मेष
महिनाको पूवाद्र्धको समय आफू अनुकूल नहुनसक्छ । स–साना कुराले अनाहकमा दु:ख दिन सक्छन् । कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । उत्तराद्र्धको समय भने तपाईं अनुकूल रहनेछ । आठौं बुधले काममा सफलता दिलाउनेछ । गरेको काममा अपेक्षित सफलता मिल्नेछ । कुनै प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । पारिवारिक सुख र समृद्धि बढ्नेछ । सन्तान सुख प्राप्त हुनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । कुनै कुराको आकस्मिक लाभ हुनेछ । विभिन्न कुराले गर्दा मनले रमाउने मौका भेट्नेछ । कहिलेकाहीँ दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एकापसमा माया र सद्भाव भने कायमै रहनेछ । व्यावहारिक काम गर्दा सजग रहनुहोला ।
वृष
आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं सद्भाव कायम रहनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पेटका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला । सामाजिक, न्यायिक र प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । महिनाको उत्तराद्र्धको समय आफू अनुकूल नहुनसक्छ । कसैसित विवाद हुनसक्छ । कुनै पनि काम गर्दा बोली र व्यावहारिक काममा संयमता अपनाउनुहोला । कुनै पनि काममा नहतारिनुहोला । कुनै कुरामा आँखा चिम्लिनु नै उत्तम रहला । जतिसक्यो कम बोलीमै काम सक्नु उत्तम रहनेछ । अनपेक्षित रही आफैले आफ्नो काम सक्नु मनासिब रहनेछ ।
मिथुन
मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्दा तन स्वस्थ रहनेछ । मन उत्साहित बन्दा कुनै पनि काम सहज लाग्नेछ । घरमा कसैको आगमन हुनसक्छ । इष्टमित्रसित राम्रो सम्बन्ध स्थापित रहनेछ । सोचेअनुसार सबै कुरा मिल्दै जानेछन् । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हासिल हुनेछ । व्यापारिक क्षेत्रबाट राम्रो धनलाभ हुनेछ । कुनै कुरामा पारिवारिक छलफल हुनेछ र तदनुसार कुनै कुराको निर्णयमा पुगिएला । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । समाजमा तपाईंको कामकुराको चर्चा चल्नसक्छ । कुनै काममा विशेष सफलता मिल्नेछ । सन्तानबाट भनेजस्तै सुख र सन्तोष प्राप्त हुनेछ । प्राय: सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् ।
कर्कट
मन उत्साहित बन्दा काम गर्ने जाँगर बढ्नेछ । कुनै नयाँ काम गर्ने विचार मनमा आउनसक्छ । नयाँ एवं पुराना साथीसित भेट्ने मौका जुट्नसक्छ । पारिवारिक सुख मिल्नेछ । कतैबाट लिन बाँकी रहेको रकम सापटी फिर्ता मिल्नसक्छ । प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्ने बेला छ । कुनै पनि काम गर्दा आफ्नो गोपनीयतामा अडिग रहनुहोला । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । कुनै कुरालाई लिएर छोराछोरीले जिद्दी गर्नसक्छन् । तिनीहरूलाई राम्ररी सम्झाउने प्रयास गर्नुपर्नेछ । कहिलेकाहीँ दाम्पत्य जीवनमा खटपट परे पनि एक–अर्काप्रतिको माया र सद्भाव कायमै रहनेछ । मौसमी बिरामीले दु:ख दिनसक्ने सम्भावना भएकाले स्वास्थ्य र खानपानमा ख्याल गर्नुपर्ने बेला छ ।
सिंह
सोचेअनुसार समय चल्नेछ । पारिवारिक सुख विचारेर कुनै कुराको निर्णय गर्नुपर्ला । आफ्नो कार्यक्षेत्रबाट राम्रो मानसम्मान पाइनेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । घरायसी कामले गर्दा पनि केही व्यस्त रहनुपर्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । कुनै प्रतिस्पर्धात्मक कार्यमा संलग्न हुने मौका मिल्नसक्छ । कतैबाट कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । कसैकसैको कतै फसेको रकम यो महिनामा फिर्ता मिल्ने सम्भावना छ । श्रीममन्–श्रीमतीबीच बेलाबेलामा वैचारिक मतभेद कायम रहे पनि एक–अर्कालाई राम्ररी बुझ्ने प्रयास हुनेछ । कसैले भनेको कुरामा प्रतिक्रिया गर्न नहतारिनुहोला । सकेसम्म कम बोलीमै काम सक्ने प्रयास गर्नुहोला । यति गर्न सके पनि कसैसित हुनसक्ने सम्भावित विवाद टर्नसक्छ ।
कन्या
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर पनि बढ्नेछ । मनमा भएको तुष हटेर जानेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । सबै कुरा यथास्थानमा तदनुरूप मिल्दै जानेछन् । कुनै कामका लागि केही खर्च गर्नुपर्नेछ । आफ्नो र परिवारको हित सोचेर काम गर्ने प्रयास गरिनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ । इच्छानुसारका कामकुरामा समय दिन पाइनेछ । सबैले तपाईंको कुरा बुझी तदनुरूप काम गर्ने प्रयत्न गर्नेछन् । विविध कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । समयलाई आफूअनुसार चलाउने प्रयत्न हुनेछ । मनपर्दो क्रियाकलापमा आफूलाई प्रस्तुत गरिनेछ । मन खुसी हुँदा जुनै कामकुरालाई पनि सहज ढङ्गमा लिन खोजिनेछ । समग्रमा हेर्दा यो महिना तपाईं अनुकूल नै रहनेछ ।
