Successfully Copied


मेष
पारिवारिक वातावरण सुखमय रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । काममा विभिन्न कुराले अल्मल्याउन सक्छन् । विश्वसनीय व्यक्तिले नै धोका दिनसक्छन् । कुनै पनि कुरामा पूर्णतया ढुक्क नहुनु नै उचित हुनेछ । कामको प्राथमिकताका आधारमा समयको वर्गीकरण गर्नसके आफैंलाई सहज हुनेछ । लेनदेनको काम गर्नुपर्दा विशेष सतर्क रहनुपर्ने बेला छ ।


वृष
व्यक्तिगत काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाट र मेलमिलाप बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन रमाउनेछ । विभिन्न कामले व्यस्त रहनुपर्नेछ । प्राथमिकतानुरूप कामको वर्गीकरण गरी आफूलाई संलग्न गराउनु उचित हुनेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्नेछ । सहयोगी हात पछि हट्न सक्नेछन् । ग्यास्ट्रिक एवं कब्जियतका बिरामीले खानपानमा सजगता अपनाउनुपर्नेछ ।


मिथुन
महिनाको पूवार्द्ध अनुकूल रहनेछ । आर्थिक एवं व्यापारिक क्षेत्रसुदृढ रहनेछन् । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । तपाईंको वाकपटुता एवं कार्यशैलीको चर्चा हुनेछ । इष्टमित्रसित रमाइलो जमघट हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकृष्ट हुनेछ । महिनाको उत्तरार्द्धमा आर्थिक गतिविधिमा सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूसित तर्किंदै गोपनीयतामा अडिग रहनुपर्नेछ । कुनै पनि कामको टुङ्गो नलागुञ्जेल कतै पनि आफ्नो कुरा नखोल्नु नै उचित हुनेछ । भ्रामक कुरा गर्नेबाट बच्नुपर्नेछ । आफू असम्बन्धित काम एवं व्यक्तिसित तर्किएको राम्रो हुनेछ । अनपेक्षित अपजस पाइनसक्ने भएकाले कुनै पनि कुरामा वादविवाद नगर्नु नै ठीक रहनेछ ।


कर्कट
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कामविशेषले कतैको यात्रा हुनसक्छ । धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्रमा गरेको लगानी पनि सकारात्मक रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । नयाँ सवारीसाधन जोर्ने सम्भावना छ । माइतीपक्षसित कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । नयाँ रोजगारीको सम्भावना छ । कुनै कामको प्रतिनिधित्व गर्दै जिम्मेवारी वहन गर्नुपर्नेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । विभिन्न कार्यक्रम तथा सभा–समारोहमा सहभागी हुनुपर्ला ।


सिंह
समस्याको समाधान हुनेछ । मनमा भएको तुष हटेर जानेछ । अधूरा कामहरूले पनि गति लिन थाल्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विशेष कामले कतै घुम्न जाने मौका मिल्नसक्छ । माइतीपक्षसित भेटघाट हुनेछ । आर्थिक क्रियाकलापमा सफल भइनेछ । कुनै कुरामा लगानी गर्नुपरे महिनाको उत्तरार्द्ध राम्रो रहनेछ । अनपेक्षित वादविवादको सामना गर्नुपर्ने हुनसक्छ । सकेसम्म धैर्य, शान्त र सकारात्मक रहने प्रयास गर्नुपर्नेछ । रक्तचापका बिरामीले स्वास्थ्य, खानपान र आराममा विशेष सजग रहनुपर्नेछ । आफूसित असम्बन्धित कामकुरामा चासो नदिए सम्भावित अपजसबाट बच्न सकिनेछ ।


कन्या
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । जीवनसाथीबाटसहयोग एवं सद्भाव प्राप्त हुनेछ । इच्छानुसारका क्रियाकलापमा समय दिन पाइनेछ । सन्तानबाट अपेक्षित सन्तोष मिल्नेछ । आफ्नो खुसीको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । धार्मिक काममा आस्था बढ्नेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । महिनाको उत्तरार्द्धमा काम गर्दा केही अलमल हुनसक्छ । कुनै कुराले अनायासदुःख दिनसक्छ । परिस्थितिको सामना गर्दैराम्रोसँग काम गर्नुपर्नेछ ।


तुला
कुनै कामविशेषले कतै जानुपर्नेछ । पारिवारिक घुमघाम हुनसक्छ । माइतीपक्षसित समय बिताउनने मौका जुट्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद हुनेछ । कुनै कुराले मनमा अनावश्यक डर रहला ।टाउको, आँखा एवं पेट दुख्नेस्वास्थ्य समस्या देखिनसक्छन् । स्वास्थ्यको ख्याल गरी काममा अघि बढ्नु उपयुक्त हुनेछ । कतिपय कुरालाई बेवास्ता गरेकै ठीक हुनेछ । मर्यादाको पालना गर्दै अघि बढे सहज हुनेछ ।


