हरिराम पौडेल (सेफ, भ्यु ३६० रिसोर्ट, कालु पाण्डे दहचोक
पोर्क तावा
सामग्री
पोर्कको मासु : २ सय ५० ग्राम
जिरा पाउडर : ५ ग्राम
धनियाँ पाउडर : ५ ग्राम
नुन : ३ ग्राम
अदुवा–लसुन पेस्ट : ५ ग्राम
टिम्मुरको धूलो : ३ ग्राम
मस्टर्ड ओयल : ५ ग्राम
गरम मसला : ४ ग्राम
विधि
पोर्कको मासुलाई सफा पानीमा राम्रोसँग धोएर बाउलमा खन्याई चक्कुले स्लाइस आकारमा काट्ने । यसमा जिरा धनियाँ पाउडर, अदुवा–लसुनको पेस्ट र गरम मसला राखेर राम्ररी मोल्ने । अब यसलाई ५ देखि १० मिनेटका लागि रेस्टका लागि छोडिदिनुपर्छ, जसले गर्दा सम्पूर्ण मसला राम्ररी मासुको स्लाइसभित्र पस्न पाउँछ । त्यसपछि बाक्लो ताबा बसाली तातेपछि यसलाई हल्का आँचको आगोमा डामेर पकाउने । यो परिकार मुखै रसाउने खालको हुन्छ । यसलाई खाजाका रूपमा भात वा चिउरासँग सर्भ गर्न सकिन्छ ।