हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन
गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ । हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् ।

खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ । यो परिकार स्न्याक्सका रूपमा खान सकिन्छ ।
सामग्री : तोरीको तेल, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, लसुन ।
विधि : सुरुमा खसीको आमाशयलाई राम्रोसँग पखाल्ने, त्यसलाई उल्टो बनाएर हल्का उसिन्ने । त्यसपछि बाक्लो तावामा तोरीको तेल तताउने । २ देखि ३ सय डिग्री तापक्रममा त्यसलाई सिंगै फ्राइ गर्ने । ८० प्रतिशत पाकिसकेपछि त्यसलाई निकाल्ने र टुक्रा पार्ने । अब फेरि टुक्रा पारेको मासुलाई फ्राइ गर्ने, त्यसमा हरियो खुर्सानी फुराउने, काटेको लसुन, जिरा र धनियाँको धूलो हाल्ने र डिप फ्राइ गर्ने ।
- दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर