भारतको प्रमुख एफएमसीजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धममपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ ले आफ्ना उत्पादन अब नेपाली बजारमा पनि विस्तार गरेको छ । ‘क्याच स्पाइसेस’ ले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य सहित नेपाली स्वादलाइ थप मौलिक र मजबुत बनाउने उद्देश्य समेत लिएको छ ।
आफ्ना उत्पादन मार्फत नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाइ जिवित राख्ने उद्धेश्यका साथ यसे आफ्ना विविधतायुक्त मरमसलालाई नेपाल भित्र्याएको हो । क्यास मसला अन्तर्गत स्टे«ट मसाला, विविध मिश्रित मसाला, पेस्ट तथा साबुत मसाला समावेश छन् । क्याचले अत्याधुनिक लो टेम्प्रेचर ग्रिन्डिङ प्रविधिको प्रयोग गर्ने गर्दछ, जसले मसालाको प्राकृतिक वास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्छ । काठमाडौं उपत्यकाभित्रका मोर्डन सुपरमार्केट, मिनि मार्केट, नेपाली सेनाका क्यान्टिन, मोर्डन टे«डस्टोर, विभिन्न रेष्टुरेन्ट–क्याफेहरु, खुद्रा स्टोरहरु लगायत मा उपलब्ध भइसकेको यस मसला अब मुलुकका विविध शहरमा विस्तार गर्ने योजना रहेको छ ।
डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड सन्दिप घोषले आफुहरु नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउंदा अत्यन्त उत्साहित भएको बताए । उनका अनुसार क्याचका मसला स्वाद, सुगन्ध र रंगका हिसावले उच्च गुणस्तरीय र सुलभ छन । नेपालमा आफ्नो उपश्थितीलाइ थप मजबुत बनाउन क्याच स्पाइसेसले ख्यातिप्राप्त मास्टर सेफ सन्तोष शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको पनि घोषले जानकारी दिए । यसै अवसर सेफ शाह भन्छन, ‘एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो प्रभाव पार्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । क्याच मसला नेपाल भित्रिनु अत्यन्तै सकारात्मक कुरा हो । यसका मौलिक स्वादसहितको र गुणस्तरीय उत्पादनले नेपाली घर र रेष्टुरेन्टमा छुट्टै स्थान बनाउनेछ ।’
क्याच ब्रान्ड ः
क्याच ब्रान्डलाई डीएस ग्रुपले सन् १९८७ मा भारतमा पहिलो पटक टेबल–टप साल्ट स्प्रिंकलरको परिचयात्मक आविश्कार सहित सुरु गरेको थियो । त्यसयता क्याचले आएना उत्पादनहरू विस्तारै पकवानको सम्पूर्ण सार समेट्ने ब्रान्डको रूपमा परिचय बनाएको छ । नौं श्रेणीमा बांडिएका १२५ भन्दा बढी भेरियन्ट्स र ३०० भन्दा धेरै स्टक किपिङ युनिट (यसकेयु) क्याच आजको दिनमा इनोभेटिभ उत्पादन र उच्च गुणस्तरीय मापदण्डका लागि व्यापक रूपमा प्रख्यात र लोकप्रिय ब्राण्ड बनेको छ । डीएस (धर्मपाल सत्यपाल ) गु्रप भारतको एक प्रमुख एफएमसीजी समुह तथा मल्टी बिजनेस कर्पोरेसन हो । सन् १९२९ मा सथापना भएको यो समुह फुड एण्ड वेभरेज, कन्फेक्सनरी, माउथ फ्रेसनर, हस्पिटालिटी, एग्रीकल्चर, लक्जरी रिटेल व्यावसाय, क्याच, पल्स, पासपास, रजनीगन्धा, ओभिनो, सिल्भर पल्स, गोलमोल लगायतका व्यापक र विविधतायुक्त ब्राण्डहरु उत्पादन गर्दै आएको छ ।