भानुभक्त मरासिनी
जनैपूर्णिमा हिन्दूहरूको महान् पर्व हो । जनैपूर्णिमाका दिन कसैले ब्रा≈मणहरूका हातबाट, कसैले भान्ज वा ज्वाईंहरूका हातबाट नयाँ जनै फेरी डोरो बाँध्ने चलन छ । केही समय पहिले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा कटौती गरिएको थियो । पछि त्यसको चौतर्फी विरोध भएपछि अहिले जनैपूर्णिमाका दिन सबै कार्यालय, स्कुल एवं क्याम्पसमा सार्वजनिक रूपमा बिदा हुन्छ ।
श्रावण शुक्ल पूर्णिमालाई नै जनैपूर्णिमा वा रक्षाबन्धन पनि भनिन्छ । श्रावण शुक्ल पूर्णिमा श्रवण नक्षत्रमा पर्ने भएकाले जनैपूर्णिमालाई श्रावणीपूर्णिमा पनि भनिन्छ । यो पूर्णिमा साउन महिनाको शुक्ल पक्षमा पर्छ । साउन महिनामा धेरै वर्षा हुने भएकाले यसलाई वर्षा ऋतु भनिन्छ । पूर्णिमाका दिन बिहानैदेखि पशुपति, बूढानीलकण्ठ, बगलामुखी आदि मन्दिरमा ब्रा≈मणहरू जनै (यज्ञोपवीत) एवं रक्षासूत्र (डोरो) पूजा गरी अरूलाई डोरो बाँधिदिन बस्छन् । ब्रा≈मणहरूद्वारा ऋषिहरूलाई तर्पण गरिने भएकाले यसलाई ऋषितर्पणी पनि भनिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ यी सप्तर्षिहरू हुन् । त्यसैले यी ऋषिहरूको पूजा गर्ने शास्त्रीय विधान छ ।
ॐ ऋषे सप्तर्षयः सर्वे भक्त्या सम्पूजिता मया ।
सर्वपापं व्यपोहन्तु ज्ञानतोऽज्ञानतः कृतम् ।
हे सप्तर्षि हो ! मद्वारा जीवनमा जानेर वा नजानेर कुनै किसिमका पाप भएका भए सबै पाप नष्ट गरिदिनुहोस् ।
प्रत्येक महिनामा पूर्णिमा पर्छन् । पूर्णिमाका दिन पूर्णिमाको व्रत र चौरासी पूजा गर्ने विधान छ । चौरासी पूजाका लागि सबैभन्दा उत्तम दिन पूर्णिमा हो । तर विशेष परिस्थितिमा भने शुक्ल पक्षको पञ्चमी–दशमी र द्वादशी तिथिमा पनि चौरासी पूजा गर्ने चलन छ । ८२ वर्ष छ महिना पुगेपछि एक हजार चन्द्रमाको दर्शन हुन्छ । त्यसपछि चौरासी पूजा गर्न हुन्छ । चौरासी पूजा गरेपछि ‘नरो भवति देवता ।’ अर्थात् मानिस देवता हुन्छ । जीवनमा गरेका सबै पाप नष्ट हुन्छन् र चन्द्रलोकको बाटो हुँदै वैकुण्ठलोकमा गएर बस्न पाइने कुरा शास्त्रमा उल्लेख गरिएको छ । अहिले साउन २४ गते शुक्रबारका दिन पूर्णिमा व्रत परेकाले शुक्रबारकै दिन पूर्णिमाको व्रत र चौरासी पूजा गर्न हुन्छ । भोलिपल्ट शनिबारका दिन जनैपूर्णिमा परेकोले यज्ञोपवीत धारण गरी रक्षासूत्र बाँध्नुपर्छ ।
