कात्तिक महिनाको राशिफल
कात्तिक महिनाको राशिफल

मेष
विविध कामकुराले गर्दा व्यस्त रहनुपर्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । इष्टमित्रसित रमाइलो जमघट हुनेछ । घरमा पाहुनाहरूको आवागमन भैरहला । काम गर्ने उत्साह र जाँगर बढ्दा तन स्वस्थ रहनेछ । व्यक्तिगत खुसीका लागि केही कुराको किनमेल हुनेछ । घरमा कुनै सरसामानमा हेरफेर हुनसक्छ । स–साना कुराहरूलाई पनि महत्व दिँदै कुरा बुझ्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । साथीहरूसित कतै रमाइलो भेटघाट हुनसक्छ । कतैबाट कुनै नयाँ कामको लागि प्रस्ताव आउनसक्छ ।
वृष
वैदेशिक यात्राको योग छ । विविध कामकुरामा आफूलाई आबद्ध गराउने मौका मिल्नेछ । व्यक्तिगत काम एवं खुसीका लागि कुनै कुराको किनमेल हुनेछ । पदीय मर्यादाको ख्याल गर्दै कतैबाट कुनै कामको प्रस्ताव आउनसक्छ । शैक्षिक, व्यापारिक एवं सामाजिक काममा सफलता मिल्नेछ । कुनै कुराले परिवारमा खुसी छाउला । सकेसम्म आफ्नो मन बुझाउने र खुसी हुने प्रयास गरिनेछ । सबैतिरबाट भनेजस्तो साथ र सहयोग पाइनेछ । कुनै कुराको आकस्मिक लाभ होला । प्रियजनसितको भेटघाटमा मन रमाउनेछ । व्यावसायिक क्षेत्रमा प्रशस्त धनलाभ हुनेछ । व्यावहारिक काम धैर्यपूर्वक गर्दा सम्बन्ध पनि सुमधुर रहनेछ ।
मिथुन
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । मानसिक तनाव हट्दा तन पनि स्वस्थ रहनेछ । क्रमशः रोकिएका सबै काम पूरा हुँदै जानेछन् । कुनै विशेष कामका लागि केही रकम खर्चिनुपर्नेछ । साथी एवं इष्टमित्रसित कतैको घुमघाम हुनसक्छ । महत्वपूर्ण काममा समय दिन पाउँदा मन खुसी हुनेछ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । दाम्पत्य जीवनमा माया र समझदारी कायम रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । व्यावसायिक क्षेत्रमा सफलता हात लाग्नेछ । सन्तानबाट भनेजस्तै सुख एवं सन्तोष पाइएला ।
कर्कट
सहयोगी हातहरू पछि हट्नसक्छन् । सम्भावित अपजसबाट बच्न कुनै पनि कुरामा नहतारिएकै राम्रो हुनेछ । पारिवारिक सदस्यबाट भनेजस्तो साथ र सहयोग पाइनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आर्थिक लगानी एवं लेनदेनको काम गर्दा चनाखो रहनुपर्ने समय छ । कतैबाट कुनै कुराको लाभ हुनसक्छ । कतैको पारिवारिक घुमघाम हुनसक्छ । चिनेजानेकै व्यक्तिबाट धोका हुनसक्ने भएकाले सतर्क रहनुपर्ला । प्रतिस्पर्धात्मक काम गर्दा चनाखो रहनुपर्नेछ । जता जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ला ।
सिंह
वैदेशिक यात्रा हुने सम्भावना छ । महिनाको पूर्वार्द्धमा केही धपेडी भए पनि उत्तरार्द्ध सहज हुनेछ । सहयोगी हात पछि सर्नसक्छन्, अनपेक्षित रही अत्यावश्यक काममा अडिग रहनुपर्ला । पेट तथा मुटुका बिरामीले जता जाँदा पनि स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ । एक–अर्काको मनोभाव बुझ्दै तदनुरूप काम गर्नसके वैवाहिक जीवन सुमधुर रहला । विविध कामकुराका लागि केही खर्च गर्नुपर्नेछ । कसैसित दोहोरो प्रतिक्रिया नगरी तटस्थ रहनसके सम्भावित विवाद टर्नसक्छ । समयावस्था विचारेर तदनुसार आफूलाई हिँडाउन सके काममा सहजता होला । काममा बाधा हुनसक्ने भएकाले नजाने/नबुझेको कुरामा तर्किएकै राम्रो होला ।
कन्या
यो महिना बढी व्यस्त भइएला । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । सन्तानको सुख र भविष्यका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ । साथी एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नसक्छ । कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । महिनाको उत्तरार्द्धको समयमा कुनै कुराले मन चञ्चल रहला । सकारात्मक विचारधाराले गरेको काममा सफलता मिल्ला । तपाईंको बोली र कार्यदक्षताको समाजमा चर्चा हुनसक्छ । शत्रुवर्ग तथा प्रतिस्पर्धीसित भने काम गर्दा सतर्क रहनुपर्ने अवस्था छ ।
