कान्तिपुर इकोनोमिक समिट - अर्थतन्त्रमाथि बहस
रोजगारी सिर्जना,निजी क्षेत्रको भरोशा र विश्वास जाग्ने गरी बजेट ल्याउनुपर्ने भन्दै वक्ताहरूले अर्थतन्त्रको वर्तमान अवस्था बदल्न सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रको दृष्टिकोण बदल्नुपर्नेमा जोडदिए । 
                             
                             
               
              
त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको ऐना युनिसेक्स सैलुनले बिहीबार चौँथो वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न गरेको थियो । 
कार्यक्रमको उद्घाटन चर्चित अभिनेतृ बेनिशा हमालले केक काटेर गरेकी थिइन् । सैलुनले हेयर कट, हेयर कलर, केराटिन ट्रिटमेन्ट, स्ट्रेट, फेसियल, मेनिक्योर, पेडिक्योर, मेकअप तथा ब्राइडल प्याकेजलगायतका आधुनिक सेवा प्रदान गर्दै आएको छ ।
ऐनाकी सञ्चालक खुशी पाठकका अनुसार वार्षिकोत्सव र तीज पर्वको अवसरमा ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरिएको बताइन् ।
 उनले ग्राहकहरूको निरन्तर समर्थन र विश्वासले नै सैलुनले छोटो समयमै सफलता हासिल गर्न सकेको समेत बताइन् । 
 
                                   
                                  