मेष
यात्रा गर्ने योग छ । पारिवारिक वातावरण सुखमय रहनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ रोजगारीको सम्भावना छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । विविध सरसामानको जोहो हुनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । यो महिनामा कसैकसैलाई सन्तान लाभ हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । कुनै कुराले मनमा प्रसन्नता बढाउनेछ । मनको चाहना पूरा हुँदा खुसी छाउने छ ।
वृष
सकारात्मक विचारधाराले गरेका सबै काममा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै खास कुराको जोहो हुनसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार कुनै सामानको किनमेल हुनसक्छ । कुनै जमघटमा सहभागी हुनु पर्नेछ । पारिवारिक सुख र सहयोग मिल्नेछ । विविध कुराले गर्दा मनले रमाउने मौका मिल्नेछ । नवविवाहिताहरूलाई पनि सबैतिरबाट राम्रो सद्भाव मिल्नेछ । कसैको नकारात्मक कुरालाई बेवास्ता गर्न सकेमा मन शान्त रहनेछ ।
मिथुन
कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ रोजगारीको सम्भावना पनि छ । समयले भनेजस्तो साथ दिँदै जानेछ । सोचेअनुसार सबै कुरामा सफल हुँदै जानेछन् । कसैकसैको भने कतै पारिवारिक घुमघाम हुनसक्छ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । मनमा भएको चिन्ता हट्दा मन खुसी र उत्साहित हुनेछ । माइतीपक्षसित भेटघाट हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । पारिवारिक खुसी र सद्भाव बढ्नेछ । कसैकसैको कुनै कामविशेषले केही समय माइतीमै बसोबास हुनसक्छ । आनो कार्यक्षेत्रबाट राम्रो सद््भाव मिल्नेछ । व्यापारिक क्षेत्रमा प्रगति हुनेछ । सन्तानबाट अपेक्षित सुख र सन्तोष प्राप्त हुनेछ ।
कर्कट
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएको भ्रम हटेर जानेछ । क्रमश: रोकिएका कामहरू पनि सफलतातर्फ उन्मुख हुँदै जानेछन् । महिनाको पूर्वाद्र्ध आर्थिक लगानीका लागि त्यति राम्रो नभए पनि उत्तराद्र्ध भने राम्रो रहनेछ । महिनाको पूर्वाद्र्धमा नवौं बुधले गर्दा काममा अनपेक्षित बाधा आइलाग्न सक्ने भएकाले कुनै पनि काम गर्दा होसियार रहनुपर्ने अवस्था छ । विशेषत: आर्थिक क्रियाकलापका काममा सजग रहनुपर्नेछ । महिनाको उत्तराद्र्ध भने राम्रै रहनेछ । माइतीपक्षबाट अपेक्षित साथ र सहयोग मिल्नेछ । सम्भवत: कसैको विवाह हुनसक्छ । कसैकसैको कतै फसेको पैसा यो महिनामा उठ्नसक्छ । साथीहरूसित कतै जमघट हुनसक्छ ।
सिंह
कुनै विशेष काममा सफलता मिल्नेछ । न्यायिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै धार्मिक एवं माङ्गलिक काममा सहभागी हुनुपर्नेछ । पारिवारिक सदस्यसित भेटघाट हुनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कसैकसैको लगनगाँठो कसिने सम्भावना छ । विभिन्न कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । आर्थिक लगानीको काम गर्दा भने सजग रहनुपर्ने बेला छ । महिनाको उत्तराद्र्धमा कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छन्, आफ्नै सुझबुझले काम गर्नुपर्ने आवश्यकता छ । कसैको कुरामा आँखा चिम्लेर विश्वास गर्नुहुँदैन ।
कन्या
पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैको छोटो घुमघाम हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट लिन बाँकी रहेको रकम उठ्नेछ । घरायसी कामकाजमा व्यस्त भइनेछ । कुनै कुराले मनमा दोमन उत्पन्न भए पनि सकारात्मक सोचमा रहँदा सबै कुरामा सहजता हुनेछ । कामविशेषले विभिन्न व्यक्तित्वसित भेटघाट हुनेछ । कुनै कुरालाई लिएर कसैसँग वैचारिक छलफल हुनसक्छ । सकेसम्म एक–अर्काको भावना बुझी सहमतिअनुसार चल्ने प्रयास गरिनेछ । कुनै धार्मिक एवं वैवाहिक समारोहमा सहभागी हुनुपर्ला । व्यक्तिगत खुसीका लागि कुनै कुराको जोरजाम हुनेछ । सामयिक परिस्थिति विचारेर तदनुरूप आफूलाई खटाउन खोजिनेछ ।
तुला