श्रावण शुक्ल चतुर्दशीका दिन ब्रा≈मणहरू (तागाधारीहरू) ले दाह्री, कपाल एवं नङ काटेर शुद्ध भोजन गरी ब्र≈मचर्यको पालना गर्नुपर्छ । अर्को दिन बिहानै उठी गङ्गा, नदी तलाउ वा वा खोलामा गई सामूहिक रूपमा वैदिक विधिअनुसार नुहाउनुपर्छ । सबैले सामूहिक रूपमा नुहाई सन्ध्या र तर्पणादिको काम सम्पन्न गर्नुपर्छ । त्यसपछि विधिपूर्वक यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) पूजा गरेपछि यज्ञोपवीत लगााई रक्षासूत्र बाँध्नुपर्छ ।
वामनावतारका रूपमा भगवान् विष्णुले ब्रा≈मण बटुकको रूप लिई बलिराजालाई वाचा बन्धनमा बाँधी उनको सबै राज्य दानका रूपमा लिएका थिए । त्यसैले बलिराजाको दानको महिमालाई सम्झना गराउँदै निम्न मन्त्रद्वारा रक्षासूत्र बाँध्ने चलन छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
यसरी विधिपूर्वक पूजा गरी हातमा बाँधिएको रक्षासूत्रलाई कार्तिक कृष्ण औंसी अर्थात् गाईतिहारका दिन फुकाएर गाईको पुच्छरमा बाँधिदिने चलन छ । गाईलाई बाँधिदिएको रक्षासूत्रको सहायताले पछि वैतरणी नदी तर्न सहज हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।
जनैपूर्णिमाका दिन रसुवा जिल्लाको गोसाइँकुण्डमा ठूलो मेला लाग्छ । त्यहाँ रसुवा जिल्लाका मात्र नभएर अन्य छिमेकी जिल्ला एवं देशभरिबाट हजारौं भक्तजन आउँछन् र गोसाइँकुण्डको पवित्र जलमा नुहाउँछन् । गोसाइँकुण्ड उत्पत्तिका बारेमा पौराणिक कथा यस्तो छ–धेरै समय पहिले देवता र दानवहरू मिलेर समुद्र मथन गरे । समुद्र मथनबाट कालकूट विष निस्कियो । त्यही विषले संसारलाई ध्वस्त बनाउन थाल्यो । त्यसपछि ब्र≈मा, विष्णु र अन्य सबै देवता आत्तिए । त्यसको समाधानको बाटो कसैले भेटाउन सकेनन् । अन्त्यमा सबै देवता आत्तिएर शिवजीको शरणमा गए । शिवजीले संसारकै कल्याणका लागि त्यही विष आफै पिउनुभयो । तर त्यो विष शिवजीले निल्ल सक्नुभएन । विष धेरै समय घाँटीमै राख्नुभयो । काटकूट विषले शिवजीको घाँटी नीलो भएकाले उहाँलाई नीलकण्ठ भनिएको हो । विषले शिवजीको शरीरमा पोल्न थाल्यो । उहाँ विषको पीडा सहन नसकेर चारैतिर दौडनुभयो । अन्त्यमा घुम्दाघुम्दै शिवजी हिमालको काखमा पुग्नुभयो । त्यही हिमालको छातीमा त्रिशूल गाडेर अचेत भई सुत्नुभयो ।
केही समयपछि शिवजीले त्रिशूल गाडेको ठाउँबाट तीनवटा जलधारा निस्किए । त्यही जलधाराबाट ठूलो कुण्ड (तलाउ) भयो । पछि शिवजीले त्यही कुण्डमा नुहाएर कालकूट विषको पीडालाई शान्त पार्नुभयो । त्यसपछि उक्त कुण्डको नाम गोसाइँकुण्ड रहन गयो । गोसाइँकुण्डबाट बगेको पवित्र जल त्रिशूली नदीका रूपमा प्रसिद्ध भयो । त्यसैले त्रिशूली नदी पवित्र मानिन्छिन् । त्रिशूली नदीमा स्नान गर्दा मन, बचन र कर्मले गरिएका सबै पाप नष्ट हुन्छन् । जीवनमा सुख–शान्ति एवं ऐश्वर्य प्राप्त हुन्छ ।