मेष
सकारात्मक विचारले गरेको काममा सफल भइनेछ । कुनै पनि निर्णयात्मक काम गर्दा नहतारिएकै राम्रो हुनेछ । कसैका कामकुरामा कुनै प्रतिक्रिया दिनुपूर्व सही–गलतको विचार गर्नुपर्ने बेला छ । रिस गर्नेहरूले तपाईंले बोले–गरेका कुरामा पनि खोट देखाउनसक्ने भएकाले हरेक काममा सजग रहनुपर्ने अवस्था छ । कुनै न कुनै माध्यमबाट कतै न कतैबाट काममा सहयोग भने मिल्ने नै छ । जस्तो जे भएपनि स्वावलम्बी र आत्मविश्वासी बनी आफूलाई उभ्याइनेछ । झिनामसिना कुराको खासै वास्ता हुनेछैन । अत्यावश्यक कुरामा जोड दिँदै जसरी आफ्नो मन खुसी र सन्तुष्ट हुन्छ उसरी नै आफूलाई प्रस्तुत गरिनेछ । समयानुसार काम गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ ।
वृष
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कतैबाट कुनै काम वा शिक्षाका लागि राम्रो प्रस्ताव आउनसक्छ । कुनै कुराले गर्दा मनमा खुसीको सञ्चार हुनेछ । विविध कुराको लाभ हुनेछ र विभिन्न कुरामा मन रमाउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । मित्रवर्गबाट अपेक्षित साथ–सहयोग पाइनेछ । कहिलेकाहीँ कुनै कुराले मन चञ्चल हुनसक्छ । उत्तरदायित्वले गर्दा आफूले आफैलाई सधैं समसामयिक र अनुशासनमा रहन प्रतिबद्ध गराइनेछ । सकेसम्म सानातिना कुराबाट टाढिने प्रयास गरिनेछ । समय सन्दर्भ बुझी अफ्नो हित विचारेर आफूलाई परिचालन गरिनेछ । व्यक्तिगत कुरामा पनि बेलाबेलामा समय दिइनेछ । सबैसित व्यावहारिक काम गर्दा सजग रहनुपर्ने बेला छ । सकेसम्म रिसलाई प्रकट हुन नदिएकै राम्रो हुनेछ ।
मिथुन
समयले साथ दिनेछ । योजनानुरूप सबै कुरा मिल्दै जानेछन् । कुनै कुराले मन उत्साहित रहला । सबैतिरबाट काममासहयोग र सद्भाव पाइनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । रोकिएको कामले पनि गति लिन थाल्नेछ । कुनै नयाँ काममा हात हाल्ने सम्भावना छ । कुनै खास कुराको निर्णय हुनसक्छ । सकेसम्म आफ्ना सबै उत्तरदायित्वलाई राम्ररी बहन गरिनेछ । कहिलेकाहीँविभिन्न कुराले मन चञ्चल रहला । सकेसम्म विषयवस्तुमा रही आफूलाई धैर्य र तटस्थ राख्नुपर्ने हुन्छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । धार्मिक एवं सामाजिक काममा संलग्न रहनुपर्ला । व्यक्तिगत कामकालागि पनि केही समय निकालिनेछ ।
कर्कट
परिवारमा कसैलाई सन्तानलाभ हुनेछ । कतैबाट नयाँ रोजगारीको प्रस्ताव आउनसक्छ । काम गर्दा कहिलेकाहीँ आकस्मिक बाधा आउसक्छन्, आफ्नै सुझबुझले काम गर्नु उपयुक्त हुनेछ । प्रतिस्पर्धीहरूसित तर्किंदै गोपनीयताको ख्याल गरी काम गर्नुपर्ने बेला छ । बेलाबेलामा आफ्ना कामकालागि पनि समय निकाल्नसके मन तनावरहित रहनेछ । सकेसम्म मौसमअनुसारका खानपानमै जोड दिनु स्वास्थ्यका लागि राम्रो हुनेछ । कहिलेकाहीँ स–साना कुराले पनि ठूलै प्रभाव पार्नसक्छन् । तसर्थ बोली र व्यवहारमा सतर्कता अपनाएर काम गर्नुपर्ने अवस्था छ । सकारात्मक विचारमा रही आफूलाई प्रस्तुत गर्नसके काममा धेरै सहज अनुभव हुनेछ ।
सिंह
योजनानुसारका काममा सफल बन्दै गइनेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । इच्छानुसारका काममा समयको सदुपयोग गरिनेछ । कुनै नयाँ संघसंस्थासित आबद्ध रही काम गर्ने मौका मिल्नसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । दाम्पत्य जीवनमा एक–अर्काको मनसाय बुझी काम गर्न सकेमा सम्बन्धमा मधुरता थपिनेछ । कुनै कुराले मन चञ्चल भैदिँदा काममा मन एकाग्र नहुनसक्छ । सकेसम्म धैर्य भएर काम गर्नुपर्ने बेला छ । बेलाबेलामा आफू र आफ्ना कामकालागि पनि केही समय छुट्याउनसके मन खुसी हुनेछ ।
कन्या
व्यक्तिगत वा अफिसियल कामकाजले यात्रा हुनसक्छ । सकेसम्म आफ्नो सुख–सुविधा विचारेर तदनुरूप काम गर्न खोजिनेछ । विभिन्न कामले व्यस्त रहनुपरेपनि बेलाबेलामा आफ्ना लागि केही समय निकाल्नुपर्नेछ । आफ्नो कामसक्न शान्त र तटस्थ रही लागिपरिनेछ । कसैको भर नपरी आफैले आफ्नो काम गर्ने प्रयत्न गरिनेछ । स्वास्थ्यसम्बन्धी समस्या हुनेहरूले ओखती साथमै लिएर हिँड्नु उचित हुनेछ । आफूलाई कुनै कुराको समस्या भएमा वा महसुस भएको खण्डमा अल्छी नगरी बेलैमा समस्याको समाधान गर्न खोज्नु नै उचित हुनेछ ।
