चिकेन सनी सलाद
विधि : चिकेन ब्रेस्टको स्लाइस निकाल्ने, बनाइएको ब्याटरमा चिकेनलाई डुबाएर ब्रेडकम लगाएपछि तेलमा फ्राई गर्ने, यसलाई क्रिस्पी भएपछि तेलबाट निकाल्ने ।

तपाईं सेकुवा पारखी हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘गोल्डेनगेट’ अपोजिटमा रहेको घले दाइको सेकुवा कर्नर उपयुक्त गन्तव्य हुनसक्छ । प्रशस्त पार्किङ सुविधा रहेको यो सेकुवा कर्नर लोकेसनका हिसाबले पनि सहज र पायक पर्ने ठाउँमा छ ।
आवश्यक सामग्री
एकजनाका लागि
खसीको मासु : २ सय ग्राम
तोरीको तेल : १ सय मिलि
अदुवा/लसुनपेस्ट : १ ठूलो चम्चा
धूलो खुर्सानी : १ ठूलो चम्चा
नुन : स्वादअनुसार
दही: आधा ठूलो चम्चा
सेकुवा मसला : २० ग्राम
विधि
छालासहितको मटनलाई राम्ररी पखालेर आफूले चाहेअनुसारटुक्रा पारेर काट्ने । एउटा सफा भाँडोमा मासुलाई राखिसकेपछि अदुवा/लसुनको पेस्ट, धूलो खुर्सानी, नुन, दही, सेकुवा मसला मिलाएर मज्जाले मोल्ने । राम्ररी मसला मोलिसकेपछि न्यूनतम ३ देखि ४ घण्टाका लागि मेरिनेट गर्न छाडिदिने । त्यसपछि झीरमा उनेर कोइलामा विस्तारै पकाउने । उत्सव, पार्टी–पर्व र खुसियालीमा निकै रुचाइएको यो परिकार स्न्याक्स तथा मेनकोर्स दुवैका रूपमा खान सकिन्छ ।
चिकेन टाइगर
आवश्यक सामग्री
एकजनाका लागि
कुखुराको मासु : २ सय ग्राम
तेल : २ सय मिलि
अदुवा/लसुन पेस्ट: १ ठूलो चम्चा
धूलो खुर्सानी : १ ठूलो चम्चा
कागतीको जुस : आधा चम्चा
भेंडे खुर्सानी, प्याज तथा हरियो खुर्सानी : १ सय ५० ग्राम
चप गरेको हरियो धनियाँ : एक ठूलो चम्चा
नुन : स्वादअनुसार
केचप : १ चम्चा
विधि
बोनलेस चिकेनलाई राम्ररी पखालेर ठूलो आकारमा टुक्रा पारेर काट्ने । एउटा सफा भाँडोमा यसलाई राखिसकेपछि अदुवा लसुनको पेस्ट, धूलो खुर्सानी, कागतीको जुसलगायत सम्पूर्ण सामग्रीसँगै स्वादअनुसार नुन मिलाएर राम्ररी मोल्ने । मज्जाले मसला मोलिइसकेपछि न्यूनतम ३ घण्टाका लागि मेरिनेट गर्न छाडिदिने । समय पुगेपछि कराहीमा तातिरहेको तेलमा फ्राई गर्ने । राम्ररी फ्राई भइसकेपछि गार्नेसिङका लागि भेंडे खुर्सानी, प्याज तथा हरियो खुर्सानी सते गरेर माथिबाट फ्राइड चिकेन हालेर राम्ररी चलाउने । चप गरेको हरियो धनियाँ राखिदिने, सँगसँगै केचप राखेर पुनः एकपटक चलाउँदा यसको स्वाद अझै बढ्छ । स्न्याक्सका रूपमा खान सकिने यो परिकार निकै स्वादिष्ट हुन्छ ।
संगम सिजापति (सेफ)
घले दाइको सेकुवा कर्नर सिनामंगल