दुइ दशकदेखी सौन्दर्य क्षेत्रमा सक्रिय मञ्जु कार्की पाण्डे सम्मानित भएकी छिन । विश्वहिन्दु कलाकार मञ्च नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिले एक भव्य समारोहका विच उनलाई सम्मान गरेको हो । सौन्दर्य क्षेत्र मार्फत समाजका पुर्याएको योगदानको कदर गर्दैै उनलाई सम्मानित गरेको आयोजक संस्थाले जनाएको छ । मञ्जु कुशल मेकअप आर्टिस्टका साथसाथै दक्ष कर्पोरेट ट्रेनर पनि हुन । उनले हालसम्म नेपालका प्रतिष्ठत दर्जन भन्दा बढी संघसंस्थामा कर्पोरेट ट्रेनिङ दिइसकेकी छिन भने उनी नेपाल, भारत, दुबाइ तथा मलेसियाबाट तालिम प्राप्त ट्रेनर समेत हुन ।
कार्यक्रममा उनी संगसंगै बरिष्ठ कलाकारहरु शर्मिला मल्ल, रबिन्द्र खड्का लगायतलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्द, हांस्यकलाकार उत्तम के.सी. लगायत दर्जन बढी कलाकारहरुको समेत उपश्थिती रहेको थियो ।