Successfully Copied

मेष
कुनै कुराले मन उत्साहित हुनेछ । कामविशेषले कतैको यात्रा हुनसक्छ । काम गर्दा कसैबाट कुनै अपेक्षा नगरी सकेसम्म आफ्नो काम आफैं गर्नुहोला । झिनामसिना कुराबाट तर्किनुहोला । काम गर्दा अनपेक्षित अपजस आइलाग्ने र अनावश्यक विवादको सामना गर्नुपर्ने हुनसक्छ । जोसुकैसित पनि वार्तालाप गर्दा र व्यावहारिक काम गर्दा संयमता अपनाउनुहोला । कुनै पनि काम गर्न नहतारिनुहोला । समयको ख्याल गरेर चल्नु हितकर हुनेछ । असम्बन्धित कुरामा तर्किनु नै उत्तम हुनेछ । पेटका बिरामीले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुहोला ।
वृष
समस्याको समाधान हुनेछ । मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्दा तन पनि स्वस्थ रहनेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । गरेको काममा अपेक्षित सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । इष्टमित्रसित भेटघाट हुनेछ । आफूभन्दा टाढा भएका आत्मीयजनसित पनि भेट्ने सम्भावना रहेको छ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । सोचेअनुसार समय बिताउन पाउँदा मन प्रसन्न रहनेछ । आफ्नो स्वास्थ्य र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।
मिथुन
विविध कामकुराहरूले गर्दा यो महिना व्यस्त रहनुपर्नेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । छोराछोरीको खुसीका लागि कुनै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । दाम्पत्य जीवनमा यदाकदा वैचारिक मतभेद भए पनि अन्तत: दुवैमा राम्रो समझदारी कायम रहनेछ । अभिभावकसितको साथले मनमा हौसला बढ्नेछ । इष्टमित्रसित सुमधुर सम्बन्ध कायम रहनेछ । परिवार वा इष्टमित्रमा कसैलाई सन्तानलाभ हुनसक्छ । कुनै प्रतियोगितात्मक काममा सहभागी हुने मौका जुर्नसक्छ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । घरमा कुनै कुरामा हेरफेर हुनसक्छ । सकेसम्म सबै कुरालाई आफ्नै सुझबुझमा मिलाउने प्रयास हुनेछ ।
कर्कट
पारिवारिक वातावरण सुखमय रहनेछ । आफूभन्दा टाढा भएका स्वजनसित भेटघाट हुनेछ । आर्थिक एवं व्यापारिक पक्ष सुदृढ रहनेछ । घरमा कतिपय कुरामा हेरफेर हुनसक्छ । नयाँ एवं पुराना साथीसित भेटघाट हुनसक्छ । मनमा कुनै नयाँ काम गर्ने योजना बन्नसक्छ । काम गर्दा अपजस आउनसक्ने भएकाले बोली एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । कुनै पनि काम–कुरामा नहतारिनु नै उचित हुनेछ । एक–अर्काको मनोभावलाई राम्ररी बुझ्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । महिनाको अन्तिमतिर कतैको घुमघाम हुनसक्छ । कसैकसैलाई कतैबाट कुनै नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । सकेसम्म सबै काम आफ्नै रोहबरमा गर्ने प्रयास गरिनेछ ।
सिंह
मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । क्रमश: सबै कुरा मिल्दै जानेछन् । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ । तपाईंको कुराको मान राखिनेछ । जता जाँदा पनि यथायोग्य सत्कार गरिनेछ । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना पनि छ । पारिवारिक हितका बारेमा सोची कुनै कार्य गरिनेछ । प्राय: सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । इच्छानुसार समयलाई तह लगाउन पाउँदा मन सन्तुष्ट रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । कसैकसैलाई कतैको घुमघाम हुने सम्भावना छ ।
कन्या
पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । गरेको काममा अपेक्षित सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । पारिवारिक हितका बारे कुनै कुरा सोचिनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुनै कुराले नजानिँदो गरी मनमा तनाव हुनसक्छ । समसामयिक कुरालाई ध्यानमा राखी सकारात्मक सोचमा रहनसके तनावबाट पार भइनेछ । टाउको एवं आँखा दुख्ने सम्भावना भएकाले मसिनो काम गर्दा सजग रहनुहोला । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामान किन्नुअघि राम्ररी विचार पुर्‍याउनुपर्ने बेला छ । यात्रा गर्दा वा जतासुकै जाँदा पनि आफ्नो मालसामानको राम्रो ख्याल गर्नुहोला । कुनै ठाउँमा घुमघाम गर्ने सम्भावना पनि छ ।
तुला
