कीर्तिमानी पूर्णिमा
एकै सिजनमा तेस्रोपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ काठमाडौं फर्केकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
काठमाडौंको ठमेलमा प्राइड परेड आयोजना गरिएको छ । गाईजात्राको अवसरमा नेपाल ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा २१ औं प्राइड परेडको आयोजना गरिएको हो ।‘संस्कृति मनाऔं, लैंगिक विविधतालाई अँगालौं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
तस्बिरहरुः महेशमान प्रधान