वृश्चिक
आफ्नो कार्यक्षेत्रमा प्रगति हुनेछ । कुनै विशेष काममा सफल भइनेछ । कामको सिलसिलामा कतै जानुपर्नेछ । कसैकसैलाई नयाँ रोजगारी मिल्नसक्छ । यात्रा गर्ने योग पनि छ । पेटका बिरामीहरूलेस्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दाम्पत्य जीवनमासमझदारी कायम रहनेछ । छोराछोरीको कुरालाई लिएर मनमा तनाव हुनेछ । परिवारमा वैचारिक मतभेद हुनेछ । निर्णायक काम गर्दा बढी नहतारिनु नै उचित हुनेछ । आफूलाई केही समय दिनुपर्नेछ । सकारात्मक विचारधाराले काम गर्दा सबै असहज कुरालाई क्रमशः पार गर्दै गइनेछ ।


धनु
समयअनुकूल बन्दै जानेछ । रोकिएका कामले गति लिन थाल्नेछन् । काम गर्ने पराक्रम बढ्नेछ । तनाव हट्दा मन उत्साहित एवं तन स्वस्थ रहनेछ । बेलाबेलामा छोराछोरी र जोडीसित कुनै–कुनै कुरामा ठाकठुक परिरहे पनि माया एवं समझारी भने कायमै रहनेछ । कुनै प्रतिस्पर्धात्मक क्रियाकलापमा सहभागी हुने मौका मिल्नेछ । आफ्ना व्यक्तिगत काममा पनि खुलेर समय दिन पाइनेछ । कसैकसैलाई कतैबाट नयाँ कामकुराको प्रस्ताव आउनसक्छ । समय–परिस्थिति बुझेर निर्णय गर्नु नै उचित रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुराको प्रतिनिधित्व गर्दै कुनै कार्यक्रममा उपस्थिति जनाउनुपर्ला । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्ने मौका मिल्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइनेछ ।


मकर
विशेष कुराको लाभ हुनेछ । तपार्इंको कामको चर्चा हुनेछ । विभिन्न कुराले तपाईंलाई अल्मल्याउनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । स–साना कामकुरामा आफैंलाई खट्नुपरे पनि कतै न कतैबाट सहयोगी हात जुट्ने नै छन् । आफूलाई चुस्त–दुरुस्त राख्ने प्रयत्न गरिनेछ । प्रियजनसित भेटघाट गर्ने अवसर मिल्नेछ । विभिन्न व्यक्तिबाट विभिन्न उपहार प्राप्त हुनसक्छन् । आफ्नो इच्छानुरूपका काममा रम्ने प्रयास गरिनेछ । छोराछोरीले कुनै कुरामा अनाहकमा दुःख दिनसक्छन् । माया र समझदारी हुँदाहुँदै पनि दम्पतीमा सामान्य ठाकठुक भैरहला ।


कुम्भ
अनपेक्षित रूपमा घरायसी चिन्ताले सताउनसक्छ । सकेसम्म तटस्थ रहँदै काम गर्ने प्रयास गर्नुपर्नेछ । व्यावहारिक काम गर्दा विशेष ख्याल गर्नुपर्नेछ । कुनै पनि कुरामा प्रतिक्रिया गर्नुअघि राम्ररी सोच्नुपर्ने बेला छ । आफूले राम्रै गरें भनेजस्तो लागेको कुरामा पनि खोट देखिनसक्छ । कुनै पनि काम गर्दासतर्कता अपनाउनुपर्ने बेला छ । मित्रवर्गबाट अपेक्षित साथ–सहयोग मिल्नेछ । आफ्नो सामर्थ्य र शक्तिअनुरूप प्रस्तुति दिन खोजिनेछ । आफ्नो कर्तव्यमा डटेर लागिपरिनेछ । कसैले केही भनिहाले पनि खासै वास्ता हुनेछैन । आत्मसम्मान र आत्मविश्वासले तपाईंलाई सफलता दिलाउनेछ ।


मीन
समय आफूअनुकूल रहनेछ । यात्राको योगछ । कसैकसैलाई नयाँ ठाउँमा घुम्न जाने अवसर जुर्नेछ । तनाव हट्दै जाँदा मन उत्साहित एवं तन स्वस्थ रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । इच्छानुसारका खानपान र पहिरनमा आफू खुसी हुने र रमाउने मौका मिल्नेछ । व्यक्तिगत खुसीकालागि केही खर्च हुनेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । तपाईंको सुख–दुःखको ख्याल गर्दै काम गर्न खोजिनेछ । कतैबाट आकस्मिक उपहार पाइनेछ । विभिन्न कुराले तपाईंलाई खुसी मिल्नेछ । 

 Image