Successfully Copied

ओरेन्ज चिकेन 

विधिः सबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने ।

रमेश श्रेष्ठ

सेफ, लिटल बुद्ध रेस्टुरेन्ट, नरसिंहचोक ठमेल 

मग्री :

बोनलेस चिकेन ब्रेस्ट : १५० ग्राम

ग्रिल्ड पोटेटो : १२० ग्राम

लङग्रिन बिन्स : ६० ग्राम

ओरेन्ज जुसः ७५ मिलिलिटर

गोलभेंडा : आधा 

सुकेका रोजमेरी पत्ता : सात वटा 

अदुवा–लसुन पेस्ट : पाँच ग्राम पिपर पाउडर र नुन स्वादअनुसार । 

विधिः

सबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने । सोही समयभित्र ओरेन्ज जुसमा रोजमेरी पत्ता, अलिकति अदुवा–लसुन पेस्ट, थोरै मरिचको धूलो र नुन राखेर बाक्लो नभएसम्म पकाउने । १५ मिनेटपछि चिकेन ब्रेस्ट निकालेर मन्द आँचको आगोमा ग्रिलरमा राम्रोसँग पाक्ने गरी ओलिभ ओयल राखेर ग्रिल्ड गर्ने । सँगै बिन्स र पोटेटोलाई पनि राम्ररी ग्रिल्ड गर्ने । पाकिसकेपछि प्लेटमा राखेर अघि तयार पारेको थिक ओरेन्ज जुस खन्याउने । ओरेन्ज स्लाइस र अर्गानिक सलादले ड्रेसिङ गरी सर्भ गर्ने । स्वदेशी–विदेशी दुवैले मन पराउने यो स्वादिष्ट परिकार मेन कोर्सका रूपमा खान सकिन्छ । 

एभोकाडो वालनट सलाद

सामग्री :

अर्गानिक साग (लेट्युस लिफ) : १५० ग्राम

छोडाएको ओखरको गुदी : ५० ग्राम मिक्स फ्रुट्स (किबी, ड्रागन फ्रुट्स, स्याउ, खरबुजा पाँच–पाँच स्लाइस) एभोकाडो : १५० ग्राम

ड्रेसिङका लागि : एक्स्ट्रा भर्जिन ओलिभ ओयल ३० मिलिलिटर, बालमिक भिनेगर ६० मिलिलिटर, लेमन जुस १० मिलिलिटर, पिपर पाउडर र नुन स्वादअनुसार । 

विधिः

भेजिटेबल र फ्रुट्सलाई आयोडिन पानीमा १० देखि १५ मिनेट डुबाएर राख्ने । त्यसपछि त्यही पानीले राम्ररी पखालेर बाउलमा राख्ने माथिबाट अघि ड्रेसिङका लागि तयार पारेका सम्पूर्ण सामग्री राखेर राम्ररी मोल्ने । मोलिएको सामग्रीलाई तल राखी माथिबाट एभोकाडो, ड्रागन फ्रुट्स, खरबुजा र स्याउको स्लाइसले डेकोरेट गर्दै जाने । साइडमा ब्रेड राखी सर्भ गर्ने । गर्मीका लागि निकै स्वास्थ्यबर्द्धक र हल्का यो सलाद एपाटाइजरका रूपमा खान सकिन्छ ।

 

तोफु पनीर स्टिक 

सामग्री :

पनीर : ७५ ग्राम

तोफु : ७५ ग्राम

मह : ५० मिलिलिटर 

अदुवा–लसुन पेस्ट : पाँच ग्राम

मस्टर्ड पेस्ट : पाँच ग्राम

पिपर पाउडर र नुन स्वादअनुसार । 

म्यास पोटेटोका लागि : आलु दुई सय ग्राम 

साइड डेकोरेसनका लागि : गाजर, काउली, ब्रोकाउली, हरियो फर्सी, सिमी, बेबी कर्न  दुई–दुईपिस 

