सौन्दर्यका लागि ‘एस्थेटिक्स डर्माटोलोजी’
‘एस्थेटिक्स डर्माटोलोजी’ छाला, केश र सौन्दर्यसम्बन्धी उपचार हो ।
पोल्याण्डको प्रिमियम डर्माटोलोजिकल स्किनकेयर ब्रान्ड डर्मेडिकका विभिन्न उत्पादनहरू नेपाली बजारमा सहज रूपमा उपलब्ध हुन थालेका छन्। छालाको वैज्ञानिक हेरचाहका लागि परिचित यस ब्रान्डका Hydrain 3 Hialuro, Normacne, Sunbrella र Melumin लगायतका श्रृंखलाले उपभोक्तामाझ लोकप्रियता हासिल गरिरहेका छन्।
छालाको प्रकार र आवश्यकताअनुसार उत्पादन छनोट गर्न तथा प्रयोगअघि विशेषज्ञ वा छाला रोग विशेषज्ञको सल्लाह लिन विज्ञहरूले सुझाव दिएका छन्। हिमालय भिस्टा इन्टरनेशनल ट्रेडिङ प्राइभेट लिमिटेड ले नेपाल भित्र्याएका यि प्रसाधन उच्च गुणस्तरको भएको र मुल्यको हिसाबले गुणस्तरमा तुलना नै गर्न नसकिने बिजनेस डेभलपमेन्ट अफिसर सरिता खनाल बताउंछिन । उनका अनुसार यि सौन्दर्य प्रसाधन नेपाली छालाका लागि अत्यन्तै उपयुक्त र प्रभावकारी छ । डरमाटोलोजी टेस्टेड यि सामाग्रीको माग नेपालमा बढ्दै गइरहेको उनले जानकारी दिइन । सनब्लक, एन्टिएजङ, सिरम, मोस्चराइजिङ क्रिम लगायतका प्रसाधन नेपाल भित्र्याएको हिमालयन भिस्टा ट्रेडिङका अनुसार अहिले नेपालमा डरमेडिकका सनब्लक, मोइश्चराइजर तथा सिरमको माग उच्च छ ।