Successfully Copied


मेष
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । नवीन रोजगारीको सम्भावना छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । सन्तान लाभ हुने योग छ । इष्टमित्रसित रमाइलो भेटघाट हुनेछ । पेट एवं रक्तचापका बिरामीले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । कतैबाट अनपेक्षित अपजस आउनसक्छ । अनावश्यक झैझमेलाबाट तर्किनसके तनावबाट बच्न सकिनेछ । सकारात्मक विचारधारामा रहनु उत्तम हुनेछ ।


वृष
समय आफू अनुकूल बन्दा मन खुसी हुनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । मनमा भएको तनाव हट्दा तन पनि स्वस्थ रहनेछ । आत्मीयजनसितको भेटले मन खुसी रहनेछ । कुनै विशेष काममा सफलता मिल्नसक्छ । एक–अर्काको कुरा बुझी चल्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । आफू असम्बद्ध कामबाट तर्किनसके अनपेक्षित विवादबाट बच्न सकिनेछ । जतिसक्यो कम बोलीमै काम सक्नु उत्तम रहनेछ ।


मिथुन
विविध कामकुराले गर्दा व्यस्त रहनुपर्ला । अत्यावश्यक प्राथमिकतामा पर्ने काममा ध्यान दिनुपर्नेछ । परेका खण्डमा कुनै–कुनै कुरालाई टार्नुपर्ने हुनसक्छ । झिनामसिना कुराको बेवास्ता गरी आफ्नै सुझबुझले काम गर्नसके मन शान्त रहनेछ । एक–अर्कामा राम्रो समझदारी हुनसके दाम्पत्य जीवन सुखमय रहनेछ । सहयोगी हात पछि हट्नसक्छन् । तसर्थ आफैले आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । कसैकसैले तपाईंको मन चोर्ने र कुरा धुत्ने प्रयास गर्नसक्छन्, खुरापाती व्यक्तित्वबाट तर्किने प्रयत्न गरे बेस हुनेछ । आफ्ना आत्मीयजनको साथ र आत्मविश्वासले काममा सहयोग पुग्नेछ ।


कर्कट
कामविशेषले कतैको यात्रा हुनसक्छ । योजनानुसार सबै कुराहरू मिल्दै जानेछन् । नवीन रोजगारीको सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । बेलाबेलामा साना त्रुटिको सामना गर्नुपरे पनि अष्टम बुधले राहत दिलाउनेछ । कुनै आर्थिक मामिलाका काममा संलग्न रहनुपर्ला । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । पारिवारिक वातावरण सुखदायक रहनेछ । कसैकसैको परिवारमा सन्तान प्राप्तिको योग छ । पारिवारिक सदस्यको स्वास्थ्य र खानपानमा भने सजग रहनुपर्ने अवस्था छ ।


सिंह
मनमा भएको चिन्ता र बोझ हट्न जाँदा तन स्वस्थ रहनेछ । कतैको घुमघाम हुनसक्छ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । विविध कुराले मनमा प्रसन्नता दिलाउनेछ र मन ढुक्क रहनेछ । आफ्नो इच्छानुसार समयलाई तह लगाउन खोजिनेछ । आत्मीयजनसित सामीप्यता बढ्दै जानेछ । योजनानुसार काम सम्पन्न गर्न पाउँदा मन सन्तुष्ट रहनेछ । कसैकसैलाई नवीन रोजगारीको सम्भावना छ । कतै फसेको रकम उठ्नसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया, सुख र सद्भाव प्राप्त हुनेछ ।


कन्या
विविध कामकुरामा संलग्न रहनुपर्नेछ । घरायसी एवं प्राविधिक सामानहरूको किनमेल हुनेछ । व्यक्तिगत कामकाजका लागि पनि केही खर्च हुनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी बजारभाउ बुझेर सामान किन्नु उपयुक्त हुनेछ । हतारमा कुनै पनि काम नगर्नु नै उचित हुनेछ । आफू असम्बद्ध कामकुराहरूबाट तर्किन सके अनावश्यक तनावबाट बच्न सकिनेछ । आफूलाई तरोताजा राख्ने प्रयास गर्नसके सम्भावित टाउको दुखाइबाट बच्न सकिएला ।


तुला
साना कुराहरूमा पनि आफैं खट्नुपर्दा भ्याइनभ्याइ हुनसक्छ । कामविशेषले कतैको यात्रा हुनसक्छ । केही गरी रिस उठिहाले पनि व्यक्त नगरेकै राम्रो हुनेछ । कुनै पनि कुरामा नहतारिई धैर्य र संयमपूर्वक आफूलाई प्रस्तुत गर्न सके सबै काममा सहजता हुनेछ । पेट र मुटुका बिरामीहरूले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ला । विविध कुराले गर्दा मन रमाउनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च गरिनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । मनपर्दो खानपान र क्रियाकलापमा समय दिन भ्याउँदा मन खुसी रहनेछ ।


