कृति श्रेष्ठ उपाध्याय (आन्तरिक सजावट विशेषज्ञ तथा उद्यमी)
आन्तरिक सजावट कुनै ठाउलाई सुन्दर देखाउने कला मात्रै होइन । यो ठाउको उपयोगिता, आराम, सौन्दर्य, वातावरणीय सन्तुलन र व्यक्तिको जीवनशैलीलाई एकीकृत गर्ने सिर्जनात्मक प्रक्रिया हो । आजको समयमा आन्तरिक सजावटको उद्देश्य सुन्दर र विलासी ठाउ निर्माण गर्नुका साथै वातावरणमैत्री, दिगो र स्थानीय स्रोतमा आधारित ठाउ निर्माण गर्नु पनि हो ।
आन्तरिक सजावट तथा सजावटसम्बन्धी क्षेत्रमा २६ वर्षभन्दा लामो अनुभव हासिल गरेकी एक आन्तरिक सजावट विशेषज्ञका रूपमा मेरो अनुभवले देखाएको छ, हामीले आफ्नै देशमा उपलब्ध प्राकृतिक तथा स्थानीय सामग्रीलाई सही ढङ्गले प्रयोग गर्न सक्यौं भने विदेशी तथा कृत्रिम सामग्रीमा निर्भरता घटाउ“दै अझ मौलिक, आकर्षक र वातावरणमैत्री आन्तरिक सजावट निर्माण गर्न सक्छौं । यही सम्भावनाको उत्कृष्ट उदाहरण हो— जुट ।
जुट तराईको माटो र पहिचानको प्रतीक
नेपालको तराई क्षेत्रको माटो, कृषि, श्रम र उद्योगसग जुटको गहिरो सम्बन्ध छ । जुट एउटा प्राकृतिक रेसा मात्र होइन, यो तराई क्षेत्रको आर्थिक, सांस्कृतिक र औद्योगिक पहिचानस“ग जोडिएको महत्वपूर्ण स्थानीय स्रोत हो । विशेषगरी विराटनगर र रानी क्षेत्रको औद्योगिक इतिहासमा जुटको विशेष स्थान रहेको छ । त्यसैले जुटलाई आधुनिक आन्तरिक सजावटमा पुनः प्रयोग गर्नु भनेको पुरानो औद्योगिक तथा स्थानीय पहिचानलाई नया सिर्जनशीलतामार्फत आधुनिक जीवनशैलीमा पुनर्जीवित गर्नु पनि हो ।
जुटलाई सजावटी सामग्रीका रूपमा मात्र हेर्नु हु“दैन । यसको प्राकृतिक बनावट, मजबुती र बहुउपयोगिताका कारण यसलाई सौन्दर्य र उपयोगिता दुवैका लागि प्रयोग गर्न सकिन्छ ।
१. भुइ सजावट
जुटबाट बनेका गलैंचा र भुइ बिछ्यौना बैठक कोठा, शयनकक्ष, कार्यालय, होटल, रेस्टुरेन्ट तथा विश्रामस्थलमा प्रयोग गर्न सकिन्छ । यसको प्राकृतिक बनावटले ठाउ“लाई न्यानो र आकर्षक अनुभूति दिन्छ ।
२. टेबुल सजावट
खाना खाने टेबुल, बैठक टेबुल तथा कार्यालयका टेबुलमा जुटका टेबुल बिछ्यौना, कप राख्ने आधार तथा अन्य सामग्री प्रयोग गर्दा सजावटस“गै टेबुलको सतहलाई संरक्षण गर्न सकिन्छ ।
३. भित्ते सजावट
जुटबाट तयार गरिएका भित्ते कलाकृति, भित्ते झुन्ड्याउने सामग्री तथा त्रिआयामिक सजावटले खाली भित्तालाई आकर्षक केन्द्रबिन्दुमा रूपान्तरण गर्न सक्छ । विशेषगरी प्राकृतिक, ग्रामीण, जातीय तथा आधुनिक मिश्रित आन्तरिक सजावटमा यसको प्रयोग प्रभावकारी हुन्छ ।
४. ऐनाको फ्रेम
जुटको प्राकृतिक रेसालाई कलात्मक रूपमा प्रयोग गरी ऐनाका फ्रेम तयार गर्न सकिन्छ । यसले साधारण ऐनालाई स्थानको मुख्य सजावटी वस्तुका रूपमा स्थापित गर्न सक्छ । शयनकक्ष, बैठक, होटल तथा व्यावसायिक स्थानका लागि यस्तो प्रयोग उपयुक्त हुन्छ ।
५. प्रकाश सजावट
जुटबाट तयार गरिएका बत्तीका आवरणले प्रकाशलाई कोमल र न्यानो बनाउ“दै स्थानमा प्राकृतिक वातावरण सिर्जना गर्न सक्छ । होटल, रेस्टुरेन्ट, क्याफे तथा घरको विश्राम क्षेत्रका लागि यस्तो प्रयोग विशेष आकर्षक हुन्छ ।
६. भण्डारण तथा उपयोगी सामग्री
जुटबाट टोकरी, सामग्री राख्ने बाकस, पत्रिका राख्ने भा“डा तथा अन्य भण्डारण सामग्री निर्माण गर्न सकिन्छ । यसले सजावट र उपयोगितालाई एउटै उत्पादनमा जोड्छ ।
७. फर्निचरमा प्रयोग
