सुनको मूल्य निरन्तर बढ्दै जाँदा चाँदीका गहनाप्रति ग्राहकको आकर्षण बढेको छ । दैनिक प्रयोगदेखि विवाह, चाडपर्व र उपहारसम्म चाँदीका गहनाको बजार विस्तार भइरहेको छ । परम्परागत डिजाइनलाई आधुनिक शैलीमा ढालेर युवा पुस्ताको रुचिअनुसारका गहना बनाउने क्रम पनि बढेको छ । चाँदीको बजार, ग्राहकको बदलिँदो रुचि, गहनाको गुणस्तर र व्यवसायका चुनौतीबारे आनन्दी ज्वेलरीका सञ्चालक नितीन शारदासँग गरिएको कुराकानी :
नेपालमा चाँदीका गहनाको बजार अवस्था र ग्राहकको आकर्षण कस्तो छ ?
अहिले चाँदीको बजार निकै राम्रो छ । सुनको भाउ धेरै बढेपछि मानिसहरू चाँदीतर्फ आकर्षित भएका छन् । गत वर्ष त नेपालमा पहिलो पटक सुनभन्दा बढी मूल्यको चाँदी आयात भयो, जसले चाँदीप्रति ग्राहकको रुचि कति बढेको छ भन्ने देखाउँछ । तर चाँदीको भाउ घटबढ भइरहने भएकाले हामी ग्राहकलाई सही जानकारी दिएर मात्र बिक्री गर्छांै ।
यहाँ चाँदीका के–कस्ता गहना र सामग्री पाइन्छन् ?
हामीकहाँ दैनिक प्रयोगका औंठी, ब्रेसलेट, झुम्का, पेन्डेन्ट, चेन र पायल पाइन्छन् । विवाह र चाडपर्वका लागि परम्परागत सेट र ढुंगा जडित गहना पनि छन् । हाम्रा सबै गहना ९२५ स्टर्लिङ सिल्भरमा हाम्रै कारखानामा बन्छन्, जसमा डायमन्ड पोलिस र रोडियम प्लेटिङ गरिन्छ । गहनाबाहेक पूजाका भाँडा, सिक्का र उपहार सामग्री पनि लोकप्रिय छन् । हामी ग्राहकको मागअनुसार गहना कस्टमाइज गरेर पनि बनाइदिन्छौं र यसका लागि हामीसँग क्याड डिजाइनर छन् ।
ग्राहकले डिजाइन, मूल्य र गुणस्तरमध्ये कुनलाई प्राथमिकता दिन्छन् ? परम्परागत र आधुनिक डिजाइनमध्ये कुन बढी लोकप्रिय छ ?
ग्राहक पहिले डिजाइन हेरेर आकर्षित हुन्छन्, अनि मूल्य हेरेर किन्ने निर्णय गर्छन् । तर उनीहरू फेरि फर्केर आउनुको कारण भने गुणस्तर नै हो । त्यसैले हामी तीनवटैलाई सन्तुलनमा राख्ने प्रयास गर्छौं । दुवैको आफ्नै माग छ । विवाह र चाडपर्वमा परम्परागत डिजाइन बढी बिक्छन् भने दैनिक प्रयोगमा हल्का र आधुनिक डिजाइन रुचाइन्छ । अहिले सबैभन्दा बढी मन पराइने भनेको परम्परागत डिजाइनलाई आधुनिक रूप दिइएका गहना हुन् । हामी पनि यही फ्युजनमा धेरै काम गरिरहेका छौं ।
युवा पुस्तामा चाँदीका गहनाको माग कस्तो छ ?
युवामा माग धेरै बढेको छ । सेलिब्रेटी र इन्फ्लुएन्सरहरूले लगाउन थालेपछि चाँदी युवाको फेसन ट्रेन्ड बनेको छ । यो सस्तो पनि छ र धेरै डिजाइन फेरिफेरि लगाउन मिल्छ । अहिले केटाहरूले पनि ब्रेसलेट, चेन र औंठी धेरै किन्न थालेका छन् ।
सक्कली चाँदी कसरी चिन्ने ?
सक्कली चाँदीमा चुम्बक टाँसिँदैन, तर सबैभन्दा भरपर्दो तरिका भने मेसिनमा जाँच गराउनु हो । शुद्धता लेखिएको बिल दिने विश्वासिलो पसलबाट मात्र सामान खरिद गर्नुपर्छ । नक्कली चाँदीले झुक्याउन सक्छ ।
चाँदीको मूल्य कसरी निर्धारण गरिन्छ ?
चाँदीको दैनिक भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार र डलरको दरका आधारमा तोक्छ । गहनाको मूल्य भने चाँदीको तौल, त्यो दिनको भाउ, ज्याला र कर जोडेर निकालिन्छ । बारिक र डिजाइनर काम भएका गहनामा ज्याला अलि बढी हुन्छ ।
चाँदीका गहनाको गुणस्तर, टिकाउपन र हेरचाहमा के ध्यान दिनुपर्छ ?
खरिद गर्दा गहनाको जोडाइ, लक र ढुंगा राम्ररी बसेको छ कि छैन हेर्नुपर्छ । चाँदी समयसँगै कालो हुनु स्वाभाविक हो, यसको अर्थ नक्कली भन्ने होइन । प्रयोगपछि नरम कपडाले पुछेर एयरटाइट ब्यागमा राख्नुहोस् । नुहाउँदा र परफ्युम लगाउँदा गहना फुकाल्नु राम्रो हुन्छ ।
गहना खरिद गर्दा बिल, वारेन्टी, फिर्ता र एक्सचेन्जको व्यवस्था कस्तो छ ?
