Successfully Copied

नाडा अटो सो सुरु

नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा नाडा अटो सो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका थिए ।


नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा नाडा अटो सो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका थिए । सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको प्रधानमन्त्री ओलीले बताए । स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुद्ने गरेको ओलीको भनाइ छ । आजको रोबोटिक क्रियाकलापपछि प्रारम्भिक लाग्ने भन्दै भविष्यमा धेरै अघि बढ्ने उनले बताए ।


नाडाका अध्यक्ष करण चौधरीले नीतिगत व्यवस्थादेखि व्यवसायीको मनोबल बढाउन समेत काम गर्दै आएको बताए ।’ युवा शक्ति पलायन हुन रोक्न नाडाले सीप दिने र रोजगारी पनि दिन्छ, त्यसका लागि श्रम मन्त्रालयसँग सम्झौता भइसकेको छ,’ उनले भने । अटो सो प्रदर्शनी केन्द्र मात्र नभई व्यावसायिक थलो हो । कुल बिक्रीको ४० प्रतिशत सवारी अटो शो बाट नै बिक्री हुने गरेको उनले सुनाए ।’ पहिलो पटक नेपालमा हृयुमनाइड रोबोट र फ्लाइङ कार सार्वजनिक गरेका छौं,’ उनले भने ।

‘अटो सोमा मेड इन पेभिलियन राखिएको छ । जहाँ नेपालमै उत्पादन भएको टायरलगायत स्पेयर पार्ट्सहरू छन्,’ उनले भने ।
मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । अटो सोमा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी रहेको छ । अटो सोमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकले गरेको छ । यसपालिको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् । अटो क्षेत्रबाट मात्र देशमा १० लाख बढीले रोजगार पाएका छन् ।

तस्बिरहरुः महेशमान प्रधान

 Image