सामग्री
चिकेन : २ सय ५० ग्राम
क्याप्सिकम : १ सय २० ग्राम
हरियो प्याज: २५ ग्राम
तेल: ३५ मिलि
चप लसुन: १५ ग्राम
पिनट: ४५ ग्राम
ओयस्टर सस: ५० ग्राम
सिंगो रातो खुर्सानी: १० ग्राम
नुन: १० ग्राम
मरिच: १० ग्राम
प्याज: ५० ग्राम
अण्डा ः एउटा
राइसका लागि
चामल: ५ सय ग्राम
टिमुर: ५ देखि ७ ग्राम
बटर: ४५ ग्राम
बनाउने विधि
कुङ पाउ चिकेन बनाउन माथि दिइएका सबै सामग्री सफा पानीले राम्ररी पखालेर आफूले चाहेको आकारमा काट्ने । पहिले चिकेनलाई नुन, मरिच, कर्नफ्लावर राखेर मज्जाले मोल्ने । केहीबेर रेस्ट गर्नका लागि छाडिदिने । त्यसपछि सफा प्यानमा तेल बसालेर मिडियम हिटमा मेरिनेटेड चिकेनलाई सफ्ट हुने गरी फ्राई गर्ने । अब उक्त फ्राइड चिकेनलाई चाइनिज पटमा तेल हालेर लसुन, हरियो प्याज चपका साथ अन्य मरमसला राखेर पकाउने । अन्त्यमा हरियो लसुन राखेर गार्निस गर्ने । राइस तयार पार्नका लागि चामललाई स्टिम गरेर बटरमा पकाउने । अन्त्यमा टिमुर पाउडरले फिनिसिङ गर्ने । अत्यन्तै स्वादिष्ट कुङ पाउ चिकेन विथ सेज्वान राइस मेन कोर्सका रूपमा खान सकिन्छ ।
वसन्त बलामी (सेफ, नेपाल कलेज अफ म्यानेजमेन्ट तथा होटल र्याडिसन)