मेष
कामविशेषले कतै यात्रा गर्नुपर्ने हुनसक्छ । प्रायः सबै काम आफ्नै माताहतमा सम्पन्न गर्नुपर्ने भएकाले व्यस्त भइनेछ । बेलामौका विचारेर आफ्नालागि पनि समय छुट्याउनसके सहज होला । मुटु, पेट तथा रक्तचापका बिरामीले स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ । सहयोगी हात पछि हट्नसक्छन् । आफैंले आफ्नो अनुकूलता विचारेर काम गर्नुपर्ने बेला छ । समयानुसार एक–अर्काको भावना बुझ्नसके दाम्पत्य जीवन सुमधुर रहला । अरूको लहलहैमा लाग्दा अनावश्यक खर्च हुनसक्छ । कुनै कुरामा आर्थिक लगानी गर्नुअघि राम्ररी विचार गर्नुपर्ने हुन्छ । कसैको भर नपरी आफैंले आफ्नो काम गरे मन शान्त रहला । आफूले सम्बन्धित काममा समय दिन सके मन तनावरहित रहनेछ ।
वृष
सकारात्मक सोचले गरेको काममा सफलता मिल्नेछ । घरपरिवारबाट धेरै सहयोग मिल्नेछ ।सम्बन्धित क्षेत्र र व्यक्तिबाट सोचेझैं सद्भाव प्राप्त हुनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । प्रायः सबै काम आफ्नै भरमा सन्पन्न हुनेछन् । मन उत्साहित बन्दा सबै काममा सहजता हुनेछ । आत्मविश्वासकासाथ आफूलाई अघि बढाइनेछ । कुनै–कुनै काम भने आफ्नै भरमा गर्नुपर्ने हुन्छ । आवश्यकता र प्राथमिकतालाई विचार गर्दै आफ्ना क्रियाकलापमा सक्रिय रहनुपर्ने बेला छ । कुनै पनि कुरामा बढी हतार नगरेकै राम्रो हुनेछ । परिस्थितिअनुसार चल्नु बुद्धिमानी हुनेछ ।
मिथुन
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । तपाईंको कार्यकुशलताको समाजमा चर्चा हुनेछ । कसैकसैलाई यो महिनामा राम्रो सम्मान मिल्नसक्छ । कुनै धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुनुपर्ला । कसैकसैको यो महिनामा लगनगाँठो कसिनसक्छ । प्रायः सबै कामकुरा आफ्नै निर्देशनमा सम्पन्न हुनेछन् । सबैले आ–आफ्नो ढङ्गबाट अपेक्षित सहयोग गर्नेछन् । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । मन चिन्तामुक्त हुँदा सबै कुरामा सहज अनुभव हुनेछ । कुनै कामविशेषले कुनै कुराको उत्तरदायित्व बहन गर्नुपर्ला । कतैको सानोतिनो घुमघाम पनि हुनसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तानबाट पनि अपेक्षित सुख–सन्तोष मिल्नेछ ।
कर्कट
कुनै काममा सफलता मिल्नेछ । धार्मिक एवं माङ्गलिक कार्यक्रममा आबद्ध हुने मौका मिल्नेछ । कसैकसैको यो महिनामा विवाह हुने योग पनि छ । योजनानुसार सबै कुरा मिल्दै जानेछन् । कहिलेकाहीँ काम गर्दा झिनामसिना समस्या आउनसक्छन् । धैर्य र शान्तपूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । सकेसम्म सबैले आफ्नोतर्फबाट सक्दो सहयोग गर्नेछन् । आफ्नो अनुकूलता विचारी आफ्नालागि समय निकालिनेछ । व्यक्तिगत खुसीकालागि केही खर्च हुनसक्छ । इच्छानुसारका कामकुरामा जोड दिइनेछ । प्रतिस्पर्धात्मक काममा पनि सफलता मिल्ला । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । विविध कारणले गर्दा तपाईंको खर्च बढ्ने देखिन्छ ।
सिंह
