Successfully Copied

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम)को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।


नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम)को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार एनसिएमले कृतिशलाई ब्रान्ड एम्बासडरका रुपमा सार्वजनिक गरेको हो । कृतिश एक वर्षका लागि एनसिएमको ब्रान्ड एम्बासडर रहेनछन् । एनसिएमले कृतशसँगको सम्झौता रकम भने खुलाएको छैन ।
कार्यक्रममा एनसिएम बोर्ड अध्यक्ष विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, दक्षिण एसियाली फुटबल महासंघ (साफ)का उपाध्यक्ष तथा न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दर नरसिंह जोशी, एनसिएमका प्रधानाध्यापक सुशील भक्त माथेमालगायतको उपस्थिति थियो । कृतिशले गत वर्ष एनसिएमबाट ‘ब्याचलर अफ बिजेनश एडमिनिस्ट्रेसन’(बिबिए)मा स्नातक तह पूरा गरेका थिए । ब्रान्ड एम्बासडर नियुक्त भएपछि कृतिशले आफू पढेको कलेजप्रति अब थप जिम्मेवारी बढेको प्रतिक्रिया दिए । ‘तपाईंहरुसमक्ष यसरी ब्रान्ड एम्बासडर भएर उभिन पाउँदा खुसी लागेको छ । यो फुटबलमा पदक जित्नु सरह हो,’ कृतिशले भने, ‘कलेजप्रति मेरो जिम्मेवारी थप बढेको महसुस गरेको छु । म मेरो कलेजप्रति कृतज्ञ छु ।’ त्यस्तै प्रधानाध्यापक माथेमाले कृतिशका कारण कलेजको गरिमा बढेको बताए ।


अट्याकिङ मिडफिल्डर कृतिश हाल एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । कृतिशले दुई महिनाअघि एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसविरुद्ध पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । खेलको ७३औं मिनेटमा कृतिशले मनिष डाँगीलाई प्रतिस्थापन गरेका थिए ।

 Image