Successfully Copied

एयरपोर्ट होटलका रैथाने खाना

कोदोको पुवा


सामग्री
कोदोको पिठो : १ सय ग्राम
चिनी वा सख्खर : २ टेबलचम्चा वा स्वादअनुसार
दूध : १ कप (अथवा पानी)
घिउ : १ टेबलचम्चा
नुन : एक चिम्टी
फ्राई गर्नका लागि : तेल १ टेबलचम्चा
विधि
बाउलमा पिठो राखेर यसमा घिउ मिसाई मज्जाले पिठो माड्नुपर्छ । यसमा दूध वा पानी हालेर मध्यम बाक्लो घोल तयार पार्ने अथवा फुरफुराउँदा स–साना डल्ला बनाउने । अब फ्राई प्यानमा तेल र घिउ मिसाएर तताउने, चम्चाले घोल हालेर गोलो आकारमा फ्राई गर्ने र भुजिया जस्तै हुने गरी राम्ररी चलाउने । यसमा सख्खर र बाँकी मसला राख्ने । सुनौलो रङको हुन थालेपछि निकाल्ने । पौष्टिकताले भरिपूर्ण यो तात्तातो पुवा घिउ वा अचारसँग सर्भ गर्न सकिन्छ । बिहान–दिउँसोको खाजा वा पर्वका बेला खान सकिने यो परिकार विशेष पकवानका रूपमा नेपालीहरूमाझ प्रचलित छ । 


श्याम लामा, वाङ (कन्सल्टेन्ट मास्टर सेफ एयरपोर्ट होटल सिनामंगल)
सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष श्याम लामा होटल एसोसियसन नेपालका कन्सल्टेन्ट सेफ हुन्, उनीसँग ३५ वर्षभन्दा बढीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुकिङ अनुभव छ । उनी लेजेन्डरी सेफबाट सम्मानित व्यक्तित्व हुन् ।

 Image