तुला
हरेक काममा सफलता मिल्नेछ । माइतीपक्ष एवं दिदीबहिनीहरूसित रमाइलो समय बिताउने मौका मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै मित्रवर्गको राम्रो आतिथ्यता ग्रहण गर्न पाइनेछ । कतै घुमघाम गर्ने अवसर प्राप्त हुनसक्छ । मनमा भएको सन्ताप क्रमशः हट्दै जानेछ । कुनै धार्मिक कार्यमा आबद्ध हुने मौका मिल्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कुनै तार्किक क्रियाकलापमा तपाईंको साथ खोजिएला । तपाईंको अनुकूलता बुझी काम गर्ने प्रयास गरिनेछ । जता जाँदा पनि राम्रो स्वागत–सत्कार पाइएला । राम्ररी सोचविचार गरेर बोल्नुपर्ने अवस्था छ ।
वृश्चिक
समस्याको समाधान हुनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । दिदीबहिनीबाट भनेजस्तै माया, साथ र सहयोग पाइनेछ । केही समय माइतीको बसाइ हुनसक्छ । धार्मिक क्रियाकलापमा आबद्ध भइनेछ । वैवाहिक जीवन सुखमय रहनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । आत्मीयजनसितको भेटघाटले मनमा प्रसन्नता बढ्नेछ । काम गर्दागर्दै पनि कुनै कुराले तनाव उत्पन्न हुनसक्छ ।
धनु
योजनानुसार काममा सफलता मिल्दै जानेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैको सानोतिनो घुमघाम हुनसक्छ । आत्मीयजनसितको भेटघाटले मनमा ऊर्जा बढ्नेछ । कसैकसैलाई नयाँ रोजगारी प्राप्त हुनसक्छ । घरमा नन्द–आमाजू र माइतीमा भाउजू–बुहारीसित रमाइलो समय बित्नेछ । महिनाको पूर्वार्द्धमा अनुकूल रहनेछ भने उत्तरार्द्धमा काममा केही असहजभाव उत्पन्न हुनसक्छ । सन्तानबाट अपेक्षित सुखसन्तोष पाइएला । नवीन वस्त्रप्राप्तिको योग छ । शरीर स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । सबैको भावना बुझी काम गर्नसके सम्बन्ध राम्रो रहला ।
मकर
घरायसी एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । एक–अर्काको मनोभाव बुझ्दै तदनुरूप काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । नजानिँदो गरी कुनै कुराले टाउको दुखाउन सक्छ । समय सन्दर्भ विचारेर काम गर्न सके आफैलाई सहज हुनेछ । महिनाको पूर्वार्द्धको समयमा केही भ्याइनभ्याई भए पनि उत्तरार्द्धको समय आफू अनुकूल रहला । पारिवारिक माया एवं सद्भाव बढ्नेछ । विद्यार्थीहरूलाई वक्तृत्वकला तथा वादविवाद प्रतियोगितामा सफलता मिल्नेछ । सन्तानबाट अपेक्षित साथ र सहयोग पाइनेछ । नवीन वस्त्रप्राप्तिको योग छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ होला । मनमा भएको तुष हटेर जानेछ ।
कुम्भ
यात्राको योग छ । कुनै कुराले मनमा दोधार भए तापनि प्रायः सबै कामकुरा तपार्इंकै अनुकूलतामा सम्पन्न हुनेछन् । महिनाको पूर्वार्द्ध लाभदायक रहनेछ भने उत्तरार्द्ध पनि सहज नै बन्नेछ । व्यापारिक क्षेत्रमा सफलता मिल्नेछ । कतै रोकिएको वा फसेको रकम हात लाग्ने सम्भावना छ । कसैको चित्त नबुझेको कुरालाई राम्ररी सम्झाउने प्रयत्न गर्नुहोला । कुनै पनि कुरामा प्रतिवाद गर्नुअघि राम्ररी विचार गर्नुपर्ने बेला छ । कतिपय कुरामा मौन र तटस्थ रहनु नै उचित होला ।
मीन
तनमनमा भएको रोग वा शोकको व्यथामा कमी आउनेछ । सकेसम्म आफ्ना लागि समय दिन खोजिनेछ । कुनै कारणवश रोकिएको कामले गति लिन थाल्नेछ । मनपर्दो खानपान र कामकाजमा आफूलाई समाहित गरिनेछ । आत्मीयजनसितको भेटले मनमा ऊर्जा बढ्नेछ । नयाँ काम गर्ने अवसर जुट्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ । मान्यजनसित रमाइलो भेटघाट हुनेछ । प्रायः सबै काम तपाईंकै चाहनाअनुसार सम्पन्न हुनेछन् । कुनै कुराले मनमा खुसीको सञ्चार गराउला । पेटका बिरामीले भने मनपर्दो खानेकुरा खाँदा आफूलाई नियन्त्रण गर्नुपर्ने बेला छ ।