Successfully Copied

उज्यालोका लागि मात्र रहेन बत्ती

अहिले बजारमा ९९ प्रतिशतभन्दा बढी लिड–लाइट्स नै उपलब्ध छन् जसको मुख्य कारण कम बिजुली खपत नै हो । शुभ इलेक्ट्रिक इन्टरप्राइजेज भोटेबहालका नवराज पोखरेल बत्तीको इतिहास प्रस्ट्याउँदै भन्छन्–ॅपहिले फिलामेन, त्यसपछि सिसिएल, सिएफएल हुँदै हामी अहिले एलइडी अर्थात् लिडमा आइपुगेका छौं । लिडकै कारण आज हामी

 

अहिले बजारमा ९९ प्रतिशतभन्दा बढी लिड–लाइट्स नै उपलब्ध छन् जसको मुख्य कारण कम बिजुली खपत नै हो । शुभ इलेक्ट्रिक इन्टरप्राइजेज भोटेबहालका नवराज पोखरेल बत्तीको इतिहास प्रस्ट्याउँदै भन्छन्–ॅपहिले फिलामेन, त्यसपछि सिसिएल, सिएफएल हुँदै हामी अहिले एलइडी अर्थात् लिडमा आइपुगेका छौं । लिडकै कारण आज हामी लोडसेडिङको चपेटाबाट मुक्त छौं ।’

जमाना फेरिएको छ । केही समयअघि उज्यालोका लागि प्रयोग गरिने बत्ती अब घरको प्रतिष्ठा मापन गर्ने यन्त्रसरह भएका छन् । अहिले सजावटका वस्तुलाई देखाउन मात्र नभई सम्पत्तिका रूपमा समेत लिन थालिएको छ । परिणामस्वरूप एन्टिक तथा कलात्मक बत्तीहरू कलेक्सन गर्न थालिएको छ । घरमा भव्य दृश्य सिर्जनाका लागि बत्तीको ठूलो महत्व र आवश्यकता हुन्छ । बत्ती नै त्यस्तो चीज हो जसले हेर्नेका आँखालाई टक्क अड्याएर राख्छ । घरभित्र, बाहिर, गल्ली वा बाटोमा बत्तीको भिन्न खालको प्रकाशले मानिसलाई आकर्षित तुल्याउँछ । अहिले नेपाली बजारमा मूलतः चीन, भारत आदि देशबाट आयातीत लाइट्सको वर्चस्व छ । उज्यालोका लागि मात्र नभई घरको शोभा र लुक्स अनि भ्यालु बढाउन बत्तीको कारोबार बढिरहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । 

तीनचुली इलेक्ट्रिक सप्लायर्स तीनचुली बौद्धका प्रोप्राइटर बलराम कुईंकेलका अनुसार हाभल्स, बेनटेक्स, लिर्गन्ड लाइट्स नाम चलेका ब्रान्ड हुन् । एउटै बत्तीको ५० रुपैंयादेखि ३ लाखसम्म मूल्य पर्ने बताउँदै बलराम भन्छन्–ॅअहिले लिड लाइट्स नै चलेका छन् । यदि पहिलेजस्तै जिएसटी, जिएलएस टेक्नोलोजी भैराख्दो हो त अहिले पनि नेपालमा दैनिक १८ देखि २० घन्टा लोडसेडिङ हुन्थ्यो ।’ लिड लाइट्सले कम बिजुली खपत गर्ने हुनाले यो ९९ प्रतिशत मानिसको रोजाइमा पर्न सफल छ । अहिले नेपालीहरूमा बत्तीप्रतिको चेतना बढ्दै गएकाले यसलाई शो पिस, डेकोरेटिभ आइटम्स तथा घरको शानका रूपमा प्रयोग गरिने कुरा बताउने कुईंकेलले यसको साइज, गुणस्तर र यसमा झएको क्रिस्टलको स्तर हेरी मूल्य निर्धारण हुने जानकारी दिए । अहिलेका त्रेता बत्तीको गुणस्तर भन्दा पनि यसको लुक्स तथा भेराइटिजमा बढी आकर्षित रहेको तथा डेकोरेटिभ आइटम्सका रूपमा बढी प्रयोग गर्ने उनले बताए । भोटेबहालस्थित २० वर्ष पुरानो लाइट हाउसका प्रोप्राइटर सुमनकुमार श्रेष्ठले बत्तीलाई औषधिसँग तुलना गर्दै भने–ॅयसका भेराइटिज कति हुन् कति ? हजारौं प्रकारका लाइट्स छन् अहिले नेपाली बजारमा । चाइना फिटिङ लाइट्स तथा इन्डिया फिटिङ स्विच एवं एमसीबी राम्रा हुन्छन् ।’ श्रेष्ठले अहिले नेपालमा डेकोरेटिभ लाइट्सको माग बढिरहेको पनि जानकारी दिए । जसको कारण बढ्दो सहरीकरण, इन्टेरियर डिजाइनिङ कन्सेप्टको लोकप्रियताका साथै अन्तर्राष्ट्रिय एक्सपोजर भएको उनको तर्क छ । अहिले बजारमा ९९ प्रतिशतभन्दा बढी लिड–लाइट्स नै उपलब्ध छन् जसको मुख्य कारण कम बिजुली खपत नै हो । शुभ इलेक्ट्रिक इन्टरप्राइजेज भोटेबहालका नवराज पोखरेल बत्तीको इतिहास प्रस्ट्याउँदै भन्छन्–ॅपहिले फिलामेन, त्यसपछि सिसिएल, सिएफएल हुँदै हामी अहिले एलइडी अर्थात् लिडमा आइपुगेका छौं । लिडकै कारण आज हामी लोडसेडिङको चपेटाबाट मुक्त छौं ।’ नवराजले हालसम्म पनि धेरैजसो नेपालीले आवश्यकताकै लागि बत्ती खरिद गर्ने बताए । तीमध्ये ३० देखि ४० प्रतिशतले मात्र शोख, बिलासिता र रहर पूरा गर्न बत्ती किन्ने उनको धारणा छ । शुभ इलेक्ट्रिक इन्टरप्राइजेजमा चिल्ड्रेन रुमका लागि कार्टुन लाइटदेखि लिएर बैठकमा राखिने लाखौं रुपैंयाँ पर्ने झार, झुमरहरू देख्न पाइन्छ । पोखरेलले बालबालिकाहरूको अध्ययनका लागि कभर लिड अथवा फिलामिन (इन्कान्डेसन) बल्ब नै बाल्न सुझाव दिए । ती लाइट्सले आँखालाई हानि हुने विकिरण फ्याँक्दैनन् । 

दीपशिखा इलेक्ट्रिकल्स टेकुमा विशाल र आकर्षक झुमरलगायत विभिन्न आकार–प्रकारका रंगी–बिरंगी लाइट देख्न पाइन्छ । भारत तथा चीनबाट आयातीत यी लाइटहरू हजारौं शैली एवं ढाँचाका छन् । दुई दशक यही व्यवसायमा बिताइसकेका दीपशिखाका प्रोप्राइटर श्रीराम पौडेल भन्छन्–ॅउहिले आवश्यकताका लागि मात्र बत्ती किन्ने चलन थियो अहिले यसलाई डेकोरेसन र स्टाटसका आधारमा हेरिन्छ ।’ 

नेसनल ट्रेड लिंक्स भोटेबहालका अमृत न्यौपानेका अनुसार हिजोआज लिभिङ रुममा उहिलेको जस्तो एउटा ट्युब लाइट मात्रै राखिँदैन । लिभिङ रुमलाई आकर्षक बनाउन विभिन्न कलाकौशलयुक्त बत्ती, बत्तीको प्रकाशमा जगमगाऊँदो क्रिस्टलयुत्त झुमर, च्यान्डी लियर आदि लाइट प्रयोग गर्ने ट्रेन्ड बढ्दो छ । एसियन इलेक्ट्रोनिक्स सुन्धारा, इम्पेरियल लाइट्स सेन्टर भोटेबहाल, इलेक्ट्रोलाइट, सिभिल लाइटिङ भोटेबहाल, पीपलबोट आदि स्थानमा फिलामेन्ट लाइट्स एउटा पनि पाइएनन्, जे–जति पाइए सबै एलइडी अर्थात् लिड–लाइट्स मात्र । भोटेबहालस्थित विद्युत् व्यवसायी महासंघबाट अहिले सरकारले नै फिलामेन लाइट्समा रोक लगाएको जानकारी प्राप्त भयो । काठमाडौंको भोटेबहाल तथा छेउछाउका सयभन्दा 

