Successfully Copied


मेष
विभिन्न कुरामा व्यस्त रहनुपर्नेछ । सन्तानप्रतिको उत्तरदायित्व बहन गर्दा कतिपय कुरामा सम्झौता गर्नुपर्ला । व्यावसायिक क्षेत्र आफू अनुकूल नै रहनेछ । दाम्पत्य जीवनमा समझदारी हुँदाहुँदै पनि बेलाबेलामा मतभेद हुनसक्छ । बेलामौका विचारी आफूलाई समयानुसार सहज बनाउन खोजिनेछ । कहिलेकाहीँ अनपेक्षित कुराले यत्तिकै बाधा आइलाग्नसक्छ । सकारात्मक र शान्त भई चल्नसकेमा धेरै कुरामा सहजता हुनेछ । नियमित व्यायाम र खानपानमा लापरबाही नगरेकै राम्रो हुनेछ । जस्तोसुकै काम आए पनि सकेसम्म आफ्नो दैनिकीअनुसार चल्दा मन शान्त रहला ।


वृष
व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । कुनै पनि कुरा गर्नु र बोल्नुअघि निकै विचार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ आफ्नै सुझबुझले काम गर्नुपर्ला । आत्मीयजनसित भेटघाट गर्ने मौका जुट्नेछ । दिदीबहिनीसित रमाइलो समय बित्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । कुनै प्रतियोगितात्मक कार्यमा सहभागी हुने मौका मिल्नेछ । साथीहरूसित घुमघाम गर्ने सम्भावना पनि छ । स–साना कुराले पनि अनाहकमा अल्मलाउनसक्छन् । प्राथमिकता विचारी समसामयिक रहन सकेमा तनाव स्वतः हटेर जानेछ ।


मिथुन
मनमा भएको बोझ घट्नेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्ने योग छ । कुनै नयाँ काम गर्ने मौका मिल्नेछ । कसैकसैलाई नवीन रोजगारीको सम्भावना छ भने कसैको बढुवा हुनसक्छ । प्रायः सबै काम आफ्नै इच्छानुसार सम्पन्न हुनेछन् । केही समय माइतमा गएर बस्ने मौका मिल्नसक्छ । नयाँ एवं पुराना मित्रसित भेट्ने अवसर मिल्नसक्छ । आफ्नो योग्यतालाई उजागर गर्ने विशेष मौका पाइएला । मनमा भएको आत्मविश्वासले प्रायः सबै काममा अपेक्षितरूपमा सफल भइनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । आफ्नो इच्छानुरूप सरसामानको किनमेल गरिनेछ ।


कर्कट
आफ्नो साथै पारिवारिक हित विचार्दै काम गर्न खोजिनेछ । योजनानुसार काम फलीभूत बन्दै जानेछन् । बेलाबेलामा स–साना कुराले पनि काममा बाधा हुनसक्छ । सकेसम्म आफ्नै सुझबुझले काम सक्न लागिपरिनेछ । सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछन् । विभिन्न कुरामा खर्च भएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग मिल्नेछ । नवीनवस्त्रप्राप्तिको योग छ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । बेलाबेलामा टाउको एवं आँखा दुख्ने समस्या आइलाग्नसक्छन् । कतै जाँदा वा किनमेल गर्दा सरसामानको ख्याल गर्नुपर्ने बेला छ ।


सिंह
व्यस्त महिना रहेको छ । कहिले कता त कहिले कता हिँडिराख्नुपर्नेछ । कसैकसैलाई काम वा पढाइको सिलसिलामा विदेश यात्रा गर्नुपर्ला । विभिन्न कामकुराकालागि किनमेलमा व्यस्त रहनुपर्नेछ । व्यक्तिगत काम र खुसीकालागि पनि केही खर्च गरिनेछ । परिवारबाट अपेक्षित साथ र सहयोग पाइनेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । कुनै कार्यक्रममा कुनै कामको जिम्मेवारी निर्वाह गर्नुपर्ला । इच्छानुसार समय व्यवस्थापन गर्दै आफूखुसी हुने प्रयत्न गरिनेछ । प्रायः सबै काम तपाईंकै निगरानीमा सम्पन्न हुनेछन् । स्वास्थ्य र खानपानका मामिलामा पनि विशेष ख्याल गर्नुपर्ने बेला छ ।


कन्या
विभिन्न काममा संलग्न रहनुपर्नेछ । सदाचार र सकारात्मक सोचले काम गर्दा सबै कुरामासफलता मिल्नेछ । एक–अर्काको भावनाबुझी चल्नसके दाम्पत्य जीवनमा अपेक्षित साथ र समझदारी कायम रहनेछ । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका मिल्नेछ । कुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । कुनै खास कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्य र खानपानमा सजग रही काम गर्नु उचित हुनेछ । व्यक्तिगत खुसीको ख्याल गर्दै आफ्ना इच्छानुसारका क्रियाकलापकालागि केही समय छुट्याइनेछ ।