तुला
कुनै जिम्मेवारीलाई पूर्णता दिन लागिपरिनेछ । मनमा भएको तनाव क्रमशः घट्दै जानेछ ।स्वास्थ्य राम्रो हुँदा मन उत्साहित र तन स्वस्थ रहनेछ । समयानुसारका प्राथमिकतामा जोड दिँदै आफ्नो काममा भुल्न खोजिनेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । समाजमा तपाईंको कामकुराको चर्चा हुनसक्छ । कुनै प्रतिस्पर्धात्मक कामका लागि तपाईंको छनौट हुनसक्छ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । आत्मीय, मान्य एवं इष्टमित्रसित भेट्ने मौका जुट्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त हुँदा धेरै कुरामा सजिलो हुनेछ ।
वृश्चिक
कुनै कुरालाई लिएर पारिवारिक छलफल हुनसक्छ । कुनै पनि ठाउँमा विस्तारैआफ्नाकुरा राख्ने प्रयत्न गर्नुहोला । कुनै नयाँ काम गर्ने अवसर मिल्नसक्छ । कसैकसैलाई कुनै कुराको जिम्मेवारी आइलाग्नसक्छ । मन उत्साहित हुँदा काम गर्ने पराक्रम बढ्नेछ । विभिन्न कुरामा आबद्ध हुनुपर्दा स्वाभाविकरूपमै व्यस्त रहनुपर्ला । बेलामौका विचारेर कहिलेकाहीँ आफ्नालागि पनि समय निकाल्ने प्रयत्न गरिनेछ । अवस्था हेरेर स्वास्थ्य र खानपानका कुरामा पनि सजग रहनुपर्नेछ । सकेसम्म कसैको भर नपरी आफैले काम गर्नसके मन खुसी रहनेछ । प्रतिस्पर्धात्मक काम गर्दा गोपनीयतामा जोड दिनुहोला । कामको टुंगो नलागुन्जेल आफ्नो कुरामा अडिग रहनु नै उचित हुनेछ ।
धनु
कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । धार्मिक काममा मन आकृष्ट रहनेछ । सन्तानले तपाईंको कुरा मनन गरी काम गर्ने प्रयत्न गर्नेछन् । पारिवारिक कामका साथसाथै व्यक्तिगत खुसीमा पनि जोड दिइनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । कुनै संघसंस्थामा तपाईंलाई कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुपर्ला । आत्मीयजनसितको भेटघाटले मन प्रसन्न रहनेछ । सबै काम धैर्य र शान्तपूर्वक गर्नुपर्ने बेला छ । हडबडीमा काम गर्दा आफैलाई बाधा व्यवहोर्नुपर्ने हुनसक्छ । सम्भावित अपजसबाट बच्न सकेसम्म मौन र तटस्थ भएकै उत्तम हुनेछ ।
मकर
व्यक्तिगत वा अफिसियल कामकाजले यात्रा हुनसक्छ । मन उत्साहित र तन स्वस्थ हुँदा काममा सहजता हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । कुनै सामाजिक काममा आबद्ध हुने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । विविध कुरामा मन रमाउनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । कुनै नयाँ ठाउँको घुमघाम गर्ने मौका मिल्नसक्छ । समय आफू अनुकूल बन्दै जाँदा सबै काम योजनानुसार सम्पन्न हुनेछन् । सम्बन्धित व्यक्तिबाट काममा अपेक्षित सहयोग पाइनेछ । कुनै कुराको आकस्मिक लाभ हुनसक्छ ।
कुम्भ
योजनानुसार काम सम्पन्न गर्न खोजिनेछ । परिवारकासदस्यबाट अपेक्षित सहयोग पाइनेछ । तपाईंको इच्छा र अनुकूलता विचारेर काम गर्ने प्रयत्न हुनेछ । अनपेक्षित खर्च हुनसक्ने भएकाले किनमेल गर्दा सजग रहनुपर्ने हुन्छ । जता जाँदा पनि आफ्नो मालसामानप्रति चनाखो हुनुपर्ने बेला छ । सकेसम्म काम गर्दा कसैप्रति आँखा चिम्लेर बढी विश्वस्त नहुनुहोला । बेलाबेलामा कामको सोधखोज गर्दै आफू पनि अघि बढ्दै गरे समयमै काम सक्न सजिलो हुनेछ । प्राथमिकतानुसारका काममा आफूलाई क्रियाशील राख्नु उचित हुन्छ । टाउको र आँखा दुख्नसक्ने भएकाले झिनामसिना काम सकेसम्म नगरेकै राम्रो हुनेछ । समय र अवस्था हेरी कुनै काम सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउँदा सजिलो होला ।
मीन
कुनै कामविशेषले कतैको यात्रा हुने सम्भावना छ । समयावस्था विचारेर आफ्ना कामकुरालाई सबैका सामु प्रस्तुत गर्ने प्रयत्न गरिनेछ । विविध काम र क्रियाकलापमा संलग्न हुनुपर्दा यो महिनामा केही व्यस्तता हुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । सकेसम्म आफैले आफ्नो काम सक्ने प्रयास गर्नुपर्नेछ । पेट, मुटु र रक्तचापका बिरामीले उचित खानपानमा ध्यान दिएर ओखती साथमा लिई हिँड्नु राम्रो हुनेछ । आफ्नो व्यक्तिगत खुसीका लागि केही समय निकाल्नु उपयुक्त होला । आफैले आफ्नो सहजताको विचार गरेर काम गर्नुपर्ने बेला छ ।