बढी बिजुली बत्तीका पसल उक्त संघमा आबद्ध छन् । 

लाइटका प्रकार

वाल लाइट्स 

यो लाइट्स प्रायः इलेक्ट्रिकल बक्समा राखेर इन्स्टलेसन गरिन्छ । भित्तामा झुन्डाउनु वा टाँस्नुपर्ने हुनाले यस प्रकारको लाइटलाई धेरैजसो माथि फर्काएर राखिन्छ । घरको भित्ता, रिडिङ रुम, बेडरुम, अफिस आदि स्थानमा यो लाइट देख्न पाइन्छ ।

सिलिङ लाइट्स

यस प्रकारको लाइट्समा च्यान्डी लियर, झार, झुमर आदि मूल्यवान् बत्ती पर्छन् । च्यान्डी लियर मुख्यतया दुई वा तीन तहको हुन्छ । त्यसका अतिरिक्त गोला, लामा वा भर्टिकल–होरिजेन्टल सिलिङ लाइट्स पनि निकै सुन्दर देखिन्छन् । 

गार्डेन लाइट्स

बगैंचाको सुन्दरतामा तब निखार आउँछ जब बत्तीले त्यहाँ प्रकाश छर्छ । अँध्यारो बगैंचाको कल्पना गर्दा पनि हामी निरस हुन्छौं । गार्डेन लाइट्स वाल, स्ट्यान्ड वा पोल जेमा पनि राख्न मिल्ने खालका हुन्छन् । विभिन्न रंग तथा डिजाइनमा उपलब्ध यस्ता लाइटले वरिपरिको वातावरणलाई नै लाइभ बनाइदिन्छन् । 

स्ट्रिट लाइट्स 

नेपालका बाटोघाटोमा पनि नौला र पृृथक् स्ट्रिट लाइट देखिन थालेका छन् । लामा, गोलाकार, चारपाटे आकारका यस्ता स्ट्रिट लाइटले घरबाहिर तथा सहरको शोभा बढाउने काम गर्छन् । 

ट्युब लाइट्स

ट्युब हरेक प्रकारका लाइट्समा जडान गर्न सकिन्छ । प्रायः लामो आकारमा पाइने यी लाइट्स चीनबाट आयात गरिन्छ । अहिले हाम्रो सहरका सडकलगायत घर–घरमा यसको प्रयोग भैरहेको छ । 

म्युजिकल लाइट्स

म्युजिकल लाइट्स हल्का रंगीन तथा मधुरो प्रकाश दिने खालका हुन्छन् । मधुरो उज्यालो फ्याँक्ने यस्ता लाइटको आकार पनि सानो हुन्छ । यस्ता लाइट रोबोट, डोरेमोन, मुन, ओसियन–सीप आकारका होल्डरमा बढी मात्रामा जडान गरिन्छ । 

डिस्को तथा बार लाइट्स

चहकिला र विभिन्न डिजाइनका आकृतियुक्त प्रकाश फ्याँक्ने यस्ता लाइट्स प्रायः राता, हरिया, नीला वा पहेंला हुन्छन् । एउटै होल्डरमा विभिन्न रंगयुक्त प्लास्टिकका कडा कभर जडान गरिने यस्ता लाइट्स नाइट पार्टी, डिस्कोथेग तथा बारहरूमा बालिन्छ । 

कहाँ कस्ता लाइट प्रयोग गर्ने ?

