Successfully Copied

एकसाथ दुई पुस्तक

शिवचन्द्र स्मृति प्रतिष्ठान महोत्तरीको आयोजनामा भएको कार्यक्रममा दुई पुस्तक एकसाथ सार्वजनिक गरियो ।



शिवचन्द्र स्मृति प्रतिष्ठान महोत्तरीको आयोजनामा भएको कार्यक्रममा दुई पुस्तक एकसाथ सार्वजनिक गरियो ।
प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. हीरा तुलाधर तथा प्रा.डा. सुमनराज ताम्राकारको सहलेखनमा ‘इसेन्सियल इन्स्ट्रुमेन्ट इन अब्सटेट्रिक्स एन्ड गाइनेकोलोजी’ र भण्डारीद्वारा लिखित कविता संग्रह ‘छचल्किएका भावनाहरू’ सार्वजनिक गरिएको हो । पुस्तकको लोकार्पण डा. बेनुबहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधि सभा सदस्य श्रीमती कामिनी चौधरी, पूर्वसांसद विन्ध्यवासिनी कंसाकारले संयुक्त रूपमा गरे ।
प्रतिष्ठानका उपाध्यक्ष राजन सिंह भण्डारीले स्वागत मन्तव्य, प्रतिष्ठान परिचय तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । प्रा.डा.सानुमैया दली र प्रा. डा. सरस्वती पाध्येलगायतले शुभकामना मन्तव्य राखेका थिए । पुस्तकको बिक्रीबाट संकलित रकम शिवचन्द्र स्मृति प्रतिष्ठानबाट संचालन गरिने सामाजिक काममा प्रयोग गरिने जानकारी दिइयो ।

 Image