मंगलदीपले आफ्नो नयाँ उत्पादन सेन्ट थ्रि इन वान शहरी जीवनशैली र भक्तिको भावनालाई एउटा सहज कथामार्फत जोड्ने प्रयास गरेको छ।
सामान्यतया अगरबत्तीका विज्ञापनमा पूजा, मन्दिर, धार्मिक अनुष्ठान तथा आध्यात्मिक दृश्यहरूलाई केन्द्रमा राख्ने गरिएको पाइन्छ। फिल्मले भक्तिलाई त्यही परम्परागत घेराभित्र सीमित नराखी आधुनिक जीवनशैलीको परिवेशमा प्रस्तुत गरेको छ।
सेन्ट थ्रि इन वान को मुख्य वाचा ‘परफ्युमजस्तो सुगन्ध’ दिनु हो । यही अवधारणालाई जीवनशैलीसँग जोड्दै फिल्मले सुगन्धलाई केवल पूजाको एउटा हिस्सा नभई मानिसको व्यक्तिगत रोजाइ र अनुभूतिसँग समेत जोडेको छ।
फिल्मको सबैभन्दा रोचक पक्ष भनेको यसले प्रस्तुत गरेको एउटा सरल मानवीय इनसाइट हो, मानिसले आफूलाई मनपर्ने स्वाद, रंग, फूल, सुगन्ध वा अन्य मनपर्ने कुरा भगवानलाई पनि अर्पण गर्न चाहन्छ। यही भावनालाई फिल्मको अन्तिम संवादले निकै सहज रूपमा व्यक्त गर्छ।
“हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ ।”
सामान्य लाग्ने यो संवादभित्र भक्तको व्यवहार र विश्वासलाई बुझ्ने एउटा सूक्ष्म दृष्टिकोण देखिन्छ। भगवानप्रतिको आस्था केवल परम्परा वा कर्मकाण्डमा मात्र नभई आफूलाई मनपर्ने कुरासँग पनि जोडिएको हुन्छ भन्ने भावलाई संवादले सरल र आधुनिक शैलीमा प्रस्तुत गरेको छ।
यसरी हेर्दा सेन्ट थ्रि इन वानको नयाँ फिल्मले अगरबत्तीको विज्ञापनलाई केवल धार्मिक दृश्यमा आधारित नराखी सुगन्ध, जीवनशैली र दृढता को नयाँ समिश्रण खोजेको देखिन्छ।
नेपाल तथा भारतमा लामो समयदेखि देखिँदै आएका अगरबत्तीका विज्ञापनहरूको परम्परागत स्टोरीटेङि भन्दा अलग, यस फिल्मले शहरी जीवनशैलीको भाषा प्रयोग गर्दै भक्तिलाई अझ सहज, कन्टेम्पोररी र रिलेटेड बनाउने प्रयास गरेको छ।
सेन्ट थ्रि इन वानको यो फिल्म त्यसैले केवल नयाँ अगरबत्तीको विज्ञापनभन्दा बढी, सुगन्ध र भक्तिलाई हेर्ने एउटा नयाँ दृष्टिकोणका रूपमा पनि लिन सकिन्छ।