मेष
समस्याको समाधान हुनेछ । कुनै कारणले रोकिएका कामहरू पूरा हुन थाल्नेछन् । मनमा भएको बोझ हट्नेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । माइती एवं मावली पक्षबाट अपेक्षित सहयोग पाइएला । कसैकसैका लागि यो महिनामा विवाहको योग पनि छ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । सबै काममा सोचेझैं सफलता मिल्दै जाला । आपूm असम्बद्ध कामकुरामा चासो नदिनु नै लाभप्रद रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ ।
वृष
विविध कुराले गर्दा व्यस्त रहनुपर्ला । अत्यावश्यक कुराहरूको किनमेल हुनेछ । कुनै मा¨लिक काममा सहभागी हुनुपर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ । सकेसम्म कसैको भर नपरी आपैmले आफ्नो काम गर्नु उचित हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै काममा लगानी गर्दा राम्ररी सोचविचार गर्नुपर्नेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्छ । स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने बेला छ । कुनै पनि कुरामा बढी नहतारिई चल्न सके उत्तम रहनेछ ।
मिथुन
विभिन्न कुराले गर्दा मनमा कुरा खेल्न सक्छन् । रोकिएका कामहरू अघि बढ्दै जानेछन् । सकेसम्म आफ्नै सुझबुझले सबै काम सल्टाउने प्रयास हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तानबाट कुनै राम्रो समाचार सुन्न पाइएला । व्यावसायिक क्षेत्रमा धनलाभ हुनेछ । कुनै प्रतियोगितात्मक काममा सफलता मिल्नेछ । कुनै कुरालाई लिएर दम्पतीमा वैचारिक मतभेद हुनसक्छ । एक–अर्काको कुरालाई राम्ररी बुझ्नसके दुवैमा राम्रो समझदारी रहनेछ । घरायसी कामका लागि केही खर्च हुनसक्छ । कसैकसैको घरमा नया“ सदस्यको आगमन हुनसक्छ । प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् ।
कर्कट
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै नयाँ काम गर्ने मौका मिल्नसक्छ । विविध कुराले गर्दा व्यस्त रहनुपर्नेछ । कुनै पनि नयाँ काम गर्दा राम्ररी सोचविचार गर्नुपर्ला । पारिवारिक स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । पेटका बिरामीले पनि आफ्नो रहनसहनमा ध्यान दिनुपर्नेछ । झिनामसिना कुराबाट तर्किनसके अनपेक्षित टाउको र आँखा दुखाइबाट बच्न सकिनेछ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । बेलामौका विचारेर एक–अर्काको कुरा बुझ्नसके सबै समस्याको समाधान हुनेछ । के–कसरी काम गर्दा राम्रो हुन्छ भन्ने कुरा विचार गरी काम गर्नसके सबै समस्याको समाधान हुनेछ ।
सिंह
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने अवसर मिल्नसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर चङ्गा रहनेछ । स्वास्थ्यस्थिति राम्रो हुँदा सबै काम गर्न मन अग्रसर रहनेछ । यो महिनामा कसैकसैको प्रेमसम्बन्धले विवाहको मूर्तरूप लिनसक्छ । प्रायः सबै कुराहरू आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । विविध कामको तयारीमा कहिलेकाहीँ भ्याइनभ्याइ हुनसक्छ । राम्रो गर्दागर्दै पनि यदाकदा अनावश्यक भनाइ खानुपर्ला । काम गर्दा खुरापाती सोच भएका व्यक्तिहरूसित सक्दो तर्कने प्रयास गर्नुपर्नेछ ।
कन्या
विविध कामकुराले गर्दा यो महिना व्यस्त रहनुपर्ला । के कुरा कत्तिको उपयुक्त छ भनी बुझेर चल्नसके आफैंलाई सहज हुनेछ । इष्टमित्र र आफन्तसित कतै रमाइलो जमघट हुनसक्छ । मित्रहरूसित पनि रमाइलो समय यापन गर्ने अवसर मिल्नेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । छोराछोरीको कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । समयको ख्याल गरी चल्नसके राम्रो समझदारी कायम रहनसक्छ । मनमा भएको कुरालाई राम्ररी व्यक्त गर्नसके मन हलुको रहला । कसैकसैको घरमा सन्तान लाभ हुनेछ भने कसैकसैको घरमा पारिवारिक मिलन हुनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । समग्रमा महिना राम्रै रहनेछ ।
तुला