हामी हरेक गहनामा तौल, शुद्धता र ज्याला स्पष्ट लेखिएको बिल दिन्छौं । एक्सचेन्ज गर्दा हामी ३० प्रतिशत बाइब्याक दिन्छांै, तर ज्याला फिर्ता हुँदैन, जुन बजारको सामान्य नियम हो । रोडियम प्लेटिङ गरिएका गहनामा एक वर्ष र गोल्ड तथा रोज गोल्ड प्लेटिङ गरिएका गहनामा छ महिनाको वारेन्टी (नियम तथा सर्तहरू लागू) दिन्छौं । साथै, ग्राहकको गहना सधैं नयाँजस्तो रहोस् भनेर हामी सफाइ र पोलिस सेवा पनि दिन्छौं ।
चाँदीका गहनाले फेसन र नेपाली मौलिक संस्कृतिलाई कसरी जोड्छन् ?
नेपालमा चाँदी न्वारन, पास्नी, विवाह र पूजासँग पुस्तौंदेखि जोडिएको छ, र हरेक समुदायका आफ्नै मौलिक चाँदीका गहना छन् । आजका युवा कुर्तासँग मौलिक झुम्का र जिन्ससँग आधुनिक ब्रेसलेट लगाउँछन् ।
चाँदीको व्यवसायमा मुख्य चुनौती के–के छन् ?
मूल्यको अस्थिरता हो, जसले स्टक व्यवस्थापन गाह्रो बनाउँछ । यसैगरी, नेपालमा चाँदीको हलमार्किङ अनिवार्य नभएकाले बजारमा नक्कली र कम शुद्धताका गहना पनि बिक्छन् । तेस्रो, भारत र चीनका सस्ता मेसिनमा बनेका गहनासँग प्रतिस्पर्धा गर्नुपर्छ । यसका साथै दक्ष कालीगढको अभाव पनि ठूलो समस्या हो ।
बजार विस्तारका अवसर के–के छन् ?
सुन महँगो भएकाले उपहार र दैनिक प्रयोगमा चाँदीको माग बढ्दो छ । त्यसैले सुनको विकल्पका रूपमा हामीसँग रोज गोल्ड र गोल्ड प्लेटेड गहना पनि उपलब्ध छन् । अनलाइन बिक्रीबाट देशभरका ग्राहकसम्म पुग्न सकिन्छ र हामीले टिकटक, इन्स्टाग्राम, फेसबुक, वेबसाइट र दराजमार्फत ग्राहकमाझ पुगेका छांै । कर्पोरेट उपहार र विवाहको बजार पनि ठूलो अवसर हो । तर सबैभन्दा ठूलो अवसर भनेको विश्वास हो, किनभने शुद्धता र पारदर्शितामा ध्यान दिने ब्रान्डलाई नै ग्राहकले रोज्छन् ।
नेपाली चाँदीका गहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावना कस्तो छ ?
सम्भावना राम्रो छ । नेपाली हस्तकलाका चाँदीका गहना युरोप र अमेरिकामा रुचाइन्छन् र विदेशमा बस्ने नेपाली पनि हाम्रा मौलिक गहना खोज्छन् । ई–कमर्सबाट नेपालभर डेलिभरी उपलब्ध छ र विदेशमा रहेका ग्राहकले अर्डर गरेर नेपालमै रहेका आफन्तलाई गहना पठाउँछन् । तर अन्तर्राष्ट्रिय हलमार्क प्रमाणपत्र र निकासी प्रक्रिया सहज बनाउनुपर्ने आवश्यकता छ ।
सुनको तुलनामा चाँदीलाई फेसन र लगानीका दृष्टिले कसरी हेर्नुहुन्छ ?
फेसनका लागि चाँदी उत्कृष्ट छ, किनभने कम मूल्यमा धेरै डिजाइन लगाउन सकिन्छ । लगानीका लागि भने सुन अझै बढी सुरक्षित मानिन्छ, किनभने चाँदीको भाउ धेरै घटबढ हुन्छ । चाँदीका गहना सोख र उपहारका रूपमा किन्नुहोस्, र लगानी गर्दा जोखिम बुझेर मात्र गर्नुहोस् ।
आगामी दिनमा व्यवसाय विस्तार गर्ने तपाईंको योजना के छ ?
हाम्रो पहिलो लक्ष्य ‘आनन्दी’ लाई विश्वासको नाम बनाउनु हो । हाल हाम्रा तीनवटा आउटलेट सञ्चालनमा छन्, काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा, विराटनगरको मेन रोड, जलजला चोकमा र इटहरीको सेन्ट्रल प्लाजाको भुइँतलामा । काठमाडौं शोरुमलाई केन्द्र बनाउँदै वेबसाइट, दराज र सोसल मिडियामार्फत देशभर पुग्ने हाम्रो योजना छ । हामी आफ्नै कारखानामा छालामा एलर्जी नगराउने र कालो नहुने गहनामा थप काम गर्दैछौं । भविष्यमा अन्य सहरमा शाखा खोल्दै नेपालभर व्यापार फैलाउने र विदेशमा रहेका नेपालीसम्म पुग्ने हाम्रो योजना छ । यो अन्तर्वार्ता पढ्ने पाठकहरूका लागि आनन्दी ज्वेलरीको तर्फबाट विशेष उपहार दिइनेछ । हाम्रा कुनै पनि आउटलेटमा खरिद गर्दा भाउचर कोड ASPLNAARI प्रयोग गरी फ्ल्याट १० प्रतिशत विशेष छुट पाउन सकिन्छ । यो अफर मंसिर १ गतेदेखि पुस मसान्तसम्मका लागि मान्य रहनेछ ।