Successfully Copied

अन्तर्राष्ट्रिय सहकार्यसहित प्राइम इन्टरनेसनल फेसन इन्स्टिट्युट सञ्चालनमा

फेसन शिक्षालाई सिर्जनात्मकतासँगै डिजाइन, उत्पादन र बजारको वास्तविक अभ्याससँग जोड्नुपर्ने संस्थापक धाख्वाले बताए । पिफीमार्फत युवाले फेसन शिक्षा र व्यावहारिक अभ्यास हासिल गर्दै फेसन उद्योगमा आफ्नो पहिचान निर्माण गर्न सक्ने उनको भनाइ छ।


 नेपालमा अन्तर्राष्ट्रिय स्तरको फेसन शिक्षा प्रदान गर्ने उद्देश्यले ‘प्राइम इन्टरनेसनल फेसन इन्स्टिट्युट’ (पिफी) सञ्चालनमा आएको छ। काठमाडौाको हात्तीसारस्थित युएसएम कम्प्लेक्समा इन्स्टिट्युटको कक्षा औपचारिक रूपमा सुरु गरिएको हो।
फेसन डिजाइनर तथा इन्स्टिट्युटका संस्थापक एवं कार्यकारी अध्यक्ष राजेश धाख्वाको २८ वर्षभन्दा लामो व्यावसायिक अनुभव र प्राइम कलेजको २५ वर्षभन्दा बढीको शैक्षिक अनुभवलाई समेटेर इन्स्टिट्युट स्थापना गरिएको हो। इन्स्टिट्युटले व्यावहारिक तथा उद्योगमुखी फेसन शिक्षा प्रदान गर्दै विद्यार्थीलाई रोजगारी र उद्यमशीलताका अवसरसाग जोड्ने लक्ष्य लिएको छ।
इन्स्टिट्युटमा तीन महिनाको प्रारम्भिक अध्ययन पूरा गरेपछि विद्यार्थीले थाइल्यान्डको बैंककस्थित ‘बुन्का फेसन स्कुल’मा थप अध्ययन गर्ने अवसर पाउने व्यवस्था गरिएको जनाइएको छ। धाख्वा बुन्का फेसन स्कुलका लागि नेपालका आधिकारिक प्रतिनिधि तथा कार्यक्रम संयोजकसमेत हुन ।

इन्स्टिट्युटका अनुसार बैंककस्थित बुन्का फेसन स्कुल सन् १९२३ मा जापानमा स्थापना भएको बुन्का फेसन कलेजसाग सम्बन्धित दक्षिणपूर्वी एसियाको पहिलो ‘चेन फेसन स्कुल’ हो।



फेसन शिक्षालाई सिर्जनात्मकतासँगै डिजाइन, उत्पादन र बजारको वास्तविक अभ्याससँग जोड्नुपर्ने संस्थापक धाख्वाले बताए । पिफीमार्फत युवाले फेसन शिक्षा र व्यावहारिक अभ्यास हासिल गर्दै फेसन उद्योगमा आफ्नो पहिचान निर्माण गर्न सक्ने उनको भनाइ छ।
नेपालमा अन्तर्राष्ट्रिय संस्थासागको सहकार्यमा सञ्चालन भएको यस पहलले नेपाली फेसन शिक्षा र उद्योगलाई अन्तर्राष्ट्रिय सञ्जालसाग जोड्नुका साथै विद्यार्थीलाई विश्वस्तरीय अवसरसाग परिचित गराउने अपेक्षा गरिएको छ।

 Image