तुला
आफ्नो इच्छानुसारका काममा आफूलाई संलग्न गराउन पाउँदा मन खुसी रहनेछ । प्रायः सबै कामकुरा आफ्नै योजना र निगरानीमा सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा घुमघाम गर्ने मौका जुट्नसक्छ । मनपर्दो खानपान, पहिरन र मनोरञ्जनका क्रियाकलापमा मन आकृष्ट रहनेछ । कसैका कुरामा वास्ता नगरी आफूलाई आफ्नै दुनियाँमा भुलाउन खोजिनेछ । धार्मिक क्रियाकलापका काममा पनि मन तानिनेछ । कतै रोकिएको वा सापटी दिएको रकम हात लाग्नेछ । मन तनावमुक्त रहँदा फुर्ती बढ्नेछ । आत्मीयजन एवं मित्रवर्गसित भेटेर रमाइलो गर्ने मौका जुट्नेछ ।


वृश्चिक
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । रोकिएका कामहरूले पनि गति लिन थाल्नेछन् । कुनै विशेष काममा सफलता हात लाग्नेछ । इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । आफूलाई चाहिने अत्यावश्यक सामग्रीको जोहो हुनेछ । मनपर्दो क्रियाकलापमा आफूलाई समाहित गर्न खोजिनेछ । माइती एवं मावलीपक्षसित रमाइलो भेटघाट हुनेछ । सबैतिरबाट तपाईंका काममा सक्दो सहयोग मिल्नेछ । विद्यार्थी एवं युवावर्गका लागि पनि समय आफू अनुकूल रहनेछ । दाम्पत्य सम्बन्धमा अपेक्षित माया र समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ ।


धनु
कुनै खास काममा सफलता मिल्नेछ । कुनै कारणले रोकिएको कामले पनि गति लिन थाल्नेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष पाइनेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक समस्या आइलाग्नसक्छ । सकेसम्म आफ्नै सुझबुझले सबै कामलाई बेलैमा सक्ने प्रयास गरिनेछ । आर्थिक लेनदेनको काम गर्दा सजग रहनुपर्ने बेला छ । बेलाबेला मनले दोधारको सामना गर्नुपरेपनि सकारात्मक सोचले सही दिशामा लाग्न प्रेरित गर्नेछ । कुनै पनि कुरामा बोल्नु र प्रतिक्रिया दिनुअघि राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । हचुवाका भरमा कुनै पनि काम नगरेकै उचित हुनेछ । दैनिक खानपान, स्वास्थ्य र व्यायामप्रति सजग रहँदै आफूखुसी रहने प्रयत्न गर्नुपर्नेछ ।


मकर
बेला–बेलामा विभिन्न कुराले व्यस्त बनाए पनि समयानुसार सबै कुरा मिलाउँदै गइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दिदीबहिनी एवं माइतीपक्षसित रमाइलो समय बिताउने मौका मिल्नेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष पाइनेछ । कसैकसैको घर किनबेच गर्ने सम्भावना पनि रहेको छ । घुमघाम गर्ने सिलसिलामासानोतिनो यात्रा हुनसक्छ । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना पनि छ । धार्मिक क्रियाकलापतर्फ मन आकृष्ट हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । कुनै कुरामा आर्थिक लाभ हुनसक्छ ।


कुम्भ
यात्रा गर्ने योग रहेको छ । पेटका बिरामीले जता जाँदा पनि आफ्नो स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने हुन्छ । महिनाको पूर्वार्द्धको समय निकै फलदायी हुनेछ । प्रायः सबै काम तपाईं अनुकूल नै सम्पन्न हुनेछन् । सबैले तपाईंको अनुकूलता विचारी काम गर्ने प्रयास गर्नेछन् । उत्तरार्द्धको समयले तपाईंलाई केही व्यस्त बनाउनेछ । केही कुराको जिम्मेवारीले हल्का तनाव हुनसक्छ । समयानुकूल रहँदै आफ्नो सहजता विचार्दै आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । माइतीपक्षबाट अपेक्षित सहयोग एवं सद्भाव पाइनेछ । तपार्इंको विनम्रतालेसबैतिरबाट भनेजस्तै सहयोग पाइनेछ ।


मीन
कुनै कुरालाई लिएर पारिवारिक छलफल हुनेछ । विभिन्न सुझबुझका साथै मनले कुनै निर्णय गर्नेछ । आफ्नो सहजता विचारी काम गर्न खोजिनेछ । दाम्पत्य जीवनमा बेलाबेलामा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया र सम्मान भने यथावतै हुनेछ । आफूलाई आफ्नै संसारमा रमाउन मन लाग्नेछ । मनमा जतिसुकै तनाव भएपनि समयानुसार त्यसको व्यवस्थापन गर्दै प्रसन्न हुन प्रयत्नशील भइनेछ । समयसँगै द्विविधा हटेर जानेछन् । प्रायः सबै कुरा आफूअनुरूप भए पनि कुनै कुरामा चित्त बुझाउनैपर्ने हुन्छ । बेलामौका विचारेर मात्र आफ्नो राय वा प्रतिक्रिया दिँदा उचित हुनेछ । 

 Image