Successfully Copied

दसैंमा अफरको बहार

नेपालमा चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको किनमेलको अनुभव पनि फेरिँदै गएको छ । आधुनिक रूपमा विकास भइरहेको सुपरमार्केट र अनलाइन किनमेलले छिटो, छरितो र विविध विकल्प उपलब्ध हुन थालेका छन् ।


नेपालमा चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको किनमेलको अनुभव पनि फेरिँदै गएको छ । आधुनिक रूपमा विकास भइरहेको सुपरमार्केट र अनलाइन किनमेलले छिटो, छरितो र विविध विकल्प उपलब्ध हुन थालेका छन् । पछिल्लो समय विकास हुँदै मार्ट भाटभटेनी, सेल्सबेरी, सीजी मार्ट, स्तृति मार्ट आदि प्रमुख मार्टहरूले चार्डपर्व लक्षित विशेष छूटको अफर ल्याएका छन् । खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स, गृह सामग्रीमा अफरले ग्राहकहरूलाई एउटै छानामुनि खरिद गर्न सहज भएको छ ।
भाटभटेनी सुपरमार्केट
भाटभटेनी सुपरमार्केट सुपरमार्केट संस्कृतिको सुरुवात गर्ने पहिलो हो । २०५१ सालमा सुरु भएको यो सुपरमार्केट पछिल्लो समय उपभोक्ता र ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ । भाटभटेनीले एउटै छानामुनि खाद्यान्न, लत्ताकपडा, घरेलु सामग्रीदेखि सौन्दर्यका सामग्री उपलब्ध गराउँदै आएको छ । दसैंको विशेष प्याकेज सार्वजनिक गरेको छ । इलेक्ट्रोनिक्समा २० देखि ४० प्रतिशतसम्म छूट, किचन वेयरमा ३० देखि ५० प्रतिशतसम्म, लुगादेखि जुत्तामा ५ प्रतिशतसम्म छूट दिएको छ । खाद्यान्नतर्फ चामलदेखि दमसम्ममा विशेष अफर दिएको छ । कार्पेटमा २० प्रतिशत र लगेजमा ३० प्रतिशत छूट दिएको छ ।
सेल्सबेरी
सेल्सबेरी काठमाडौं र पोखराका उपभोक्ता र ग्राहकहरूलाई सेल्सबेरीले विशेष प्याकेज ल्याएको छ । दसैं विशेषमा वाइनमा २० प्रतिशत, इलेक्ट्रिकमा १० देखि ३० प्रतिशत छूट ल्याएको छ ।
बिग मार्ट
बिग मार्ट ठूलो मार्टका रूपमा विस्तार हुँदै गएको छ । २०६८ सालमा स्थापना भएको यो मार्ट नेपाली ग्राहकहरूको रोजाइमा परेको छ । छोटो समयमा लोकप्रिय बनेको यो मार्टले चाडपर्व लक्षित अफरहरू ल्याएको छ । मार्टले खाद्यान्नमा १० देखि ३० प्रतिशत छूटको अफर ल्याएको छ ।
स्तृति मार्ट
स्तृति मार्ट काठमाडौं उपत्यका र आसपासका सहरमा फैलिएको छ । साना–ठूला शाखासहित यसले घरायसी, इलेक्ट्रोनिक्स, लत्ताकपडा र सौन्दर्यका सामानहरू उपलब्ध गराउँदै आएको छ । यो मार्टले पनि विभिन्न अफर सार्वजनिक गरेको छ ।
दराज
दराज नेपालको अग्रणी ई कर्मस प्लेटफर्म हो । डिजिटल युगमा यसले उपभोक्तालाई घरमै बसेर सामान खरिद गर्ने सुविधा प्रदान गरेको छ । दराजले दसैं लक्षित सेलमार्फत ७० प्रतिशतसम्म छूट, निःशुल्क डेलिभरी, कार्ड बा बालेट प्रयोगमा अतिरिक्त छूटको व्यवस्था गरेको छ ।
सामसङ
इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैं अफर ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ । २४ असोजसम्म सञ्चालित यो योजनामा सामसङ टीभी, रेफ्रिजिरेटर र वासिङ मेसिनमा विशेष र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकले ३५ प्रतिशतसम्म ३५ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक अफर पाउनेछन् । कम्पनीका अनुसार ७५ र ८५ इञ्चका क्यूएलईडी टीभी किन्दा साउन्डबार उपहार पाउनेछन् । टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीमा ३ वर्षको फुल वारेन्टी र निःशुल्क प्रोफेसनल इन्स्टलेसन सुविधा पनि रहेको बताइएको छ । रेफ्रिजिरेटर र वासिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी दिइने छ र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध छ ।



लालपुर्जा नेपाल : घर खरिदमा अफर
रियल इस्टेट कम्पनी लालपुर्जा नेपालले यस वर्षको दसैंलाई लक्षित गर्दै घर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ । दुई करोड रुपैयाँभन्दा कम मूल्यको घर खरिद गर्नेले तीन महिना खानेपानी र बिजुली निःशुल्क पाउने कम्पनीले बताएको छ । तीन करोड रुपैयाँभन्दा कम मूल्यमा घर किन्ने ग्राहकलाई वासिङ मेसिन वा फ्रिज उपहार दिइनेछ । त्यस्तै, तीन करोडभन्दा बढी मूल्यको घर खरिद गर्नेले तीन रात चार दिनको अन्तर्राष्ट्रिय भ्रमण प्याकेज प्राप्त गर्नेछन् । कम्पनीले दसैं लक्षित यो अफरले नयाँ घर किन्दा सुरुवाती खर्च व्यवस्थापनमा सहयोग गर्ने र चाडपर्वलाई अझ रमाइलो बनाउने विश्वास व्यक्त गरेको छ । लालपुर्जा नेपाल हाल पाँच शाखाबाट सेवा दिइरहेको छ । कम्पनीसँग १० हजारभन्दा बढी सम्पत्ति सूचीबद्ध छन् र कानुनी परामर्श तथा छिटो लोन सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
जिकरको गाडीमा छुट
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । दसैं, तिहार र छठलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ । अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रूपैयाँ मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधा पनि प्राप्त गर्नेछन् । पायोनियर मोटोकर्प नेपालका लागि जिकरको आधिकारिक वितरक कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
एलएस अटोको ‘फेस्टिभ अफर’
एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लु कर्पोरेसनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्ट सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् । विभिन्न छूट र बोनस समावेशसहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीले बताएको छ । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकले यो अफरअन्तर्गत केवल २० प्रतिशत डाउन पेमेन्टमा घर लैजान सक्नेछन् । अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख रुपैयाँको एक्स्चेन्ज बोनस, निःशुल्क बिमा सुविधा प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क दिइने जनाइएको छ ।

 Image