Successfully Copied

वर्षाको समयमा कस्तो मेकअप गर्ने ?

वर्षामा लामो समयसम्म मेकअप टिकाउन चुनौतीपूर्ण हुन्छ । यदि मौसमअनुरूप मेकअप गरे यो मौसममा पनि मेकअप लामो समयसम्म टिक्छ । वर्षाको समय भए पनि छालालाई नरम बनाउनुपर्छ । त्यसैले गुणस्तरीय मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

वर्षाको समयमा चारैतर्फ हरियाली छाएको हुन्छ । यो मौसमको सुरुवातसँगै अत्यधिक गर्मीबाट राहत मिल्छ । धेरैलाई मनपर्ने यो सिजनमा पानी पर्ने भएकाले ह्युमिडिटी बढ्छ । त्यसकारण छालामा संक्रमण, एलर्जी, फंगसजस्ता धेरै समस्या पैदा हुन्छन् । यिनले हाम्रो छालालाई प्रभाव पार्छन् । अन्य मौसमको तुलनामा यो मौसममा छालाको अलि बढी ख्याल राख्नुपर्छ । यो मौसममा मेकअप गर्दा पनि विशेष ध्यान दिनुपर्छ ।

वर्षामा लामो समयसम्म मेकअप टिकाउन चुनौतीपूर्ण हुन्छ । यदि मौसमअनुरूप मेकअप गरे यो मौसममा पनि मेकअप लामो समयसम्म टिक्छ । वर्षाको समय भए पनि छालालाई नरम बनाउनुपर्छ । त्यसैले गुणस्तरीय मोस्चराइजर प्रयोग गर्नुपर्छ ।


दैनिक मेकअप

यो मौसममा फाउन्डेसनको प्रयोग त्यति राम्रो मानिँदैन । त्यसको साटो कम्प्याक पाउडर प्रयोग गर्न सकिन्छ । फाउन्डेसन लगाउनैपरे हल्का लगाउन सकिन्छ । कम्प्याक पाउडरले पूरै अनुहारलाई कभर गर्छ र अनुहारलाई तैलीय देखाउँदैन । पानी पर्ने सिजन भएकाले धेरै मेकअप राम्रो देखिँदैन । हल्का र वाटरप्रुफ मेकअपलाई प्राथमिकतामा राख्नुपर्छ । दिउँसो सबैतिरबाट उज्यालो आउने भएकाले पनि हल्का मेकअप सुहाउँछ । दैनिक मेकअपमा प्राइमर प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म छालाको रोमछिद्रलाई बन्द गरिदिन्छ । यसले दिनभरि बाहिर निस्कदा छालाभित्र धूलो पस्न दिँदैन । साँझ अनुहारलाई राम्रोसँग क्लिन्जरको सहायताले सफा गर्नुपर्छ । जसले गर्दा छालामा अक्सिजनको मात्रा पुग्छ । दैनिक मेकअपमा हाइलाइटरको प्रयोग नगरेकै राम्रो हुन्छ । यो मौसममा छाला तैलीय देखिन्छ । हाइलाइटरको प्रयोगले बढी साइनिङआउँछ। यसको प्रयोग गर्नैपरे हल्का गर्न सकिन्छ । पिंक रंगको ब्लसर नै प्रयोग गर्नुपर्छ ।


पार्टी मेकअप

पार्टी मेकअप धेरै हेभी गर्नुहुँदैन । मेकअप पानीले भिज्यो भने टिस्यु पेपरले हल्का थपथपाउँदै सुकाउनुपर्छ । यो मौसममा हल्का रंग धेरै प्रयोग गर्नुपर्छ । पिंक लिपिस्टिक र पिंक नेलपोलिसले पिंक बोल्ड लुक दिन सकिन्छ ।लिक्विड फाउन्डेसनको प्रयोग गर्नुहुदैन । पाउडर फाउन्डेसनले गर्मीमा चिपचिप महसुस गराउँदैन । यसले अनुहारको पसिना सोसेर अनुहार सुख्खा देखाउँछ । पाउडर ब्लसरको साटो क्रिम ब्लसर प्रयोग गर्नुपर्छ । क्रिम आइस्याडोको साटो पाउडर आइस्याडोको प्रयोग गर्नुपर्छ । यसले अनुहारमा फैलन दिँदैन । मेकअपका सामग्री सबै वाटरप्रुफ नै रोज्नुपर्छ । मस्कारा दुई कोट लगाउनुपर्छ । लिक्विड आइलनरको साटो पेन्सिल आइलाइनरको प्रयोग गर्दा मेकअप सुरक्षित हुन्छ । आइब्रोमा पेन्सिलले कोर्नुभन्दा जेलको प्रयोग गर्नुपर्छ । म्याट लिपिस्टिकको प्रयोग यो मौसममा उपयुक्त मानिन्छ ।

 Image