सामग्री ः ककटेल ग्लास, ४–५ वटा आइस क्युब, ४५ देखि ६० मिलिलिटर भोड्का, १५ मिलिलिटर लेमन जुस, ४५ देखि ६० मिलिलिटर क्रेनबेरी जुस, १० मिलिलिटर सुगर सिरप
विधिः यो भोड्का बेस्ड ककटेल हो । माथी तयार पारिएको सबै सामग्री हालेर सेक गर्ने र सुन्तलाको बोक्रालाई ट्विस्ट गरेर गार्निस गर्ने । यो समर ककटेल हो त्यसैले गर्मीयाममा खान सकिन्छ ।
जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ ।