ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
नेपालमा चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको किनमेलको अनुभव पनि फेरिँदै गएको छ । आधुनिक रूपमा विकास भइरहेको सुपरमार्केट र अनलाइन किनमेलले छिटो, छरितो र विविध विकल्प उपलब्ध हुन थालेका छन् । पछिल्लो समय विकास हुँदै मार्ट भाटभटेनी, सेल्सबेरी, सीजी मार्ट, स्तृति मार्ट आदि प्रमुख मार्टहरूले चार्डपर्व लक्षित विशेष छूटको अफर ल्याएका छन् । खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स, गृह सामग्रीमा अफरले ग्राहकहरूलाई एउटै छानामुनि खरिद गर्न सहज भएको छ ।
भाटभटेनी सुपरमार्केट
भाटभटेनी सुपरमार्केट सुपरमार्केट संस्कृतिको सुरुवात गर्ने पहिलो हो । २०५१ सालमा सुरु भएको यो सुपरमार्केट पछिल्लो समय उपभोक्ता र ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ । भाटभटेनीले एउटै छानामुनि खाद्यान्न, लत्ताकपडा, घरेलु सामग्रीदेखि सौन्दर्यका सामग्री उपलब्ध गराउँदै आएको छ । दसैंको विशेष प्याकेज सार्वजनिक गरेको छ । इलेक्ट्रोनिक्समा २० देखि ४० प्रतिशतसम्म छूट, किचन वेयरमा ३० देखि ५० प्रतिशतसम्म, लुगादेखि जुत्तामा ५ प्रतिशतसम्म छूट दिएको छ । खाद्यान्नतर्फ चामलदेखि दमसम्ममा विशेष अफर दिएको छ । कार्पेटमा २० प्रतिशत र लगेजमा ३० प्रतिशत छूट दिएको छ ।
सेल्सबेरी
सेल्सबेरी काठमाडौं र पोखराका उपभोक्ता र ग्राहकहरूलाई सेल्सबेरीले विशेष प्याकेज ल्याएको छ । दसैं विशेषमा वाइनमा २० प्रतिशत, इलेक्ट्रिकमा १० देखि ३० प्रतिशत छूट ल्याएको छ ।
बिग मार्ट
बिग मार्ट ठूलो मार्टका रूपमा विस्तार हुँदै गएको छ । २०६८ सालमा स्थापना भएको यो मार्ट नेपाली ग्राहकहरूको रोजाइमा परेको छ । छोटो समयमा लोकप्रिय बनेको यो मार्टले चाडपर्व लक्षित अफरहरू ल्याएको छ । मार्टले खाद्यान्नमा १० देखि ३० प्रतिशत छूटको अफर ल्याएको छ ।
स्तृति मार्ट
स्तृति मार्ट काठमाडौं उपत्यका र आसपासका सहरमा फैलिएको छ । साना–ठूला शाखासहित यसले घरायसी, इलेक्ट्रोनिक्स, लत्ताकपडा र सौन्दर्यका सामानहरू उपलब्ध गराउँदै आएको छ । यो मार्टले पनि विभिन्न अफर सार्वजनिक गरेको छ ।
दराज
दराज नेपालको अग्रणी ई कर्मस प्लेटफर्म हो । डिजिटल युगमा यसले उपभोक्तालाई घरमै बसेर सामान खरिद गर्ने सुविधा प्रदान गरेको छ । दराजले दसैं लक्षित सेलमार्फत ७० प्रतिशतसम्म छूट, निःशुल्क डेलिभरी, कार्ड बा बालेट प्रयोगमा अतिरिक्त छूटको व्यवस्था गरेको छ ।
सामसङ
इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैं अफर ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ । २४ असोजसम्म सञ्चालित यो योजनामा सामसङ टीभी, रेफ्रिजिरेटर र वासिङ मेसिनमा विशेष र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकले ३५ प्रतिशतसम्म ३५ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक अफर पाउनेछन् । कम्पनीका अनुसार ७५ र ८५ इञ्चका क्यूएलईडी टीभी किन्दा साउन्डबार उपहार पाउनेछन् । टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीमा ३ वर्षको फुल वारेन्टी र निःशुल्क प्रोफेसनल इन्स्टलेसन सुविधा पनि रहेको बताइएको छ । रेफ्रिजिरेटर र वासिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी दिइने छ र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध छ ।
लालपुर्जा नेपाल : घर खरिदमा अफर
रियल इस्टेट कम्पनी लालपुर्जा नेपालले यस वर्षको दसैंलाई लक्षित गर्दै घर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ । दुई करोड रुपैयाँभन्दा कम मूल्यको घर खरिद गर्नेले तीन महिना खानेपानी र बिजुली निःशुल्क पाउने कम्पनीले बताएको छ । तीन करोड रुपैयाँभन्दा कम मूल्यमा घर किन्ने ग्राहकलाई वासिङ मेसिन वा फ्रिज उपहार दिइनेछ । त्यस्तै, तीन करोडभन्दा बढी मूल्यको घर खरिद गर्नेले तीन रात चार दिनको अन्तर्राष्ट्रिय भ्रमण प्याकेज प्राप्त गर्नेछन् । कम्पनीले दसैं लक्षित यो अफरले नयाँ घर किन्दा सुरुवाती खर्च व्यवस्थापनमा सहयोग गर्ने र चाडपर्वलाई अझ रमाइलो बनाउने विश्वास व्यक्त गरेको छ । लालपुर्जा नेपाल हाल पाँच शाखाबाट सेवा दिइरहेको छ । कम्पनीसँग १० हजारभन्दा बढी सम्पत्ति सूचीबद्ध छन् र कानुनी परामर्श तथा छिटो लोन सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
जिकरको गाडीमा छुट
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । दसैं, तिहार र छठलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ । अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रूपैयाँ मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधा पनि प्राप्त गर्नेछन् । पायोनियर मोटोकर्प नेपालका लागि जिकरको आधिकारिक वितरक कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
एलएस अटोको ‘फेस्टिभ अफर’
एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लु कर्पोरेसनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्ट सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् । विभिन्न छूट र बोनस समावेशसहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीले बताएको छ । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकले यो अफरअन्तर्गत केवल २० प्रतिशत डाउन पेमेन्टमा घर लैजान सक्नेछन् । अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख रुपैयाँको एक्स्चेन्ज बोनस, निःशुल्क बिमा सुविधा प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क दिइने जनाइएको छ ।