शक्ति समूहकी संस्थापक सुनिताको निधन
शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।

ग्रिन आर्टस् मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न मिस/मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५ शीर्षक प्रतियोगितामा विजेताहरू घोषणा गरिएको छ ।
युनेस्कोको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका उद्देश्यले सुरु गरिएको हेरिटेज इन्टरनेशनल प्रतियोगिता विश्वका विभिन्न देशका प्रतियोगीहरूबीच आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस प्रतियोगिताले विश्वका कला, संस्कृति, पर्यटन, वातावरण र सम्पदाको संरक्षणका लागि सन्देश फैलाउने उद्देश्य राखेको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय फाइनल प्रतियोगिता थाइल्याण्डको बैंककमा नोभेम्बर २०२५ मा आयोजना हुनेछ, जहाँ विश्वका करिब ४० देशका प्रतिस्पर्धीहरूले सहभागिता जनाउनेछन् ।
नेपालतर्फबाट मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५ का रूपमा दुर्गा ढकाल र मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५ का रूपमा दिव्या पात्रा चयन भएका छन् । उनीहरूले आगामी फाइनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
विजेताहरूको छनोट व्यक्तित्व, सञ्चार कौशल, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, नेतृत्व क्षमता, स्टेज प्रेजेन्स र प्रभावकारिताका आधारमा गरिएको हो । प्रतियोगितामा सहभागीहरूलाई प्रभावकारी प्रशिक्षण, कोरियोग्राफी र पेजेन्ट ग्रुमिङ सेसन मार्फत तयारी गराइएको थियो ।
विजेता ढकाल र पात्राले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संस्कृति, सम्पदा र पहिचानलाई उजागर गर्दै नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्ने भएका छन् ।