तुला
विविध कामकुराले गर्दा व्यस्त भइनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । कुनै ठाउँमा जाँदा आफ्नो मालसामानको ख्याल गर्नुपर्ला । सबै कुराहरू आफू अनुकूल नहुनसक्छन् । कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । कहिलेकाहीँ काम गर्दा झर्को लाग्नसक्छ । कसैले राम्रो भनेको कुरा पनि नराम्रो लाग्नसक्छ । समय विचारेर आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । दाम्पत्य जीवन साचेझैं सुमधुर रहनेछ । पारिवारिक सुख विचारेर कुनै काम गर्ने विचार मनमा आउनसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो खुसीका लागि कुनै कुरामा खर्च हुनसक्छ । झिनामसिना कुराहरूबाट तर्किनसके अनपेक्षित टाउको दुखाइबाट बच्न सकिनेछ ।
वृश्चिक
व्यक्तिगत वा अफिसियल कामकाजले कतैको यात्रा हुनसक्छ । थोरै समयमा धेरै काम गर्नुपर्दा भ्याइनभ्याइ हुनसक्छ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी विचार गर्नुपर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्ने भएको हुँदा काम गर्दा कसैको भर नपर्नु नै उचित हुनेछ । समय र कामको तालमेल मिलाउँदै त्यसैअनुसार चल्न सके आफैलाई सजिलो हुनेछ । समयावस्था विचारेर आफैले आफ्नो अनुकूलता सोची काम गर्नुपर्ने बेला छ । केही समय छुट्याउन सके मनमा भएको बोझ कम हुँदै जानेछ । एक–अर्काको मनोभाव बुझ्दै तदनुरूप समय दिनसके दाम्पत्य जीवन सुमधुर रहनेछ । रक्तचाप, पेट एवं मुटुका बिरामीले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने समय छ ।
धनु
सकारात्मक सोचले गरेका सबै काममा सफलता मिल्नेछ । व्यक्तिगत काममा सफल भइनेछ । योजनानुरूप चालेका कदमहरू पनि क्रमश: सफलतातिर उन्मुख हुनेछन् । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । साथीहरूसित कतै जमघट हुनसक्छ । आर्थिक एवं व्यापारिक पक्ष सुदृढ रहनेछ । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । महिनाको उत्तराद्र्ध आफू अनुकूल नहुनसक्छ । प्रतिस्पर्धीहरूले अनाहकमा दु:ख दिने प्रयास गर्नसक्छन् । आफ्नो गोपनीयताको ख्याल गर्दै काम गर्नुपर्नेछ । खुरापाती प्रवृत्तिका व्यक्तिसित तर्केर काम गर्नुपर्ने समय छ । कुनै कुरालाई लिएर दम्पतीबीच मनमुटाव हुनसक्छ । एक–अर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा मधुरता थपिनेछ । मौसमी अवस्था हेरेर आफ्नो स्वास्थ्य र खानपानमा पनि विचार गर्नुपर्ने बेला छ ।
मकर
काम गर्ने उत्साह बढ्नेछ । तन पनि स्वस्थ हुँदा कुनै पनि काम गर्न सहज लाग्नेछ । कुनै धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नसक्छ । पारिवारिक हित विचारेर कुनै काम हुनसक्छ । कुनै कामविशेषले कतै जाने मौका मिल्नसक्छ । कसैकसैको पारिवारिक घुमघाम हुनसक्छ । नवीन रोजगारीको सम्भावना छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । राम्रो गर्दागर्दै पनि कहिलेकाहीँ नराम्रो सुनिनसक्छ । कुनै पनि कुरामा प्रतिक्रिया गर्न नहतारिनुहोला । सम्भावित वादविवाद रोक्न कम बोलीमै काम सक्ने प्रयास गर्नुपर्ला ।
कुम्भ
मनमा भएको बोझ हटेर जानेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै धार्मिक कार्यमा आबद्ध हुने अवसर जुट्नसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै कुरामा आर्थिक लाभ हुनसक्छ । प्राय: सबै कामहरू आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । कहिलेकाहीँ काम गर्दा झिनामसिना समस्या आइलागे पनि आफ्नै सुझबुझमा काम सल्टाउने प्रयास गरिनेछ । व्यापारिक कामका लागि महिनाको पूर्वाद्र्धभन्दा उत्तराद्र्धको समय अनुकूल रहनेछ । कतैबाट कुनै आकस्मिक उपहार पाइनसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने अवसर मिल्नसक्छ । जता जाँदा पनि राम्रो मानसम्मान पाइनेछ । सामाजिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । भनेअनुसार सबै कुरा मिल्न जाँदा मन प्रसन्न रहनेछ ।
मीन
पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । सोचेअनुसार काममा सफलता मिल्नेछ । मनले खुसी हुने बाटो भेट्नेछ । समसामयिक कुरामा जोड दिँदै अघि बढ्ने प्रयास हुनेछ । सन्तानबाट अपेक्षित सुखसन्तोष पाइनेछ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । समयलाई आफूअनुसार तह लगाउन खोजिनेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलाग्ने, सहयोगी हात पछि सर्ने, काममा ढिलासुस्ती हुनेजस्ता समस्या आइलाग्नसक्छन् । धैर्य र संयमतापूर्वक काम गर्नसके समस्याको समाधान हुनेछ । कुनै नयाँ काममा हात हाल्दा विशेष ध्यान दिनुपर्ने बेला छ । कसैको लहैलहैमा नलागी समयावस्था विचारेर काम गर्नु नै बुद्धिमानी हुनेछ । आफैले आफ्नो हिताहित सोचेर अघि बढ्नुपर्ने बेला छ ।