मेष
कुनै विशेष काममा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट मान–सम्मान प्राप्त हुनेछ । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना छ । दाम्पत्य जीवनमा अपेक्षित साथ र सहयोग पाइनेछ । कुनै धार्मिक काममा सहभागी हुनुपर्छ । आर्थिक गतिविधिका काम गर्दा सजग रहनुपर्ने बेला छ । कहिलेकाहीँ टाउको, आँखा, पेट दुख्ने समस्या आइलाग्न सक्छन् । समय र परिस्थितिको ख्याल गर्दै स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ ।
वृष
कुनै कुराले मनमा दोधार हुनसक्छ । काम गर्दा मनलाई शान्त र एकाग्र पार्न सके सजिलो होला । झिनामसिना कुराबाट तर्किनु नै उचित रहनेछ । दाम्पत्य जीवनमा बेलाबेलामा वैचारिक मतभेद हुनसक्छ । सकेसम्म दुवैले एक–अर्काको भावना बुझी काम गर्ने प्रयास गर्नुपर्नेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । नयाँ साथीसित चिनजान गर्ने मौका मिल्नसक्छ । २० गतेपछिको समय आफू अनुकूल रहनेछ । समस्याको समाधान हुँदा मनले केही राहतको अनुभव गर्नेछ ।
मिथुन
यात्रा गर्ने योग छ । विभिन्न कामकुराले गर्दा यो महिना अलि व्यस्त रहनुपर्नेछ । योजनानुसार सबै कुरामा सफलता प्राप्त हुनेछ । एक–अर्काको मनोभाव बुझी काम गर्नसके दाम्पत्य जीवनसुखमय रहनेछ । सन्तान सुख मिल्नुका साथै पारिवारिक सहयोग एवं सद्भाव पनि प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्ने मौका मिल्नेछ । २० गतेपछि सबै कुरा आफू अनुकूल नहुनसक्छन् । आराम, स्वास्थ्य र खानपानमा सजग रहँदै काम गर्नुपर्ने हुन्छ । राम्रै सोचेर भनेको कुरामा पनि अनपेक्षित अपजस पाइनसक्छ ।सकेसम्म सीमित बोल्नु र व्यावहारिक काम गर्दा सजग रहन सकेमा अनावश्यक झमेलाबाट बच्न सकिनेछ । कामविशेषले टाढा भएका दिदीबहिनीसित भेटघाट हुनसक्छ ।
कर्कट
गरेको काममा अपेक्षित सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति एवं प्रगति हुनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । शैक्षिक, आर्थिक, न्यायिक, सामाजिक काममा सफलता मिल्नेछ । मानसिक एवं शारीरिक रूपमा शरीर स्वस्थ रहनेछ । समयलाई आफूअनुरूप आफ्नै ढाँचामा ढाल्ने प्रयास गर्नुपर्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सबल रहनेछ । परिवारमा कसैलाई सन्तानलाभ हुनसक्छ । कसैकसैलाई यो महिनामा नयाँ साथी बनाउने मौका मिल्नसक्छ । कुनै कुरालाई लिएर पारिवारिक जमघट हुनसक्छ । कसैको सरुवा हुने सम्भावना छ । कुनै कुरामा आकस्मिक लाभ हुनसक्छ ।
सिंह
प्रियजनसितको भेटघाटले मन प्रसन्न रहनेछ । आर्थिक क्रियाकलापका काममा सफलता मिल्नेछ । आकस्मिक उपहार प्राप्त हुने सम्भावना छ । कुनै विशेष काममा सफलता मिल्नेछ । विविध कुराले बेलाबेलामा काममा अवरोध उत्पन्न गरेपनि आफ्नै मनोवृत्तिले सल्टाउने प्रयास गरिनेछ । राम्रै हिसाबले काम गर्दागर्दै पनि अनपेक्षित अपजस आइलाग्नसक्छ । कुनै पनि काम गर्दा तटस्थ र प्रतिक्रियाहीन भैदिए समय सामान्य होला । आपसमा राम्रो समझदारी हुँदाहुँदै पनि कहिलेकाहीँ वैचारिक मतभेद हुनसक्छ । छोराछोरीकै कुरालाई लिएर सामान्य मनमुटाव हुनसक्छ ।
कन्या
कुनै विशेष काममा सफलता मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । पढाइ एवं कामविशेषले टाढिएका सन्तानसित भेटघाट हुनेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यावहारिक क्षेत्र पनि सफल रहनेछ । राम्रो बोल्दा र गर्दा पनि अपजस पाइनसक्छ । व्यक्तिगत र व्यावहारिक काम गर्दा सन्तुलन मिलाएर गर्नुपर्ने बेला छ । आत्मीयजन र पारिवारिक सदस्यका साथमा कतैको घुमघाम हुनसक्छ । परिवार/इष्टमित्रमा कसैलाई सन्तानलाभ हुनसक्छ । प्रतिस्पर्धात्मक कार्यमा संलग्नता जनाउने मौका मिल्नसक्छ ।
तुला
