पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरस्थित बोधिसत्व ग्यालरी (तथा पूर्ण म्युजियम अफ नेवा आर्ट) मा वरिष्ठ कलाकार समुद्रमान सिंह श्रेष्ठको एकल कला प्रदर्शनी ‘इम्बोडिड इनलाइटेनमेन्ट: अ डिकेड लेटर’ को उद्घाटन गरिन् । सन् २०१६ मा आयोजित श्रेष्ठको ऐतिहासिक प्रदर्शनीको १० वर्ष पूरा भएको अवसरमा बोधिसत्व इन्टरनेशनलले यो वार्षिकोत्सव प्रदर्शनी आयोजना गरेको थियो ।
यसमा एक दशकका चर्चित पौभा तथा समसामयिक कलाकृतिसँगै पहिले सार्वजनिक नभएका नयाँ सिर्जनाहरू पनि राखिएका छन् । उद्घाटन कार्यक्रममा कलाकार श्रेष्ठले हिमानी शाहलाई ‘हरित तारा’ (ग्रीन तारा) को चित्र उपहार प्रदान गरेका थिए । साथै, सन् २०१६ को प्रदर्शनीमा योगदान पुर्याउने कलाकारहरूलाई सम्मान र परम्परागत चर्या नृत्य प्रस्तुत गरिएको थियो ।
१६ नोभेम्बर २०२६ (मंसिर १, २०८३) मा सुरु भएको प्रदर्शनी सर्वसाधारणका लागि पुस १२, २०८३ सम्म खुला रहनेछ ।
प्रदर्शनी ललितपुरको कुपण्डोलस्थित बोधिसत्व ग्यालरीमा दैनिक दिउँसो १२:०० बजेदेखि बेलुका ७:०० बजेसम्म खुला रहनेछ । प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको छ, जसबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।