मेष
विविध कामकुराले गर्दा व्यस्त रहनुपर्नेछ । आफ्ना लागि पनि समय छुट््याउनुपर्नेछ । बेलाबेलामा विविध कुराले गर्दा काममा अलमल हुनसक्छ । सकभर आफ्नै सुझबुझले काम सल्टाउने प्रयास हुनेछ । कुनै कुराले नजानिँदोगरी दु:ख दिनसक्छ । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहेर काम गर्नुपर्नेछ । कसैको कुरा तपाईंलाई चित्त नबुझ्नसक्छ, समयावस्था विचारेर मात्र आफ्नो अभिव्यक्ति दिनु राम्रो होला । कुनै कुराले गर्दा दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । तटस्थ भएर शान्त र रूपमा आफूलाई व्यक्त गर्नसके समझदारी कायम रहला । महिनाको अन्तिम सातादेखि समय सहज बन्दै जानेछ । कुनै कुराले मनमा खुसीको प्रत्याभूति दिलाउनेछ ।
वृष
कुनै प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तान सुख प्राप्त हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । कसैलाई दिएको सापटी रकम फिर्ता मिल्नसक्छ । पुराना एवं नयाँ साथीसित कतै भेटघाट हुनसक्छ । काम गर्दा अपजस आउनसक्ने भएकाले बोली र व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । माइतीपक्षसित रमाइलो समय यापन गर्ने मौका जुट्नेछ । दाम्पत्य जीवनमा कुनै कुरामा वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको भावनालाई बुझ्ने प्रयास गरेमा सम्बन्ध सुमधुर रहनेछ ।
मिथुन
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने उत्साह बढ्नेछ । तनमन स्वस्थ हुँदा शरीर पनि स्वस्थ रहनेछ । कतैको पारिवारिक घुमघाम हुनसक्छ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । सोचेअनुरूप सबै कुराहरू यथास्थानमा मिल्दै जानेछन् । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । नयाँ एवं पुराना साथीहरूसित भेट्ने मौका जुट्नेछ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा संलग्नता जनाउनुपर्ला । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । माइतीपक्षसित रमाइलो समय यापन गर्ने अवसर जुट्नेछ ।
कर्कट
मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । आर्थिक क्रियाकलापका काम गर्दा सजग रहनुपर्नेछ । जतासुकै जाँदा पनि आफ्नो मालसामानको ख्याल गर्नुपर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । काम गर्दा कसैको अपेक्षा नगर्नु नै उत्तम रहला । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । धेरैजसो कुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कसैकसैलाई यो महिनामा कुनै संघसंस्थाबाट मानसम्मान मिल्नसक्छ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । काम गर्ने जाँगर बढ्नेछ । कुनै कामविशेषले कतै जाने काम आइलाग्नसक्छ । टाउको एवं आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्ला ।
सिंह
पारिवारिक वातावरण सुमधुर रहनेछ । सन्तानबाट अपेक्षित सुख र सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवनमा बेलाबेलामा सामान्य मनमुटाव भए पनि अपेक्षित समझदारी भने कायमै रहनेछ । धेरैजसो कुरा तपाईंकै इच्छाबमोजिम सम्पन्न हुनेछन् । वैदेशिक यात्रा गर्ने सम्भावना छ । विविध कुराले गर्दा व्यस्त भइएला । जतासुकै जाँदा पनि आफ्नो कामकुरा, स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । धेरैजसो काम तपाईंकै अगुवाइमा सम्पन्न हुनेछन् । नवीन वस्त्रप्राप्तिको योग छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ होला । कुनै प्रतियोगितात्मक कार्यमा सहभागी हुने सम्भावना छ । व्यक्तिगत खुसी विचारेर काम गर्ने प्रयत्न गरिनेछ । समग्रमा हेर्दा महिना राम्रै रहनेछ ।
कन्या
सकारात्मक सोचले गरेको काममा सफलता मिल्नेछ । कुनै कुराले गर्दा मन खुसी रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । व्यक्तिगत कामकाजमा समय दिन पाइनेछ । विभिन्न खालका जमघटमा सहभागी हुन पाइनेछ । आफ्ना कामका लागि केही खर्च हुनसक्छ । विभिन्न खालका आकस्मिक उपहारहरू आइलाग्न सक्छन् । दिदाबहिनी एवं माइतीपक्षसित रमाइलो समय बिताउने मौका मिल्नेछ । पारिवारिक वातावरण पनि सुखमय रहनेछ । घरमा कुनै सरसामानको जोहो हुनसक्छ । समयको ख्याल गरी अघि बढे राम्रो हुनेछ । आफैंले आफ्नो सहजताको विचार गरिनेछ । सकेसम्म अनपेक्षित रही काम गर्ने प्रयास हुनेछ । प्राय: सबै काम तपाईंकै अनुकूलतामा सम्पन्न हुनेछन् ।