मनमा खुसी छाउनेछ । प्रायः सबै कुरा तपाईंकै इच्छानुसार सम्पन्न हुनेछन् । पारिवारिक सुख मिल्नुका साथै सन्तानबाट अपेक्षित सुख–सन्तोष प्राप्त हुनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । आफ्ना कामकालागि केही खर्च हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो धनलाभ हुनेछ । कामविशेषले कतै जानुपर्ला । कुनै माङ्गलिक काममा सहभागी हुने मौका मिल्नसक्छ । कसैकसैको घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । कुनै कुराले मनमा द्विविधा उत्पन्न हुनसक्छ । सकेसम्म सकारात्मक सोच राखी काम गर्नुपर्ने बेला छ । प्राथमिकताका कुरामा जोड दिनसके अनावश्यक तनाव हुनेछैन । झिनामसिना कुरामा जति बेवास्ता गर्यो उति नै मन शान्त रहनेछ ।
कन्या
विविध कुराले व्यस्त रहनुपर्नेछ । प्रायः सबै काम तपाईंकै इच्छामा निर्भर रहनेछन् । विभिन्न माध्यमबाट काममा सहयोग पुग्ला । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । समयलाई आफू अनुकूल तह लगाउन खोजिनेछ । परिवार र इष्टमित्रहरूसित कतै एकसूत्रमा बाँधिने मौका मिल्नसक्छ । सबैको कुरा बुझी आफ्नो आन्तरिक कुरा राख्ने प्रयत्न हुनेछ । कुनै कुराले गर्दा मनमा दोमनको भावना सिर्जित हुनसक्छ । सम्बन्धित व्यक्तिसित कुरा गरेमा काममा सहज होला । जे कुराले गर्दा मन खुसी हुन्छ त्यसैमा जोड दिनसके मन तनावरहित होला । एक–अर्काको कुरालाई अवलम्बन गर्दै आपसी सद्भावमा रहनसके दाम्पत्य जीवन सुमधुर रहनेछ ।
तुला
कामविशेषले कतैको यात्रा हुनसक्छ । योजनानुसारका सबै कामकुराले पूर्णता लिँदै जानेछन् । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । प्रतिस्पर्धात्मक काममा पनि सफलता मिल्ला । कहिलेकाहीँ काममा अपजसको सामना गर्नुपर्ने हुनसक्छ । समय विचार गरी बोली र व्यवहारमा सजग रहनुपर्ला । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कतैबाट कुनै नयाँ कामकुराकालागि प्रस्ताव आउनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो धनलाभ हुनेछ । इच्छानुसारका कामकालागि समय दिन पाइनेछ । मनको बोझ हट्दा हरेक कुरामा मन उत्साहित रहला । जसरी पनि आफ्नो खुसी र अनुकूलता विचारी काम गर्ने प्रयत्न गरिनेछ ।
वृश्चिक
मनमा भएको बोझ हट्दा तन स्वस्थ हुनेछ । समस्याको समाधान हुनेछ । मन उत्साहित बन्दा काममा जाँगर बढ्नेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । इच्छानुसारका क्रियाकलापमा आफूलाई संलग्न गराइनेछ । पारिवारिक जमघट हुनसक्छ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नसक्छ । नयाँ एवं पुराना साथीहरूसित भेटघाट गर्ने मौका जुट्नसक्छ । शैक्षिक एवं प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कसैकसैलाई यो महिनामा सन्तानलाभ होला । कतै कुनै नयाँ रोजगारी मिल्ने सम्भावना छ । आर्थिक पक्षका क्रियाकलापका काममा संलग्न हुनुपर्ला । एक–अर्काका कुरालाई राम्ररी बुझी तदनुरूप सद्भाव व्यक्त गर्नसके दम्पतीमा राम्रो समझदारी कायम रहनेछ ।
धनु