पारिवारिक सुख–समृद्धि बढ्नेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । विभिन्न कामकुरामा आबद्ध हुनुपर्दा नजानिँदो गरी व्यस्त भइनेछ । समसामयिक कुरामा जोड दिँदै आफूलाई अघि बढाउन खोजिनेछ । घरमा कुनै सामानको विशेष किनमेल हुनुका साथै कुनै सामानमा हेरफेर पनि हुनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । तपाईंको सुखसुविधाको ख्याल गरिनेछ । जता जाँदा पनि राम्रो मान–सम्मान पाइनेछ । इच्छानुसारका क्रियाकलापमा समय दिन पाइनेछ । विविध कुराले गर्दा मन प्रसन्न रहला । पेट तथा मुटुका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने बेला छ ।
वृश्चिक
प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्ने अवस्था छ । आफ्नो गोपनीयताको ख्याल गर्नुहोला । खुरापाती प्रवृत्तिका व्यक्तिसित काम गर्नुपर्दा सजग रहनुपर्ला । कुनै कुराले नजानिँदो गरी चिन्तित बनाउनसक्छ । कसैले भनेको राम्रो कुरा पनि नराम्रो लाग्नसक्छ । सकारात्मक सोचविचारले गरेको काममा सफलता मिल्नेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । कुनै पनि नयाँ काम गर्न नहतारिनुहोला । समसामयिक अवस्था विचार गरी कामको उपयुक्तता बुझेर मात्र आफूलाई अभिव्यक्त गर्नु उचित हुनेछ । बेलाबेलामा वैचारिक मतभेद भए पनि दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । नयाँ साथीसित चिनजान गर्ने अवसर मिल्नसक्छ ।
धनु
गरेको काममा अपेक्षित सफलता मिल्नेछ । योजनाबद्ध रूपमा सबै कुरा मिल्दै जानेछन् । धार्मिक काममा अभिरुचि बढ्नेछ । मनमा भएको बोझ हटेर जानेछ । काम गर्ने उत्साह बढ्दा तन पनि स्वस्थ रहनेछ । कुनै काम गर्न पनि मनले सहज ठान्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । सवारीसाधन जोर्ने सम्भावना छ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । समयलाई आफू अनुकूल तह लगाइनेछ । कतै घुमघाम गर्न जाने प्रबन्ध मिल्नसक्छ । हरेक ठाउँमा जाँदा उचित मान–सम्मान प्राप्त हुनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । व्यक्तिगत काममा पनि सफलता मिल्नेछ ।
मकर
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । काम गर्ने उत्साह बढ्नेछ र तन पनि स्वस्थ रहनेछ । समस्याको समाधान हुनेछ । मनमा भएको तनाव पनि हटेर जानेछ । सामाजिक काममा सफलता मिल्नेछ । कतैबाट लिन बाँकी रहेको रकम फिर्ता मिल्नेछ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक क्षेत्र पनि सुदृढ रहनेछ । घरमा विभिन्न कुराको जोरजाम हुनेछ । कुनै सरसामग्रीमा हेरफेर हुनसक्छ । कसैकसैको नयाँ घर वा डेरा सर्ने सम्भावना छ । राम्रै हिसाबले बोलेको कामकुरामा पनि खोट देखिन सक्छ, तसर्थ बोली एवं व्यावहारिक काम गर्दा सजगता अपनाउनुहोला । कुनै पनि कुरामा नहतारिनुहोला । समसामयिक कुरामा विचार गरी कम बोलीमै काम सक्नु बुद्धिमानी हुनेछ ।
कुम्भ
धार्मिक काममा अभिरुचि बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक पक्ष सुदृढ रहनेछ । घरमा विभिन्न सरजामको जोहो गरिनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दै जाँदा सानातिना समस्या आउन सक्छन् । त्यसैले समयावस्था विचारेर समाधानतर्फ लाग्नु उत्तम हुनेछ । व्यापारिक काममा लगानी गर्दा सजगता अपनाउनुपर्ने बेला छ । शान्त र संयमपूर्वक काम गर्न सके काममा सहजता हुनेछ । कुनै पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी सोच्नुपर्ने बेला छ । सकेसम्म आर्थिक लेनदेनको काम नगर्नु नै उपयुक्त हुनेछ ।
मीन
विविध कुराले गर्दा मनमा प्रसन्नता बढ्नेछ । मनमा भएको तुष हटेर जानेछ । सोचेअनुसार काममा सफल बन्दै गइनेछ । यो महिनामा कसैकसैलाई सन्तानलाभ हुनसक्छ । आर्थिक लाभ हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । पारिवारिक सुख मिल्नेछ । आत्मीयजनसित भेटघाट गर्ने अवसर जुट्नेछ । साथीसित पनि कतै जमघट हुनसक्छ । कतै घुमघाम गर्न जाने अवसर जुट्नसक्छ । जतासुकै जाँदा वा घरमै रहँदा पनि आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने अवस्था छ । कहिलेकाहीँ काम गर्दा मनमा असहज भाव उत्पन्न हुनसक्छ । सकारात्मक सोचमा रही शान्त र धीर रहनसके क्रमश: सबै समस्याको निराकरण हुनेछ । एक–अर्काको भाव बुझी काम गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । 

 Image