लेमन स्लाइस : चार वटा

सानो गोलभेंडा : दुईवटा 

विधिः

तोफु र पनीरलाई नुन, मरिचको धूलो, अदुवा–लसुनको पेस्ट, मस्टर्ड पेस्ट हालेर मेरिनेट गर्ने र १५ मिनेट रेस्टका लागि छोडिदिने । समय भएपछि ग्रिलरमा ओलिभ ओयल हालेर छदेखि आठ मिनेटसम्म ग्रिल्ड गर्ने सँगसँगै माथि उल्लेख गरिएका सम्पूर्ण भेजिटेबललाई पनि पाँच मिनेटजति ग्रिल्ड गर्ने । उसिनेको आलुलाई बोक्रा छोडाएर म्यास मेसिनमा हाल्ने, त्यसमा बटर मिसाएर राम्ररी म्यास गर्ने । यसलाई प्लेटमा राखी साइडमा मिक्स भेज र म्यास पोटेटो राखेर सर्भ गर्ने । मेन कोर्सका लागि उपयुक्त यो खाना स्वास्थ्यबर्द्धक हुनुका साथै स्वादिष्ट पनि छ । भेजिटेरियनहरूले निकै मन पराउने यो तोफु पनीर स्टिक कम ओयली हुनुका साथै कम स्पाइसी छ । 

 

राज खनाल 

सञ्चालक, लिटल बुद्ध रेस्टुरेन्ट, नरसिंहचोक ठमेल

नेपालीहरूमा विदेशी खानाको माग बढ्नुको कारण के होला ?

मानिसहरू फरक स्वाद चाहन्छन् । सधै एकै प्रकारको खानासँग दिक्क भएकाहरूस्वाद परिवर्तनका लागि विदेशी खानातर्फ ढल्किएका छन् । त्यति मात्र होइन हाम्रो नेपाली दाल–भातको तुलनामा विदेशी खाना हल्का, कम तैलीय र मसालेदार हुने भएकाले स्वास्थ्यका हिसाबले पनि मानिसहरू त्यसतर्फ आकर्षित भएका हुन् । 

विदेशीहरू नेपाली खाना कत्तिको मन पराउँछन् ?

विदेशीहरू खानेकुरा हाइजिनमा बढी केन्द्रित हुन्छन् । नेपाली खानालाई पनि थोरै परिमार्जित गरी कम पिरो, चिल्लो बनाएर सरसफाइका साथ सर्भ गर्न सकियो भने उनीहरू नेपाली खाना इन्जोय गर्छन् । 

नेपाली खानपानको प्रवर्द्धनका लागि के आवश्यक देख्नुहुन्छ ?

हाम्रो रेस्टुरेन्टमा आउने ७० प्रतिशत ग्राहक विदेशी छन् । हामीकहाँ नेपाली खाना खाएर आफ्नो देश फर्किइसकेपछि कतिले रेसिपीका लागि सम्पर्क गर्छन् भने कतिपयले उताबाट नेपाल घुम्न आउनेहरूलाई नेपाली परिकार खान सुझाउँछन् र उतैबाट बुकिङ गर्छन् । त्यति मात्रै नभएर हामीले सामाजिक सञ्जालमार्फत नेपाली मौलिक खानाको प्रचार–प्रसार गरिरहेका छौं । जसमा विदेशी भिजिटरको संख्या धेरै छ । यसका लागि हाम्रो तहबाट मात्रै नभएर सरकार र राज्यले पनि पहल गर्नुपर्छ । 

रेस्टुरेन्ट व्यवसायमा ग्राहक सन्तुष्टिको सूत्र के हो ?

खानाको गुणस्तर, मात्रा, सरसफाइ, स्वाद अनि सुलभ मूल्यमा सफा र मीठा परिकार नै ग्राहक सन्तुष्टिका मूल सूत्र हुन् ।

 Image