तुला
आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति गर्ने मौका मिल्नेछ । कसैकसैको जागिरमा पदोन्नति हुनसक्छ । कतैको घुमघाम हुनसक्छ । घरमा कुनै कुरामा हेरफेर हुनसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै राम्रो समाचार सुन्न पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । तपाईंको कुरा बुझी तदनुरूप काम गर्ने प्रयास हुनेछ । कसैकसैलाई कुनै संघसंस्थाबाट सम्मानित हुने मौका मिल्नसक्छ । छोराछोरीले पनि भनेअनुसार काम गर्दा मन खुसी रहनेछ । मनमा भएको तनाव हट्दा तनमन दुवै स्वस्थ रहनेछ । सबै कुरा क्रमश: मिल्दै जानेछन् । विभिन्न खालका कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ ।
वृश्चिक
सोचेअनुसार सबै काममा सफलता मिल्दै जानेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । विविध कारणले गर्दा मन खुसी रहनेछ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । समस्याको समाधान हुनेछ । मनमा भएको तनाव हट्दा तन स्वस्थ रहनेछ । माइती–मावलीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । साथीहरूसित पनि रमाइलो जमघट हुनसक्छ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । मनपर्दो काम र खानपानमा मन रमाउनेछ । प्राय: सबै कामकुरा आफ्नै इच्छानुसार सम्पन्न हुनेछन् । घरमा कतिपय कुरामा हेरफेर हुनसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । व्यावसायिक काममा सहभागी हुने मौका मिल्नसक्छ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । विविध कारणले गर्दा महिना फलदायी रहनेछ ।
धनु
समयलाई आफ्नो इच्छानुसार तह लगाउन खोजिनेछ । कुनै कुराले मनमा उत्साह बढ्नेछ । यदाकदा काम गर्दा आकस्मिक समस्या आउनसक्छ । शान्त र धैर्यपूर्वक काम गर्नसके आफैलाई सजिलो हुनेछ । राम्रै सोचले भने–गरेको काममा पनि अपजस आइलाग्नसक्छ । बोली र व्यवहारमा सजग रहनुपर्ने अवस्था छ । कुनै पनि काम गर्दा नहत्पताउनु नै उत्तम रहला । आर्थिक काममा लगानी गर्दा पनि सतर्क रहनुपर्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । सबै कुरा आफू अनुकूल नबन्दा कहिलेकाहिँ मनमा तनाव हुनसक्छ । कसैको कुरालाई बढी गम्भीरता नलिनुहोला । आफैंले आफ्नो सहजता विचारी राम्ररी सुझबुझपूर्वक काम गर्नसके धेरै सजिलो हुनेछ । कामका साथसाथै स्वास्थ्य र खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने बेला छ ।
मकर
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च गरिनेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । कहिलेकाहिँ काम गर्दा कुनै कुराले मन अशान्त बन्नसक्छ । समयावस्था विचारेर सकारात्मक रहने प्रयास गरे सबै काममा सहजता होला । राम्रै सोचले काम गर्दा पनि यदाकदा दम्पतीमा वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको मनोभाव बुझी तदनुरूप काम गर्नसके सम्बन्धमा मधुरता थपिनेछ ।
कुम्भ
पारिवारिक सुख–समृद्धि बढ्नेछ । घरमा कुनै सामग्रीमा हेरफेर हुनसक्छ । यात्रा गर्ने सम्भावना छ । पेटका बिरामीले जता जाँदा पनि आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । परिवारमा कसैलाई सन्तानलाभ हुनसक्छ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कामविशेषले टाढिएका प्रियजनसित भेट गर्न पाउँदा मन खुसी हुनेछ । आर्थिक क्रियाकलापका काम गर्दा सजग रहनुपर्ला । व्यावसायिक काम गर्दा कुनै लगानी गर्न नआत्तिनुहोला । सकेसम्म आर्थिक कामकाजमा तटस्थ बस्नु नै उचित रहला । काम गर्दा अनपेक्षित अपजस आइलाग्नसक्ने भएकाले सबैसित बोल्दा र व्यवहार गर्दा सजग रहनुपर्ने अवस्था छ । कुनै पनि काम गर्दा नहतारिनुहोला ।
मीन
मनमा भएको तनाव हट्दा काम गर्ने जाँगर बढ्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । समयानुसार सबै कुरा मिल्दै जानेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । कतैबाट कुनै कामका लागि प्रस्ताव आउनसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक पक्ष पनि सफल रहनेछ । व्यक्तिगत काममा पनि सफल भइनेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कुनै रमाइलो जमघटमा सामेल हुने मौका मिल्नेछ । विविध कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । आफूले इच्छाएका कामकुरामा समय दिन पाउँदा मन खुसी हुनेछ ।