भ्यु ३६० रिसोर्टका सिग्नेचर डिस
हरिराम पौडेल (सेफ, भ्यु ३६० रिसोर्ट, कालु पाण्डे दहचोक)
चिकेन विंग्स तन्दुरी
सामग्री
चिकेन विंग्स : ३ सय ग्राम
सादा दही : ५० ग्राम
बिरेनुन : ५ ग्राम
गरम मसला : ५ ग्राम
जिरा धूलो : ५ ग्राम
धनियाँ धूलो : ५ ग्राम
रोगनी मिर्च : ५ ग्राम
मस्टर्ड ओयल : १० ग्राम
अदुवा–लसुन पेस्ट : ५० ग्राम
लेमन जुस : १० ग्राम
नुन : ५ ग्राम
विधि
चिकेन विंग्सलाई सफा पानीमा राम्ररी धोएर बाउलमा खन्याई चक्कुले चिरा लगाउने । त्यसमा माथि उल्लेखित सबै मरमसला हालिसकेपछि अदुवा–लसुनको पेस्ट र लेमन जुस राखेर मज्जाले मोल्ने । ५ देखि १० मिनेटको रेस्टपछि तातिरहेको तन्दुरमा झिरमा उनेर पोल्ने । सबैतिर राम्ररी पाकिसकेपछि मीठो स्न्याक्स तयार हुन्छ । अत्यन्तै स्वादिष्ट यो परिकार हल्का खाजाका रूपमा खान सकिन्छ ।