Successfully Copied

थेन्दुक (स्याक्पा)

नेपालको उच्च हिमाली क्षेत्रमा विशेषगरी जाडोमा खाइने यो परिकार थेन्दुकमा टिम्मुर र पिसेको सुर्खानी मिसाएर खाएमा अझै यसको स्वाद द्विगुणा हुन्छ ।


सामग्री
मुला (सम्भवत: गान्टे मुला) : १० ग्राम
आलु : २० ग्राम
गाजर : १० ग्राम
मैदा/आटा : ४० ग्राम
अदुवा–लसुन : ५ ग्राम
गोलभेंडा : २.५ ग्राम
चाइनिज साग : २० ग्राम
नुन : स्वादअनुसार
अप्सनल : सोया सस र मासु
विधि
पिठोमा विस्तारै पानी हाली नरम आटा मुछ्ने । प्यानमा घिउ वा तेल राखेर प्याज, अदुवा र लसुन गोल्डेन फ्राई गर्ने । अब यसमा सबै तरकारी राखेर राम्ररी पकाउने । टमाटर हालेर झोल छुट्टिने बनाउने, नुन र अन्य मसला राखेर चलाउने । अब आवश्यकतानुसार पानी हालेर सुप तयार पार्ने । आटा बेलेर स–साना टुक्रा हुनेगरी सफा चक्कुले काट्ने र उम्लिरहेको सुपमा हालेर १० देखि १५ मिनेट पकाउने । अन्त्यमा साग राखेर १ मिनेट पुन: उमाल्ने । नेपालको उच्च हिमाली क्षेत्रमा विशेषगरी जाडोमा खाइने यो परिकारमा टिम्मुर र पिसेको सुर्खानी मिसाएर खाएमा अझै यसको स्वाद द्विगुणा हुन्छ । 

 Image