जुटलाई फर्निचरको केही भागमा पनि प्रयोग गर्न सकिन्छ । कुर्सी, आराम गर्ने आसन, पाटी तथा सजावटी फर्निचरमा जुटको प्रयोग गर्दा प्राकृतिक बनावट र हस्तकलाको सौन्दर्य थपिन्छ ।
आवासीयदेखि व्यावसायिक स्थानसम्म
जुटको प्रयोग घरको बैठक कोठा, शयनकक्ष, भोजन कक्ष तथा अध्ययन कक्षदेखि होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, कार्यालय, प्रदर्शनीस्थल र अन्य व्यावसायिक आन्तरिक सजावटसम्म गर्न सकिन्छ ।
आवासीय स्थानमा यसले घरलाई न्यानो, आत्मीय र प्राकृतिक बनाउछ भने व्यावसायिक स्थानमा यसले विशिष्ट पहिचान र ब्रान्डको मौलिकता निर्माण गर्न सहयोग गर्छ । उदाहरणका लागि, तराई क्षेत्रका होटल वा रेस्टुरेन्टमा स्थानीय जुटका सामग्री प्रयोग गर्दा आगन्तुकले केवल एउटा सुन्दर स्थान मात्र देख्दैनन् । उनीहरूले त्यस क्षेत्रको माटो, संस्कृति, श्रम र स्थानीय कथास“ग जोडिएको अनुभव प्राप्त गर्छन् ।
इनको सुन्दर समन्वयमा छ । हामीले नेपाली सामग्रीलाई पुरानो शैलीमा मात्र सीमित नराखी आधुनिक आवश्यकता, प्रयोगको सुविधा र समकालीन सौन्दर्यसग जोड्नुपर्छ ।सौन्दर्यसगै दिगोपन
आज आन्तरिक सजावटमा प्रयोग हुने धेरै कृत्रिम सामग्रीले वातावरणमा दीर्घकालीन प्रभाव पारिरहेका छन् । यसको तुलनामा जुट प्राकृतिक, नवीकरणीय, पुनः प्रयोगयोग्य र जैविक रूपमा माटोमा मिसिन सक्ने सामग्री भएकाले दिगो आन्तरिक सजावटका लागि महत्वपूर्ण विकल्प बन्न सक्छ ।
तर वातावरणमैत्री सामग्री प्रयोग गर्नु मात्र पर्याप्त हु“दैन । सही डिजाइन, सही स्थानमा सही सामग्रीको प्रयोग र दीर्घकालीन उपयोगिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले दिगो आन्तरिक सजावटमा सामग्री छनोटदेखि निर्माण, प्रयोग, मर्मत र पुनः प्रयोगसम्म सम्पूर्ण प्रक्रियालाई ध्यान दिनुपर्छ ।
स्थानीय उत्पादनलाई डिजाइनसग जोडौं
नेपालमा उत्पादन हुने प्राकृतिक सामग्रीलाई आन्तरिक सजावटमा प्रयोग गर्नु नेपाली डिजाइनको मौलिकता बढाउने महत्वपूर्ण माध्यम हो । जुटलाई आधुनिक रूप, नवीन डिजाइन र गुणस्तरीय निर्माणसग जोड्न सकेमा स्थानीय उत्पादन सामान्य हस्तकलाबाट उच्च मूल्यका डिजाइन उत्पादनमा रूपान्तरण हुन सक्छ । यसले स्थानीय उद्यमी, महिला उद्यमी, हस्तकर्मी तथा साना उद्योगलाई बजार विस्तार गर्ने अवसर दिन्छ । साथै, स्थानीय कच्चापदार्थको प्रयोगले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ ।
मेरो डिजाइन दर्शन
२६ वर्षको व्यावसायिक अनुभवबाट मैले सिकेको एउटा महत्वपूर्ण कुरा हो–राम्रो आन्तरिक सजावट । त्यो हो, जुन हेर्दा सुन्दर, प्रयोग गर्दा सहज, वातावरणका लागि जिम्मेवार र समयसगै अर्थपूर्ण रहन्छ ।
मेरो ‘पुनः प्रयोगबाट पुनः सिर्जना‘ भन्ने डिजाइन दर्शनले पनि यही सोचलाई आत्मसात् गर्छ । फालिने वा सामान्य ठानिएका स्थानीय सामग्रीलाई नया“ दृष्टिकोणबाट हेरेर उपयोगी, आकर्षक र मूल्यवान् डिजाइन उत्पादनमा रूपान्तरण गर्नु नै दिगो डिजाइनको सार हो ।
जुटले हामीलाई यही सम्भावना देखाउछ
तराईको खेतबाट आएको एउटा प्राकृतिक रेसा आधुनिक घरको गलैंचा एवं भित्ताको कलाकृति बन्न सक्छ । ऐनाको सुन्दर फ्रेम बन्न सक्छ । होटलको आकर्षक सजावट बन्न सक्छ वा नेपाली पहिचान बोकेको आधुनिक डिजाइन उत्पादन बन्न सक्छ । त्यसैले अब जुटलाई केवल कच्चापदार्थका रूपमा होइन, डिजाइनको सम्भावनाका रूपमा हेर्नुपर्ने समय आएको छ ।