मेष
प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । तनमन स्वस्थ रहँदा शरीर पनि स्वस्थ रहनेछ । मन तनावमुक्त बन्दा सबै काम सहज लाग्नेछन् । प्राय: सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । दाम्पत्य जीवनमा राम्रो समझदारी भए पनि यदाकदा सामान्य ठाकठुक पर्नसक्छ । कुनै पनि कुरा बोल्नुअघि राम्ररी विचार पुर्याउनुपर्ने बेला छ । कुनै नयाँ काम गर्ने अवसर मिल्नसक्छ । कतैको रमाइलो घुमघाम हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । समयलाई आफ्नो इच्छाअनुरूप तह लगाउन खोजिनेछ । आफ्नो मनपर्दो क्रियाकलापमा समय दिन पाइनेछ । व्यक्तिगत कामका लागि केही खर्च हुनसक्छ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । सोचेअनुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।
वृष
आर्थिक पक्ष सुदृढ रहनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । विभिन्न सरसामानको जोहो हुनेछ । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । प्राय: सबै काम तपाईंकै प्रभुत्वमा सम्पन्न हुनेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । न्यायिक एवं सामाजिक काममा पनि सफलता मिल्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा अनावश्यक झन्झट आइलाग्नसक्छ । सकभर आफ्नै सुझबुझले काम सल्टाउने प्रयास गर्नुपर्नेछ । कुनै पनि कामकुरा गर्नुअघि राम्ररी सोचविचार गर्नु हितकर हुनेछ । कामका साथसाथै आफ्नो स्वास्थ्य र खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।
मिथुन
आत्मीय एवं प्रियजनसित भेटघाट हुनेछ । सन्तानबाट सुख एवं सन्तोष पाइनेछ । साथीहरूसित कतै जमघट हुनसक्छ । कतैबाट उठ्नुपर्ने रकम फिर्ता पाइनसक्छ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । सोचेअनुरूप काम सम्पन्न हुँदै जानेछन् । छोराछोरीसित कुनै कुरामा वैचारिक मतभेद हुनसक्छ । व्यावहारिक काम गर्दा पनि सजग रहनुपर्ने बेला छ । दाम्पत्य जीवनमा एक–अर्कालाई राम्ररी बुझ्ने प्रयत्न हुनेछ । समय र परिस्थिति विचारेर आफूलाई हिँडाउन खोजिनेछ । कुनै प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्ला । रिस गर्नेहरू आफै तर्किन थाल्नेछन् ।
कर्कट
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । जता जाँदा पनि राम्रो मान–सम्मान प्राप्त हुनेछ । तनमन स्वस्थ हुँदा काम गर्ने जाँगर बढ्नेछ । जुनसुकै काम गर्न पनि मनले सहज मान्नेछ । योजनानुसार सबै काम बन्दै जानेछन् । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कसैलाई दिएको सापटी रकम फिर्ता मिल्नसक्छ । इष्टमित्र एवं परिवारजनसित भेटघाट हुनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । नयाँ एवं पुराना साथीहरूसित भेट्ने मौका जुट्नसक्छ । कुनै नयाँ काम गर्ने विचार मनमा फुर्न सक्छ । प्राय: सबै काम तपाईंकै रुचिमा सम्पन्न हुनेछन् । विविध कुराले गर्दा मन प्रसन्न रहनेछ ।
सिंह
कतैबाट कुनै मानसम्मान मिल्नसक्छ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कुनै काम विशेषले कतै जाने काम आइलाग्नेछ । कसैकसैको यो महिनामा पारिवारिक घुमघाम हुनसक्छ । व्यक्तिगत कामका लागि केही खर्च हुनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले कनै कुरामा खर्च गर्दा राम्ररी विचार पुर्याउनुपर्नेछ । जता जाँदा पनि आफ्नो मालसामानको ख्याल गर्नुपर्ने बेला छ । टाउको एवं आँखा दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्ला । खुरापाती प्रवृत्तिका व्यक्तिसित काम गर्दा सजग रहनुपर्ने बेला छ । प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्ला । कुनै पनि काम गर्दा गोपनीयताको ख्याल गर्नुहोला ।
कन्या
वैदेशिक यात्रा गर्ने सम्भावना छ । सानातिना कुराहरूमा पनि आफैं खट्नुपर्दा केही भ्याइनभ्याइ हुनसक्छ । परिवारमा अपेक्षित समझदारी कायम रहनेछ । सन्तानबाट पनि अपेक्षित सुख–सन्तोष पाइनेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । प्राय: सबै कामकुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । जता जाँदा पनि आफ्नो स्वास्थ्य र खानपानमा ख्याल गर्नुपर्ने बेला छ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो सम्मान मिल्नसक्छ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । सकेसम्म कसैको भर नपरी आफैले आफ्नो काम गर्ने प्रयास गर्नुपर्नेछ । व्यक्तिगत खुसी र सहजता विचारेर काम गर्ने प्रयत्न गरिनेछ । समष्टिगत रूपमा हेर्दा महिना आफू अनुकूल नै रहनेछ ।
तुला
घरायसी काममा व्यस्त भइनेछ । घरमा विभिन्न सरसामानको जोहो हुनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । तसर्थ कसैको भर नपरी आफैंले आफ्नो काम सक्ने प्रयास गर्नुहोला । व्यावहारिक काम गर्दा सजग रहनुहोला । श्रीमान्बाट भने अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । मनपर्दो कामकुरामा आफूलाई संलग्न गराउने मौका मिल्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । इच्छाइएका कामकुरामा खर्च गर्ने मौका मिल्नेछ । सकारात्मक विचारधाराले गरेका कामहरू सफलतातर्फ उन्मुख हुनेछन् । धेरैजसो कुरा समयानुसार मिल्दै जानेछन् । समसामयिक कुरा विचारेर आफ्नो विचार अभिव्यक्त गर्ने प्रयास गरिनेछ ।
वृश्चिक
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । मनमा भएको बोझ हटेर जानेछ । आफ्नो कार्यक्षेत्रमा कुनै नयाँ काम गर्ने मौका मिल्नसक्छ । सबै कुरा समयानुसार मिल्दै जानेछन् । विविध कामकुराहरूले गर्दा मन रमाउनेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । दाम्पत्य जीवनमा यदाकदा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया र सद्भाव भने कायमै रहनेछ । तपाईंको कुरा बुझी तदनुरूप काम गर्ने प्रयास गरिनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि नयाँ सामान किन्दा विचार पुर्याउनुहोला । आवश्यक सामग्रीमा मात्र रकम खर्च गर्नु उपयुक्त हुनेछ ।
धनु
समस्याको समाधान हुनेछ । मनमा भएको तनाव हट्दा काम गर्ने उत्साह बढ्नेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । अधूरा काम पनि क्रमश: सफलतातिर उन्मुख हुँदै जानेछन् । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । घरमा कुनै सरसामानको जोरजाम हुनसक्छ । इष्टमित्र एवं साथीसंगीसित कतै जमघट हुनसक्छ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । कुनै कुरामा आर्थिक लगानी हुनसक्छ । तपाईंको वाकपटुता एवं कार्यकुशलताको कदर गरिनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनसक्छ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । प्राय: सबै कामकुरा तपाईंकै संयोजकत्वमा सम्पन्न हुनेछन् ।
मकर
समयावस्था विचारेर काम गर्नुपर्ने बेला छ । कहिलेकाहीँ सानातिना समस्या आइलाग्नसक्छन् । काम गर्दा अपजसको पनि सामना गर्नुपर्ने हुनसक्छ, तसर्थ काम गर्दा कुनै पनि कामकुरामा नहतारिनु नै लाभप्रद रहनेछ । ९ गतेपछि दशम बुधले समयलाई केही सहज बनाउनेछ । आर्थिक समस्याको समाधान हुनेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू आफैं तर्किन थाल्नेछन् । कुनै राम्रो समाचार सुन्न पाइएला । दाम्पत्य जीवनमा आफ्नो जोडीबाट अपेक्षित माया एवं समझदारी कायम रहनेछ । घरका कुनै सामानमा हेरफेर हुनसक्छ । कसैकसैको घरमा रङ लगाउने काम हुनसक्छ । स्वास्थ्य र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।
कुम्भ
कुनै कुराले मनमा असहज भाव उत्पन्न हुनसक्छ । जतिसक्यो सकारात्मक सोचमा रही काम गर्नुपर्ने अवस्था छ । कुनै प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नसक्छ । धार्मिक काममा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा बेलाबेलामा ठाकठुक परे पनि अपेक्षित माया, सद्भाव र समझदारी कायम रहनेछ । कसैलाई दिएको सापटी पैसा फिर्ता हुनसक्छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । समयलाई इच्छानुसार चलाउन खोजिनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । घरायसी कामका लागि पनि केही खर्च गरिनेछ । अरूले भनेका वा गरेका कुरामा खासै वास्ता गरिने छैन । कामका साथसाथै स्वास्थ्य, व्यायाम र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।
मीन
गरेको काममा सफलता मिल्नेछ । न्यायिक, सामाजिक, प्रतिस्पर्धात्मक काममा पनि सफल भइएला । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । आर्थिक पक्ष सबल रहनेछ । कसैकसैलाई सन्तान लाभ हुनसक्छ भने कसैको कामविशेषले टाढिएका प्रियजनसित भेटघाट हुनेछ । माइती एवं मावलीपक्षसित भेट्ने मौका जुट्नेछ । दिदीबहिनी एवं भाउजू–बुहारीसित रमाइलो समय यापन गर्ने अवसर जुट्नेछ । कतैको पारिवारिक घुमघाम पनि हुनसक्छ । आफ्नो अनुकूलता विचारेर समयलाई तह लगाउन खोजिनेछ । पेटका बिरामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला छ । जहाँ जाँदा पनि आफैंले आफ्नो सहजता विचार गरेर चल्नु उत्तम रहनेछ ।