विविध कामकुराले गर्दा कहिलेकाहीँ यात्रा गर्नुपर्ला । आफ्नो कार्यक्षेत्रमा उन्नति–प्रगति गर्ने अवसर मिल्नेछ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुनुपर्छ । विविध कुरामा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । महिनाको उत्तराद्र्धमा सातौं बुधले अपजस निम्त्याउनसक्छ । बोली एवं व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्ने बेला छ । कसैसित ठट्टा गर्दा सानो कुराले नै उग्र रूप लिनसक्छ । कुनै पनि काम शान्त र धैर्यपूर्वक गर्नसके सबै काममा सफल भइनेछ । इष्टमित्रमा कसैलाई तपाईंको साथको आवश्यकता पर्नसक्छ । हरेक ठाउँमा आफूलाई चाहिने अत्यावश्यक सामान लिएर जानुहोला ।
वृश्चिक
मनमा भएको तनाव हटेर जानेछ । तन एवं मन पनि स्वस्थ रहनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कुनै कारणले रोकिएको काम क्रमश: अघि बढ्दै जानेछ । समयलाई आफूअनुकूल चलाउन खोजिनेछ । पारिवारिक कुनै कुरालाई लिएर छलफल हुनसक्छ र तदनुरूप काम गर्ने प्रयत्न हुनेछ । छोराछोरीले कुनै कुरामा जिद्दी गर्नसक्छन्, तिनलाई तिनकै तरिकामा सम्झाउने प्रयास गर्नुपर्नेछ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने मौका मिल्नसक्छ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव प्राप्त हुनेछ । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना पनि छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रका लागि महिनाको पूर्वाद्र्धको तुलनामा उत्तराद्र्ध फलदायी रहनेछ ।
धनु
कुनै समारोहमा इष्टमित्रसित भेटघाट हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सफल रहनेछन् । कतै रमाइलो जमघट हुनसक्छ । कहिलेकाहीँ स–साना कुराले नै काममा बाधा हुनसक्छ, शान्त र तटस्थ भएर काम गर्नुपर्ने बेला छ । प्रतियोगितात्मक काम गर्दा पनि सजग रहनुपर्ने अवस्था छ । आफ्नो गोपनीयतामा ध्यान दिनुहोला । कुनै पनि काम नसकिँदै बाहिर प्रकट नगरेकै उत्तम हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म आफ्नो काम आफै गर्नसके मन पनि शान्त रहनेछ ।
मकर
कुनै प्रतियोगितात्मक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । विविध व्यक्तित्वसित चिनजान गर्ने मौका जुट्नेछ । परिवारका कसैलाई सन्तान लाभ हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवनमा कुनै छलफल हुनसक्छ । एक–अर्काको कुरालाई राम्ररी बुझ्ने प्रयास गरिनेछ । कतिपय कुरामा अपजस आइलाग्नसक्छ । बोली एवं व्यावहारिक काममा सजगता अपनाउनुपर्ने बेला छ । कतै साथीसंगीहरूसित जमघट हुनसक्छ । कुनै नयाँ साथीसित चिनजान गर्ने मौका जुट्नसक्छ । पारिवारिक खुसी मिल्नेछ । विविध कुराको लाभ हुनसक्छ ।
कुम्भ
कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै विशेष काममा सफलता मिल्नेछ । प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा भएको तनाव हट्नेछ । तन पनि स्वस्थ रहनेछ । रोकिएका कामहरू पूरा हुँदै जानेछन् । व्यक्तिगत काममा पनि समय दिन पाइनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कसैलाई दिएको सापटी रकम फिर्ता मिल्नेछ । आफ्नो खुसीका लागि कुनै कुरामा खर्च हुनसक्छ । पारिवारिक वातावरण सुमधुर रहनेछ । स्वास्थ्यस्थिति राम्रो हुँदा सबै काम गर्न जाँगर लाग्नेछ । सोचेअनुसार सबै कुरा मिल्दै जानेछन् । समयले साथ दिँदा मन प्रसन्न रहनेछ ।
मीन
दाम्पत्य जीवन सुखमय रहनेछ । कतै यात्रा गर्ने अवसर मिल्नसक्छ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कसैकसैको यो महिनामा नयाँ घर सर्ने सम्भावना छ । कसैको भने यो महिनामा लगनगाँठो कसिनसक्छ । इच्छानुसारका कामकुरामा किनमेल हुनेछ । सबैतिरबाट भनेजस्तो साथ–सहयोग मिल्नेछ । कुनै कुरामा अनावश्यक खर्च हुनसक्ने भएकाले ख्याल गर्नुहोला । कुनै पनि ठाउँमा जाँदा आफ्नो मालसामानको ख्याल गर्नुपर्ने बेला छ । टाउको एवं आँखा दुख्ने समस्या हुनसक्ने भएकाले झिना–मसिना काममा हात नहालेकै उचित रहला । अत्यावश्यक काममा जोड दिनुपर्नेछ । कामको महत्व बुझी विशेष कुरामा जोड दिन सके मन शान्त र सन्तुष्ट रहला ।