Successfully Copied

एकसय महिलाले घोषणा गरेको सामुहिक व्यावसायिक अभियान ‘सिस्टरहुड’

एकसय जना महिलाको समूहले सिस्टरहुड प्लाटफर्ममार्फत नयाँ उद्यमको सुरुवात गरेका छन् । घरेलु तथा साना उद्यममा लागेका तर व्यवसायिक सञ्जालमा आवद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावसायकि अभियानमा जोडेको हो ।


एकसय जना महिलाको समूहले सिस्टरहुड प्लाटफर्ममार्फत नयाँ उद्यमको सुरुवात गरेका छन् । घरेलु तथा साना उद्यममा लागेका तर व्यवसायिक सञ्जालमा आवद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावसायकि अभियानमा जोडेको हो ।

‘१०० वुमन इन बिजनेस’ नामको यस अभियानले पहिलो चरणमा नेपालमै उत्पादित व्यवसायको बिक्री तथा प्रवद्र्धन गर्नेछ । यो समूहले चण्डोलमा आउटलेट सचालनमा ल्याएको छ । सिस्टरहुड पलटफर्ममार्फत यो समूहले नेपालमै उत्पादित परफ्युमको पनि बजार खोज्नेछ ।
गन्तव्यमा एक्लै हिड्नु भन्दा धेरै जनालाई साथमा लिएर हिडेमा धेरैजनाले एकै साथ त्यो गन्तव्य भेट्न सक्छन् । फरक उद्यम र उद्देश्य भएका दिदीबहिनीलाई एकैसाथ समेटेर लैजान अनेक चुनौती भएपनि स्वदेशी उत्पादनको प्रवद्र्धन र उद्यमशीलताको यात्रामा धेरै भन्द धेरै महिलाको आवद्धता र सफलतालाई आफ्नो लक्ष्य बनाएको सिस्टरहुडको अभियानबारे प्रमुख कार्यकारी अधिकृत एन्जेला श्रेष्ठले बताइन् ।
मेड इन नेपाल कपडा व्यवसायको आधिकारिक घोषणा कार्यक्रम आयोजना गरी सिस्टरहुडले सामूहिक शक्तिबाट महिलाहरुलाई व्यवसायिक रुपमा सफल बनाउन सक्छ भन्ने उद्देश्यले सुरुवात गरेको उनको भनाई छ ।
सामूहिक व्यवसायको सुरुवातबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा सफल महिला व्यक्तित्व सबिना काफ्लेले महिलाहरुले गरेको यो अभियानको बारेमा प्रशंसा गरिन् । स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै महिलाहरुको सशक्तिकरणमा यो अभियानले दीगो प्रभाव पार्ने बताइन् ।


सिस्टरहुडले आफ्नै अनलाइन पोर्टल सिस्टरहुड फेसन डटकमको सुरुवात पनि गरेको थियो । तयारी पोशाक, परफ्युमका साथै हस्तकला तथा अन्य किसिमका स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य रहेको एन्जेलाले जानकारी दिइन् ।
काठमाडौंको चण्डोलमा पहिलो आउटलेट सुरुवात लगत्तै पोखरामा दोस्रो आउटलेट संचालनको तयारीमा रहेको पनि उनले बताइन् । साझा प्लाटफर्मममा जोडिन एकसय महिलाले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लगानी गरेका छन् । आर्थिक आत्मनिर्भरताको यात्रामा सानो पँुजीले पनि फराकिलो संभावनाको बजार पाउन सकिन्छ भन्ने उदाहरण बन्न चाहेको सिस्टरहुडले जनाएको छ ।   

 Image