तुला राशिको निमित्त यो महिना फलदायी रहनेछ । यात्राको योग रहेकाले कतैको घुमघाम/तीर्थाटन हुने प्रबल सम्भावना छ । तनमन स्वस्थ हुँदा मन उत्साहित र तन स्वस्थ रहनेछ । मनले चिताएसरि सबै कुरामा सहभागिता जनाउने मौका मिल्नसक्छ । यो महिना खर्च हुने योग भए पनि विभिन्न कुरामा फाट्टफुट्ट छूट पनि पाइनेछ । कसैकसैको रोजगारीको सिलसिलामा सरुवा/बसाइ सराइ हुनसक्छ । विभिन्न नयाँ एवं पुराना मित्रवर्गसित भेट्ने/रमाइलो गर्ने मौका जुट्नेछ । तनमा फुर्ती बढ्न जाँदा कुनै नयाँ काम गर्ने विचार मनमा आउनसक्छ । अभिभावक/मातापितासित रमाइलो र उपलब्धिमूलक समय बिताउने मौका मिल्नेछ । आफ्ना शिक्षक, गुरुवर्गसित पनि कामको सिलसिलामा कतै भेटघाट हुनसक्छ ।
वृश्चिक
समयलाई आफू अनुकूल चलाउने प्रयास हुनेछ । पारिवारिक मेलमिलाप हुनुका साथै कतैको घुमघाम पनि हुनसक्छ । इच्छानुसारका कामकुरामा आफूलाई भुलाउन पाउँदा मन खुसी रहनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले कतै जाँदा/आउँदा पनि मालसामानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले कसैको आशा नगर्नु नै बेस हुनेछ । समय हेरेर कामको कार्यान्वयन गर्नु उचित हुनेछ । साथीसङ्गीसित कतै भेटघाट गर्ने मौका मिल्नसक्छ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । उपयुक्त समय नमिल्दा कुनै–कुनै काममा अलमल हुनसक्छ । अत्यावश्यक महत्वपूर्ण कामकालागि समय खर्चिनसके फाइदा पुग्नेछ । टाउको, आँखा दुख्ने, छाती पोल्ने, पेट दुख्ने समस्या हुनसक्ने भएकाले स्वास्थ्य र खानपानमा सजग रहनुपर्नेछ ।
धनु
वैदेशिक यात्राको योग छ । स–साना कुरामा पनि आफैं खटिनुपर्दा धपेडी हुनसक्छ । समसामयिक अवस्था विचारेर प्राथमिकतामा जोड दिनुपर्ने बेला छ । मौसमी अवस्था हेरेर आफ्नो अनुकूलता विचार्नुपर्ने हुन्छ । जसरी काम गर्दा सहज हुन्छ, त्यसरी आफूलाई प्रस्तुत गर्दा सरल होला । अनपेक्षित रही आफैंले आफ्नो काम सक्न खोज्दा अनावश्यक तनावबाट बच्न सकिनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । सन्तानबाट पनि सन्तुष्टिको आभास हुनेछ ।
मकर
नयाँ ठाउँमा काम गर्ने मौका जुट्नेछ । नयाँ रोजगारीको सम्भावना छ । विभिन्न संघसंस्थामा आबद्ध हुनुपर्दा धेरै जनासित चिनजान गर्ने अवसर मिल्ला । विद्यार्थर्र्र्हीरूले पनि नयाँ मित्रता गाँस्ने मौका पाउनेछन् । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध हुँदाहुँदै पनि यदाकदा वैचारिक मतभेद हुनसक्छ । अहंपनालाई आफूमाथि हावी हुन नदिएमा सबै कुरा सहजरूपमा सम्पन्न हुनेछन् । व्यक्तिगत खुसीका लागि केही अतिरिक्त खर्च हुनसक्छ । कहिलेकाहीँ कुनै कुराले यत्तिकै अल्मल्याउनेछ । सकेसम्म आफ्नो सुझबुझले काम गर्नुपर्ने बेला छ ।
कुम्भ
विशेष काममा सफलता मिल्नेछ । कुनै धार्मिक काममा सहभागी हुनुपर्नेछ । कसैकसैको यो महिनामा तीर्थाटन गर्ने एवं नयाँ ठाउँ घुम्ने मौका जुर्नसक्छ । मनमा भएको तापको राप घट्नजाँदा तनमन दुवै चुस्त र दुरुस्त रहनेछन् । दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहनेछ । नवदम्पतीलाई यो महिना एक–अर्कालाई बुझ्ने राम्रो मौका मिल्नेछ । घरमा विभिन्न कुरामा हेरफेर हुनसक्छ । व्यक्तिगत काम र खुसीका लागि केही खर्च हुनसक्छ । सबै कुरामा आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्ने अवसर मिल्नेछ । जसले जे गरे/भने पनि वास्ता नगर्दा मनले सुखानुभूतिको अनुभव गर्नेछ ।
मीन
अभिभावक एवं सन्तानसित कुनै कुरामा मतभेद हुनसक्छ । सकेसम्म बुझ्ने किसिमले आफ्नो कुरा राख्नसके समस्याले उचित निकास पाउनसक्छ । कुनै पनि काम राम्ररी सोचेर निर्णय गर्नुपर्ने हुन्छ । योजनानुरूपका कामको कार्यान्वयन हुँदै जानेछ । न्यायिक, सामाजिक एवं प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । रोकिएका कामहरूले पनि क्रमशः गति लिन थाल्नेछन् । माइती/मावलीपक्षबाट अपेक्षित सहयोग पाइनेछ । कुनै महत्वपूर्ण कुराको प्रस्तुतिकालागि तयार हुनुपर्ला । अनपेक्षित अपजस आइलाग्नसक्ने हुँदा बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने बेला छ ।