    बालबालिकाको कोठाका लागि विभिन्न कार्टुनका आकृति जडित कार्टुन लाइट बजारमा उपलब्ध छन् । 

    लिभिङ रुममा डेकोरेटिभ ल्याम्प नै उपयुक्त हुन्छन् जुन देख्दा आकर्षक डिजाइन एवं शैलीका हुन्छन् । विशेषतः ठूलो स्पेसयुक्त बैठकमा ठूला झुमर र डोम लाइट उपयुक्त देखिन्छन् । 

    स्टार होटललगायत ठूलो ठाउँमा फैलिएका फराकिला बंगालाका लबी तथा बैठकमा दुई–तीन वा चार लेयरयुक्त च्यान्डी लियरले सबैको ध्यानाकर्षण गर्छ । 

    कपल बेडरुममा डिम लाइट प्रयोग गर्नुपर्छ । त्यसबाहेक बेड साइड ल्याम्प तथा नाइट ल्याम्प पनि बेडरुमका लागि उपयुक्त बत्ती हुन् ।

    करिडोरमा सिंगल ह्यांगिङ तथा सिम्पल लाइट उपयुक्त हुन्छन् । ठिक्क प्रकाश फ्याँक्ने डोम लाइटले पनि करिडोरलाई आकर्षक देखाउँछन् । 

    गार्डेनका लागि स्ट्यान्ड वा वाल लाइट्स नै सुहाउँदा हुन्छन् । पानीको फोहोरा झरिरहेको गार्डेनमा वाटरलाइट पनि विशेष देखिन्छ । 

लाइट्सलाई कसरी सुरक्षित राख्ने ?

नवराज पोखरेल, शुभ इलेक्ट्रिक इन्टरप्राइजेज, भोटेबहाल 

    दक्ष जनशक्तिबाट मात्र विद्युत् जडान गर्ने ।

    आवश्यक परेका बेला मात्र बत्ती बाल्ने ।

    सरसफाइ गरिरहने । 

    बत्तीलाई छिटो–छिटो नचलाउने अर्थात् तीव्र गतिमा अन–अफ नगर्ने । 

    करेन्ट सर्किट अफ गरेपछि मात्र बिजुली मेन्टेनेन्स गर्ने । 

बत्ती खरिद गर्दा ध्यान दिऊँ

बलराम कुईंकेल, तीनचुली इलेक्ट्रिक सप्लायर्स, तीनचुली, बौद्ध

    नेपालको बिजुली बत्तीको भोल्टेज तल–माथि भैरहन्छ । खासमा हुनुपर्ने २ सय २० भोल्ट हो तर काठमाडौं उपत्यकाभित्र २० भोल्टको मात्रै तल–माथि हुन्छ भने नेपालका पहाडी तथा ग्रामीण भूभागमा कहिले एकैपटकमा ३ सय त कहिले ह्वात्तै झरेर ८० सम्म पुग्छ । यसर्थ नेपाली परिवेशमा बत्ती खरिद गर्दा बल्बमा भएको भोल्टेज रेटिङ कम्तीमा पनि ८५ देखि २ सय ६५ को छान्नुपर्छ ।

    मार्केटमा १ सय ८० देखि २ सय २० भोल्टका बल्ब बढी पाइन्छन् । हामीले खरिद गर्दा विचार पुर्‍याउनुपर्ने कुरा भनेको ८५ देखि २ सय ६५ भित्रै हो । 

    वारेन्टी, ग्यारेन्टी, एनएस र आइएसआई गुणस्तर चिन्ह हेरेर मात्र बत्ती खरिद गर्नुपर्छ ।

    कुनै बल्बमा ५ वाट लेखिएको हुन्छ तर १० वाट विद्युत् खपत गर्ने पनि हुनसक्छ । त्यति मात्र नभई कसैकसैले २ वाटलाई ५ वाट बनाएर समेत ल्याएका हुन्छन् । त्यसकारण बत्ती खरिद गर्नुअघि भोल्टेज टेस्ट नगराई खरिद गर्नु हुँदैन ।

    हेर्दा आकर्षकभन्दा पनि टिकाउ सामान रोज्नुपर्छ ।

 

 Image