Successfully Copied

‘कला प्रदर्शनी मात्र होइन, आत्मनिर्भरको माध्यम पनि हो’

नेपालको संस्कृति विकास गरेर धेरै प्रोडक्ट निस्केका छन् । फाइन आर्ट मात्र नभई कमर्सियल चीज जुन बिकाउन मिल्छ, त्यसबाट युवा आर्टिस्टलाई आम्दानी हुन्छ ।


सोफिया लक्ष्मी पाँडे
संस्थापक तथा निर्देशक, द कला सैलुन
सोफिया लक्ष्मी पाँडे लेखक, कला–इतिहासकार र चलचित्र निर्माता हुन् । उनी सांस्कृतिक तथा सिर्जनात्मक उद्योग, शिक्षा आउटरिच र दिगो, रणनीतिक योजनाको आर्थिक तथा सामाजिक सम्भावनाका बारेमा सल्लाह दिन्छिन् । उनी काठमाडौं उपत्यका संरक्षण ट्रस्टमा विकास निर्देशक र कलाको लागि गैर–नाफामुखी क्षेत्र द कला सैलुनकी संस्थापक निर्देशक पनि हुन् ।
अहिले तपाईंको व्यस्तता केमा छ ?
काठमाडौं भ्याली प्रिजरभेटिभ पाटनमा ट्रस्टमा १० वर्षदेखि संलग्न छु । जसले संस्कृति संरक्षणका लागि काम गर्छ । यसले पाटन दरबार र पाटनको चोक र काठमाडौंमा काम गरेको ३५ वर्ष भइसक्यो । यसका लागि फन्ड रेजिङ, प्रपोजल राइटिङ र शिक्षा फैलाउने काम गर्छु । २०१५ को भूकम्पपछि पाटन दरबार स्क्वायरमा भत्केका संरचना मर्मत र निर्माण यसै ट्रस्टमार्फत भएका हुन् । यसका लागि अमेरिका, अस्ट्रेलिया, जापानलगायतका देशबाट सहयोग प्राप्त भएको थियो । अहिले यसमा नेपाल सरकारबाट पनि केही सहयोग प्राप्त हुन्छ, ललितपुर महानगरमार्फत । यसका साथै द कला सैलुनमा व्यस्त छु । ५ वर्षअघि कला तथा क्राफ्ट प्रवद्र्धनका लागि सुरु गरेको यो नाफारहित संस्था हो । तीन वर्षदेखि हरेक तीन हप्ता, एक महिनाको अन्तरालमा कला प्रदर्शन गर्ने गरेका छांै ।
लेखन र अन्य काममा लाग्दालाग्दै कला सैलुन खोल्न किन मन लाग्यो ?
काठमाडौं पोस्टमा पहिले नियमितजसो आर्ट एन्ड आर्किटेक्चरबारे लेख्थें । त्यतिबेला अमेरिकाबाट भर्खर फर्केको थिएँ । उता मैले फिल्म मेकरको तालिम लिएँ । बाहिर पढेको १२, १३ वर्ष भइसकेको अवस्थामा नेपालमा आएपछि यहाँको आर्ट कसरी बुझ्ने भनेर स्तम्भ लेख्न सुरु गरे । मेरो बुवाममी (पृथ्वीबहादुर र प्रतिमा पाँडे) ले पनि नेपाल तथा साउथ एसियाको आर्ट संकलन गरेको ४५ वर्ष भन्दा बढी भइसक्यो । पारिवारिक वातावरण नै आर्टमय थियो, त्यही देख्दै हुर्किएँ । स्पेस छ, कसरी आर्टिस्ट र युवा आर्टिस्टलाई सहयोग गर्न सकिन्छ भन्ने हेतुले नाफारहित ग्यालरी सुरु गरिएको हो । आर्टका लागि मात्र नभएर क्राफ्ट पनि फरक नदेखियोस् भनेर सुरु गरेको हो । बुन्ने, सिलाउने मान्छे काठको काम गर्नेदेखि फाइन आर्ट गर्नेसम्मका लागि यो प्लाटफर्म राखेको हो ।

