Successfully Copied

भेज सिसमी कबाब

भेजिटेरियनका लागि भेज सिसमी कबाब हल्का र पोषणयुक्त छ ।


हरिराम पौडेल (सेफ, भ्यु ३६० रिसोर्ट, कालु पाण्डे दहचोक)
भेज सिसमी कबाब
सामग्री
आलु : ५० ग्राम
गाजर : १ सय ग्राम
सिमी : १ सय ग्राम
काउली : ७० ग्राम
मसरुम : १ सय ग्राम
स्विटकर्न : ५० ग्राम
कर्नफ्लोर : २५ ग्राम
मैदा : २५ ग्राम
तिल : ५० ग्राम
हरियो खुर्सानी : ५ ग्राम
पुदिना : ५ ग्राम
अदुवा–लसुन पेस्ट : ३० ग्राम
नुन : २५ ग्राम
विधि
सबैभन्दा पहिले गाजर, सिमी, काउली, मसरुम, पुदिना, अदुवा, लसुन राखेर चप गर्ने । यसलाई एउटा बाउलमा राखेर निचोर्ने । यसैको माथिबाट पनि आलुलाई ग्रेट गर्ने । अब यो भेज किमामा मैदा र कर्नफ्लोर राखेर मुछ्ने । यसपछि लाम्चो सेप बनाएर झिरमा राखेर तन्दुरमा पकाउने । भेजिटेरियनका लागि नौलो खाना यो हल्का र पोषणयुक्त छ । यो पनि स्न्याक्सका रूपमा खाइने परिकार हो । 

 Image