यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धा मिडियामा
कार्यक्रममा शोध अनुसन्धानबाट प्राप्त तथ्यअनुसार, सञ्चारमाध्यममा प्रकाशित सामग्रीमध्ये ७५ प्रतिशत समलिङ्गी पुरुष र ट्रान्सजेन्डर महिलासँग सम्बन्धित रहेको पाइएको छ। बालबालिका तथा किशोरकिशोरीका मुद्दामा छुट्टै समाचार नहुनु, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेन्डर तथा इन्टरसेक्स समुदायको न्यून प्रतिनिधित्व र काठमाडौंकेन्द्रित समाचार प्रकाशन प्रमुख चुनौतीका रूपमा औँल्याइएका थिए।