नेपालमा अहिले कलाको स्थिति कस्तो छ ?
सन् २०१० मा कलाको स्थिति राम्रो थियो, हरेक जात–वर्ग सबैको आफ्नै कला हुन्छ । नेपालमा कहिल्म् कला कम भएको थिएन । अहिले धेरै परिवर्तन भएको छ । पहिले मोर्डन र कन्टेमपोररी आर्टका लागि ग्यालरी कम थियो । १–२ वटा नाम चलेका ग्यालरी थिए । अहिले उपत्यका र बाहिर पनि ग्यालरी धेरै बढेका छन् । आर्टिस्टले पनि आफ्नै ग्यालरी खोलेका छन्, त्यसमा कला प्रदर्शन गर्छन् । पहिले प्रदर्शन गर्न ठूलो, नाम चलेको हुनुपथ्र्यो । अहिले युवा आर्टिस्टले प्रदर्शनीका लागि पनि स्पेस पाउँछन् । रेजिडेन्सी कार्यक्रम हुन्छन् । कला सैलुनबाट पनि कोल्याबरेसनमा वर्षको दुईपटक ४ जना रेजिडेन्ट लिन्छांै ।
यो कस्तो कार्यक्रम हो ?
कला सैलुनको रेजिडेन्सी प्रोग्राम उदायमान कलाकारका लागि मात्रै हो । यसमा कलाकार ३० वर्षभन्दा कम उमेरको हुनुपर्छ र हामीले महिला कलाकारलाई प्राथमिकता दिन्छौं । यसअन्तर्गत पैसा, स्टुडियो स्पेस, सपोर्ट, अन्त्यमा कला सैलुनमा प्रदर्शनी हुन्छ । यतिमात्र होइन, अहिले बीएफ कक्षा पनि छन् । पहिले ललितकलामा मात्र थियो भने अहिले सिर्जना फाइन आर्टस, काठमाडौं युनिभर्सिटीमा छन् । बीएफ, एमएफ एले धेरै कलाकार उत्पादन गर्छन् । कलाकार मात्र नभई एनिमेसन, ज्वेलरी डिजाइन, एडभरटाइजमेन्ट डिजाइनदेखि लिएर सबैमा काम लाग्छ । नेपालको संस्कृति विकास गरेर धेरै प्रोडक्ट निस्केका छन् । फाइन आर्ट मात्र नभई कमर्सियल चीज जुन बिकाउन मिल्छ, त्यसबाट युवा आर्टिस्टलाई आम्दानी हुन्छ । कला क्षेत्रमा धेरै परिवर्तन र फराकिलो भएको छ ।
नेपाली कलाको जगेर्ना कसरी गर्न सकिन्छ ?
सरकारको वार्षिक बजेटमा कलाको लागि पनि छुट्याउनुपर्छ । निजी तरिकाले कलाकारलाई स्कलरसीप दिने गरेको छ । बजेटमै कलाका लागि स्कलरसीप छुट्याएमा स्थानीय तवरमा पनि परिवर्तन हुन्छ ।
महिलालाई आर्थिक रूपमा कसरी सबल बनाउने ?
यो जटिल प्रश्न हो । घरायसी काम जस्तो खाना बनाउने, बच्चा हुर्काउने, घर सफा गर्ने आदि काम आर्थिक पाटोसँग जोडिँदैन । त्यो पनि काम हो भनेर गणना हुनुपर्छ । हामीले कला सलुनमा महिला कलाकारलाई प्राथमिकता दिने भने पनि तीन वर्षमा एकपटक मात्र महिलाको सोलो सो गरेका रहेछौं । ओपनिङमा किन यो भनेर महसुस गर्दा धेरैजसो महिला कलाकार आमा र घरमा काम गर्ने हुनुहुदो रहेछ । सरकारबाट छुट्टै फन्डिङ, ग्यालरीले वर्षको ५, ६ पटक महिलाको मात्र प्रदर्शनी गर्नुपर्छ । महिला कलाकारलाई रेजिडेन्सी कायक्र्रममा प्राथमिकता दिनुपर्छ ।
महिला सफल हुनका लागि महिला–पुरुषभन्दा पनि मानिस भनेर हेर्नुपर्छ । महिलाको काम र जिम्मेवारी धेरै हुने भएकाले सबैले सहयोग गर्नुपर्छ । 

तस्बिर: वाउ

 Image