्राणाधिदेवी त्वं गोलोके राधिका स्वयम् ।
रासे रासेश्वरी त्वं च वृन्दावन वने वने ।।
हे धान्यलक्ष्मी माता π हामी सबैले शक्तिअनुसार
तपाईंको पूजा–अर्चना, जप, तप र ध्यान गरेका छौं ।
तपाईं प्रसन्न हुनुहोस् र हामीलाई धनधान्य र वैभव प्रदान गर्नुहोस् ।



श्री सन्तानलक्ष्मी माता
कृष्णप्राणाधिदेवी त्वं गोलोके राधिका स्वयम् ।
रासे रासेश्वरी त्वं च वृन्दावन वने वने ।।
हे सन्तान लक्ष्मी माता π हामी सबैले शक्तिअनुसार तपाईंको
पूजा–अर्चना, जप, तप र ध्यान गरेका छौं ।
तपाईं प्रसन्न हुनुहोस् र हामीलाई सुयोग्य सन्तान प्रदान गर्नुहोस् ।

श्री धनलक्ष्मी माता
क्षमस्व भगवत्सर्वं क्षमशीले परात्परे ।
शुद्ध सत्वस्वरूपे च कोपादिरीवर्जिते ।।
हे धनलक्ष्मी माता π हजुर नै जगत्को कल्याण
र सबैको भलो गर्ने हुनुहुन्छ । हजुरको
शक्तिअनुसार सेवा गर्न पाऊँ । मेरो पनि कल्याण
गरी मलाई धनधान्यले सम्पन्न गराउनुहोस् ।

श्री गजलक्ष्मी माता
उपमे सर्व देवीनां देवपूजिते ।
त्वया विना जगत्सर्वं च निष्फलम् ।।
हे गजलक्ष्मी माता π म र मेरो परिवारसहित हजुरको
सेवा, पूजा–अर्चना गरेका छौं । तपाईं प्रसन्न हुनुहोस् ।

श्री विजयालक्ष्मी माता
उपमे सर्वसाध्विनां देवीनां देवपूजिते ।
त्वया विना जगत्सर्वं मृत्युतुल्य च निष्फलम् ।।
हे विजयालक्ष्मी माता π म र मेरो परिवारसहित
लोककल्याणका लागि तपाईंको उपासना गरेका
छांै । तपार्इं प्रसन्न हुनुहोस् र मेरो कल्याण गर्नुहोस् 

 Image