आर्थिक एवं व्यावसायिक क्षेत्र सफल रहनेछ । कतैबाट लिन बाँकी रहेको रकम फिर्ता मिल्नसक्छ । प्रिय एवं आत्मीयजनसित भेटघाट गर्ने मौका मिल्नसक्छ । साथीहरूसित कतै रमाइलो भेटघाट हुनसक्छ । समयलाई आपूm अनुकूल चलाउन खोजिनेछ । नयाँ–नयाँ कुरामा मन रमाउन खोज्नेछ । काम गर्ने जा“गर बढ्नेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । विविध कुराको जिम्मेवारीले गर्दा टाउको दुख्न सक्छ । समयानुसार कामको बाँडफाँड गर्नु उचित हुनेछ । आफैंले आफ्नो सहजता विचारेर अघि बढ्नुपर्ने बेला छ । बेलामौका विचारेर उपयुक्त समयमा कुरा गर्न सके दाम्पत्य जीवनमा मधुरता थपिनेछ ।
वृश्चिक
मनमा भएको बोझ हटेर जानेछ । तनमा जाँगर बढ्नुका साथै मन पनि उत्साहित रहनेछ । कुनै कामको राम्रो सम्पन्नताले मन खुसी हुनेछ । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना छ । कसैकसैको यो महिना बसाइ सराइ हुनसक्छ । आर्थिक पक्ष सबल रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैबाट आपूm सम्बन्धित क्षेत्रमा मानसम्मान मिल्नसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कसैकसैको यो महिनामा विवाह हुनसक्छ । प्रायःजसो सबै काम सम्पन्न हुनेछन् । कुनै प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नेछ । रिस गर्नेहरू पनि तर्किन थाल्नेछन् ।
धनु
कुनै कुराले अनपेक्षित रूपमा सताउनसक्छ । सकेसम्म सकारात्मक सोचमा रही काम गर्नु अत्यावश्यक देखिन्छ । जतासुकै जा“दा आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ला । सबैसित मनको कुरा नगर्नुहोला । कुनै कुराले परिवारमा खुसी प्रदान गर्ला । विभिन्न कुराले तपाईंलाई रमाउने मौका प्रदान गर्नेछन् । झिनामसिना कुराबाट तर्र्किनसके आपूmले आपैmलाई समय दिन सकिनेछ । आर्थिक क्रियाकलापको क्षेत्र सुदृढ रहनेछ । अरूको लहैलहैमा लाग्दा अनावश्यक खर्च हुनसक्छ । कुनै वैवाहिक समारोहमा सहभागी हुनुपर्नेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ ।
मकर
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । व्यक्तिगत कामकाजका लागि विभिन्न कुराको किनमेल हुनेछ । पारिवारिक सुख मिल्नेछ । सबैतिरबाट तपाईंलाई सक्दो सहयोग गर्ने प्रयत्न हुनेछ । कहिलेकाहीँ सहयोगी हातहरू पछि हट्नसक्छन् तसर्थ कसैमाथि बढी भर नपरेकै उत्तम रहला । मनपर्दो कामकुरामा आपूmलाई अनुबन्धित गर्ने अवसर मिल्ला । दाम्पत्य जीवन सुमधुर रहनेछ । जोडीबाट हरेक काममा भनेजस्तो साथ र सहयोग मिल्नेछ । विविध कामकुराले गर्दा केही व्यस्त रहनुपर्नेछ । समयको विचार गरी चल्नसके आपैmलाई सहज हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कसैको कुनै पनि कुरामा पूर्णतया ढुक्क नभई बेलाबेलामा निगरानी भने गरिरहनुपर्नेछ ।
कुम्भ
संघर्षपूर्ण महिना छ । काम गर्दा विभिन्न खालका समस्या आइलाग्नसक्छन् । कसैबाट भनेजस्तो साथ नमिल्नसक्छ । आफ्नै सुझबुझले काम गर्नु उत्तम रहला । काम गर्दा अनपेक्षित अपजस पाइन सक्छ । प्रतिक्रियाहीन भई मौन र तटस्थ बस्नु राम्रो रहनेछ । आपूmले आपैmलाई समय दिनुपर्ने छ । राम्रो सोचले गरेका सबै कामकुरा सफल हुँदै जानेछन् । खुरापाती प्रवृत्तिका व्यक्तिबाट तर्किएर अघि बढ्नुपर्ने बेला छ । विविध कामकुराको व्यस्तताले टाउको दुखाउनसक्छ । सकेसम्म समयावस्था विचारेर प्राथमिकतामा ध्यान द्ँिदै आपूmलाई पनि समय छुट्याउनु लाभप्रद रहनेछ । दाम्पत्य जीवनमा पनि कसैको कुरामा भर नपरी एक–अर्काको कुरा सुन्न र बुझ्न सके राम्रो सम्बन्ध स्थापित हुनसक्छ ।
मीन
घरगृहस्थीमा रमाइलोसित दिनहरू बित्नेछन् । मनमा भएको कुरालाई बाहिर ल्याउन पाउँदा मन खुसी हुनेछ । तनमन दुवै स्वस्थ रहँदा सबै काम गर्न मनले सहज ठान्नेछ । कुनै धार्मिक एवं माङ्गलिक काममा सहभागी हुने मौका मिल्नसक्छ । कसैकसैलाई वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर मिल्ला । कतैको रमाइलो घुमघाम हुनसक्छ । समयलाई आपूm अनुकूल चलाउन खोजिनेछ । प्रायः सबै कामकुरा तपाईंकै आवश्यकता विचारेर गरिनेछन् । मित्रवर्गबाट अपेक्षित सहयोग पाइएला । कसैकसैको यो महिनामा नयाँ सवारीसाधन जोर्ने सम्भावना छ । आर्थिक एवं व्यावसायिक दुवै क्षेत्र सुदृढ रहनेछन् । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग मिल्नेछ ।