मनमा आत्मबल बढ्दा हरेक काममा सहजहोला । कामविशेषले टाढिएका आफन्तसित भेटघाट हुनेछ । कुनै विशेष कार्यक्रममा सहभागी हुने मौका जुट्नेछ । विभिन्न व्यक्तित्वसित चिनजान गर्ने मौका मिल्नेछ । आफ्नो खुबीलाई सबैसामु प्रस्तुत गर्ने अवसर मिल्नसक्छ । अनपेक्षितरूपमा कुनै कुराको लाभ हुनेछ । कतैबाट कुनै कामकालागि प्रस्ताव आउनसक्छ । परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । एक–अर्काको भावनालाई बुझ्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै–कुनै कुरामा अभिभावक/सन्तानबाट जिद्दीपनाको सामना गर्नुपर्ला । समयावस्था बुझ्दै तदनुरूप कुरालाई सम्झाइ बुझाइ गर्नु उचित हुनेछ । कुनै कुनै कुरालाई समयकै भरमा छोड्नु उचित हुनेछ । झिनामसिना कुराबाट तर्किनसके मन शान्त रहला ।
मकर
विभिन्न कामको सिलसिलामा यात्रा गर्नुपर्ला । अधूरो काममा सफलता मिल्नेछ । तपाईंको विचार र कार्यकुशलताको कदर गरिनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ होला । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैकसैलाई कुनै संस्थाबाट सम्मानित हुने मौका मिल्नसक्छ । थोरै समयमा धेरै काम गर्नुपर्दा भ्याइनभ्याइ हुनसक्छ । शिक्षा, कला तथा साहित्यिक क्षेत्रमा सफलता मिल्नेछ । काम गर्दागर्दै अनपेक्षित अपजस आइलाग्न सक्छ । कुराकानी र व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । एक–अर्काको मनोभाव बुझी काम गर्न सकेमा दाम्पत्य जीवन सुखमय रहनेछ । सकेसम्म सबै कुरामा समसामयिकरूपमा प्रस्तुत हुने प्रयत्न गरिनेछ ।
कुम्भ
कुनै विशेष काममा सहभागी हुनुपर्नेछ । विभिन्न कामका सिलसिलामा यात्रा गर्नुपर्ला । समयानुसार सबै कुरा मिल्दै जानेछन् । सम्बन्धित व्यक्तिबाटसाथ र सहयोग पाइनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै विशेष कामकुराको निर्णय गर्नुपर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ । विभिन्न कामकुरामा आबद्ध हुनुपर्दा केही व्यस्त भइनेछ । मनमा भएको बोझ हटेर जानेछ । कुनै कुराले आफू फुकेको महसुस हुनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । आर्थिक क्रियाकलापका क्षेत्र सफल रहनेछन् । सबैबाट तपाईंको कुरा बुझी काम गर्ने प्रयास गरिनेछ । कुनै सामाजिक, धार्मिक, माङ्गलिक, साहित्यिक काममा सहभागी हुने मौका मिल्नेछ ।
मीन
व्यक्तिगत काममा सफलता मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । प्रायः सबै काम आफ्नै निर्देशनमा सम्पन्न हुनेछन् । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग पाइनेछ । विभिन्न क्रियाकलापमा आबद्ध हुनुपर्ला । समयावस्था विचारेर कुनै कुनै कामको बाँडफाँड गर्दा सजिलो होला । काम गर्दा धोका हुनसक्ने भएकाले खुरापाती प्रवृत्तिका व्यक्तिबाट तर्किनु उचित हुनेछ । अत्यावश्यक काममा कसैको भर नपर्नु नै उचित होला । जहाँ गए पनि आफ्नो मालसामानको ख्याल गर्नुपर्नेछ । कुनै पनि कुरामा आर्थिक लगानी गर्दा विशेष सजगता अपनाउनुपर्ला । झिनामसिना कुराबाट तर्किन सके अनावश्यक तनावबाट बच्न सकिएला ।