दसैं–तिहार नजिकिँदै गर्दा बजारमा महँगी हुने र उपभोक्ता ठगिनबाट बचाउन सरकारले यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ ३० गतेदेखि देशभरि यस्ता पसलहरू सञ्चालनमा ल्याएका छन् । नागरिकलाई चाडपर्वमा अत्यावश्यक वस्तु सस्तोमा उपलब्ध गराउने र बजारमा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने सुपथ मूल्यको उद्देश्य हो । चाडपर्वका बेला महँगीको मार खेपिरहेकाहरूका लागि यी पसलहरूले केही राहत दिने निश्चित छ । ग्रामीण भेगमा वस्तु ढुवानी गर्नुपर्ने चुनौती भए पनि दुर्गमसम्म पसल पुर्याउने योजना सरकारको देखिन्छ ।
कुन सामानमा कस्तो छूट ?
सुपथ मूल्य पसलमा उपभोक्ताले नुनदेखि खसी–बोकासम्म छूट पाउनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी
चामल, गहुँ, दाल, गेडागुडी : प्रतिकिलो ५ रुपैयाँ छूट
तोरी, भटमास, सनफ्लावर तेल, आटा, पिठो, मैदा : प्रतिकिलो ७ रुपैयाँ छूट
खसी, बोका, च्याङ्ग्रा (जिउँदो) : प्रतिकिलो १० रुपैयाँ छूट
कर्णालीका विशेष उत्पादन (सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी) ः प्रतिकिलो १० रुपैयाँ छुट)
साल्ट ट्रेडिङ कर्पोरेसन
नुन : प्रतिकिलो २ रुपैयाँ छूट
चिनी : प्रतिकिलो ५ रुपैयाँ छूट
तेल, चिउरा, पिठो, मैदा, दाल : प्रतिकिलो ७ रुपैयाँ छूट
कहाँ–कहाँ छन् पसल ?
सुपथ मूल्य पसलको वितरण प्रदेशअनुसार फरक–फरक छ ।
कोशी प्रदेश : ११ स्थान (बिर्तामोड, विराटनगर, भोजपुर, सोलुखुम्बु, संखुवासभा आदि)
मधेस : सबैभन्दा कम ३ स्थान (लहान, जनकपुर, वीरगञ्ज)
बाग्मती : ५ स्थान (काठमाडौं थापाथली, रामशाहपथ, ललितपुर नख्खु, दक्षिणकाली र धुन्चे रसुवा)
गण्डकी : ७ स्थान (पोखरा, गोरखा सिर्दिबास, मनाङ, मुस्ताङ आदि)
लुम्बिनी : १५ स्थान (भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ, गुल्मी, रुकुम पूर्व आदि)
कर्णाली प्रदेश : सबैभन्दा धेरै ४२ स्थान (सुर्खेतदेखि हुम्लासम्म)
सुदूरपश्चिम : २८ स्थान (धनगढी, महेन्द्रनगरदेखि दुर्गम गाउँसम्म)
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मात्र ४५ जिल्लाका १११ स्थानमा पसल खोल्ने जनाएको छ ।
साल्ट ट्रेडिङका बिक्री स्थल
साल्ट ट्रेडिङले पनि देशभरि ४० स्थानमा पसल राख्ने योजना ल्याएको छ ।
काठमाडौं उपत्यका : कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, इमाडोल, काँडाघारी, महाराजगञ्ज, सल्लाघारी, कौशलटार आदि ।
घुम्ती पसल : उपत्यकाभित्र ३ वटा घुम्ती पसल पनि सञ्चालन हुनेछन् ।
प्रदेशगत विस्तार
कोशी : बिर्तामोड, विराटनगर
मधेस : राजविराज, लहान, जनकपुर, वीरगञ्ज
बाग्मती : त्रिशूली, हेटौंडा, नारायणगढ, धुलिखेल
गण्डकी : पोखरा, बाग्लुङ
लुम्बिनी : भैरहवा, कृष्णनगर, दाङ
कर्णाली : सुर्खेत
सुदूरपश्चिम : धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल, बैतडी पाटन