वृश्चिक
अनपेक्षित रूपमा कुनै कुराले टाउको दुखाउनसक्छ । पारिवारिक सुख मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । इष्टमित्रबाट अपेक्षित सहयोग पाइनेछ । अनावश्यक झैझमेलामा नपरेकै उचित हुनेछ । सकारात्मक सोचमा रही आफ्नै सुझबुझमा काम गर्नसके हरेक समस्याको समाधान निस्कनेछ । बोली एवं व्यावहारिक काम गर्दा सामुन्नेको व्यक्तिको अवस्था विचार गर्नुपर्ला । हडबडीमा कुनै पनि काम नगर्नुहोला । अनपेक्षित खर्च हुनसक्ने भएकाले कुनै पनि काममा खर्च गर्नुअघि राम्ररी विचार गर्नुपर्नेछ । कुनै पनि कुरामा बढी गम्भीर नभै झिनामसिना कुरालाई बेवास्ता गर्नसके मन शान्त रहला ।


धनु
मनमा उत्साह र तनमा जाँगर बढ्नेछ । कामविशेषले कतैको यात्रा गर्नुपर्ला । कुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । जता जाँदा पनि अपेक्षित मानसम्मान पाइनेछ । धार्मिक कामकाजमा मन अभ्यस्त बन्दै जाला । कसैकसैलाई नयाँ रोजगारी मिल्नसक्छ । माइतीपक्ष एवं इष्टमित्रसित रमाइलो भेटघाट हुनेछ । आफू असम्बद्ध क्रियाकलापमा तटस्थ रहनसके सम्भावित अपजस र विवाद टर्नसक्छ । एक–अर्काको भित्री भावना बुझ्नसके दाम्पत्य जीवन सुमधुर रहला । कुनै पनि सामान किन्नुपूर्व राम्ररी विचार गर्नुहोला ।


मकर
योजनानुसार सबै कुराहरू मिल्दै जानेछन् । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आर्थिक क्रियाकलापका काममा संलग्न हुने मौका मिल्नेछ । कसैलाई दिएको सापटी रकम उठ्ने सम्भावना छ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । आँटेका कामहरू पनि सफलतातिर उन्मुख हुँदै जानेछन् । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग मिल्दै जानेछ । प्रायः सबै कामहरू आफ्नै अगुवाइमा सम्पन्न हुनेछन् । बोली र व्यावहारिक काम गर्दा भने सजग रहनुपर्ने बेला छ । कुनै कुरामा रिस उठिहाले पनि रिसलाई काबुमा राख्नु नै बुद्धिमानी हुनेछ ।


कुम्भ
पारिवारिक वातावरण सुखमय रहनेछ । इष्टमित्र, छोरी एवं माइतीसित रमाउने मौका मिल्नेछ । घरायसी काममा व्यस्त भइनेछ । अनावश्यक खर्च हुनसक्छ । कुनै पनि कुरामा लगानी गर्नुअघि राम्ररी विचार गर्नुपर्ला । आफ्नो गोप्यतामा अडिग रहनुपर्ने समय छ । कसैकसैको घरजग्गामा कुनै हेरफेर हुनसक्छ । समयावस्था विचारेर आफ्नो प्रस्तुति दिनसके सम्भावित अपजसबाट बच्न सकिएला । आफ्नो स्वास्थ्य, व्यायाम र खानपानमा विशेष सजगता अपनाउनुपर्ने समय छ । आर्थिक लेनदेनको काम गर्दा विशेष चनाखो रहनुपर्ला ।


मीन
मन चञ्चल बन्दा काममा अलमल हुनसक्छ । तटस्थ मनले कम बोलीमै काम सक्ने प्रयत्न गर्नु उचित हुनेछ । समयावस्था हेरी कुनै–कुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । आफ्नो स्वास्थ्य र खानपानमा सजग रहनुपर्ला । सम्बन्धित मानिससँग कुरा गर्नु बुद्धिमानी हुनेछ । झिनामसिना कुराहरूलाई जति बेवास्ता गर्दै गयो उति नै मन शान्त रहला । आफू असम्बद्ध कुरामा तर्किएकै उचित हुनेछ । कुनै नयाँ साथीसित चिनजान गर्ने अवसर मिल्नसक्छ । एक–अर्काको भाव बुझ्दै तदनुरूप चल्नसके दाम्पत्य जीवनमा राम्रो सामञ्जस्यता कायम रहला । सन्तानबाट राम्रो खबर सुन्न पाइएला ।

 Image