मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर नियुक्त
संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।
शारीरिक सुगठनमा महिला खेलाडी निकै कम छन् । कडा मेहनत चाहिने र खर्चिलो समेत भएकाले यो क्षेत्रमा भविष्य बनाउनेहरूको संख्या बढ्न सकेको छैन । त्यसमाथि पनि महिलाहरूका लागि यो त्यति आकर्षकको विषय मानिँदैन । खेलका बारेमा जानकारी नभई शरीरको तौल कम गर्न वा स्वास्थ्यको ख्याल गरेर फिटनेस सेन्टर धाउनेहरू नै अहिले यसका खेलाडी भएका छन् । शारीरिक सुगठनलाई अरू खेलको तुलनामा कठोर मेहनत र लगानी बढी चाहिने खेल मानिन्छ । यो खेलमा नियमित एक्सरसाइज तथा खानपानको व्यवस्थापन मिलाउन पनि त्यत्तिकै जरुरी हुन्छ ।
खेलाडीहरूको खानाको मेनु नै फरक हुन्छ । त्यसमा उमालेका, नुन एवं चिल्लोरहित खानेकुरा पर्छन् । यो खेलका खेलाडीहरू जंकफुडबाट टाढै रहन्छन् । बडिबिल्डरको ड्रेस कोड हुन्छ–टु पिस । पुरुषको जस्तै शरीर देखिने अनि त्यसमाथि टु पिस लगाएर प्रतिस्पर्धामा उत्रनु महिलाहरूका लागि सहज छैन । तैपनि अनेकौं चुनौती चिर्दै महिलाहरू यो क्षेत्रमा उदाइरहेका छन् ।
प्रथम महिला बडिबिल्डर

निर्मला महर्जन
काठमाडौं लाजिम्पाटमा जन्मिएकी निर्मला महर्जनलाई विद्यालय पढ्दादेखि नै ब्याडमिन्टन, कराँते, तेक्वान्दो तथा भलिबलप्रति रुचि थियो । उनको घर नजिकै फिटनेस सेन्टर थियो, जहाँ उनी पुरुषहरू मात्र देख्थिन् । एकजना गुरुले उनलाई जिममा आउन प्रोत्साहित गरे । करिब एक दशकअघिसन् २००४ मा उनले पहिलो पटक धर्मश्रीमा ज्याठाको ब्यान्ड मन्दिरबाट डेब्यु गरिन् । त्यतिबेला निर्मला एक्लैले टु पिस लगाएर प्रस्तुति दिएकी थिइन् ।
राष्ट्रिय स्तरमा प्रस्तुति दिएपछि उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सपना बुन्न थालिन् । आफ्नो यही सपना साकार तुल्याउँदै उनी २०१५ मा वर्ल्ड च्याम्पिएनसीप ओमन फिजिक्समा भाग लिन बैंकक पुगिन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव नभएकाले त्यहाँ कुनै उपाधि हासिल गर्न नसकेको निर्मला बताउँछिन् । त्यसपछि उनी २०१६ मा भएको एसियन च्याम्पियनसीपमा सातौं स्थान हात पार्न सफल भइन् । उनले २०१७ मा भएको एसियन च्याम्पिएनसीपमा ओमन एथलेटिक्स फिजिक्समा चौथो स्थान हासिल गरिन् भने भूटान र कोरियामा भएका एसियन च्याम्पियनसीपमा सातौं र चौथो स्थान प्राप्त गरिन् ।
विश्व च्याम्पियनसीपमा कांस्य पदक

ननिता महर्जन
शारीरिक सुगठनको विश्व च्याम्पियनसीपमा कांस्य पदक विजेता हुन्–ननिता महर्जन । २०१६ मा थाइल्यान्डको बैंककमा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लूबीपीएफ) द्वारा आयोजित महिला एथलेटिक फिजिकको १ सय ६५ सेन्टिमिटर उचाइ समूहको प्रतिस्पर्धामा ५६ देशका सहभागीमध्ये ननिता सेकेन्ड रनर अप भएकी थिइन् । त्यसअघि ‘मिस्टर काठमाडौं एन्ड लेडिज फिटनेस च्याम्पियनसीपमा पहिलोपटक सहभागी भएकी ननिताले स्वर्ण पदक हात पारेकी थिइन् । ननिता भन्छिन्–कुनै पनि प्रतियोगिताबाट रित्तो हात फर्कनुपरेको छैन ।’
कीर्तिपुर बाघभैरवमा जन्मिएकी ननिताले बडिबिल्डर बनौंला भनेर कहिल्यै सोचेकी थिइनन् । एकाएक उनमा माइग्रेनको समस्या देखापर्यो । उनको दैनिकी सुतेर नै बित्थ्यो । त्यस क्रममा उनको तौल अस्वाभाविक रूपमा बढ्नुका साथै ब्याक पेन समेत हुन थाल्यो । समस्या दिनप्रतिदिन बढ्दै जान थालेपछि उनी चिकित्सककहाँ पुगिन् । चिकित्सकले एकैपटक छ महिनाको औषधि दिए तर उनले खाने आँट गरिनन् बरू श्रीमान्को सल्लाहअनुसार फिटनेस सेन्टर जान थालिन् । बडिबिल्डिङमा सहभागी हुन प्रस्ताव आएपछि पनि उनी अन्योलमै थिइन् । उनको बडिबिल्डर यात्रा भने मिस्टर काठमाडौं एन्ड लेडिज फिटनेस च्याम्पियनसीपबाट सुरु भएको हो । यही क्षेत्रमा रमाउन चाहने ननिता यतिबेला श्रीमान्का साथमा फिटनेस सेन्टर सञ्चालन गर्ने तयारीमा छिन् । ननिताले भनिन्–‘अरूलाई प्रेरणा प्रदान गर्न पनि फिटनेस सेन्टर सञ्चालनको तयारीमा छु ।’
एक वर्षमा तीन उपाधि
शोभा मानन्धर
पाँच वर्षअघि तौल घटाउन भनेर फिटनेस सेन्टर पुगेकी थिइन्–शोभा मानन्धर । न उनलाई शारीरिक सुगठन खेलका बारेमा जानकारी थियो न त जिम सेन्टरमा के गर्नुपर्छ भन्ने कुरा नै थाहा थियो । सिकाइका क्रममा उनले गतिलो साथ पाइन् निर्मला महर्जनको । उनले आफ्नो शारीरिक अवस्था र रुचिअनुसार नै प्रशिक्षण लिइन् । सिक्दै जाने क्रममा उनलाई शारीरिक सुगठन खेलप्रति प्रेरित गर्न थाले गुरुहरूले । दुई सन्तानकी आमा शोभा संयुक्त परिवारमा बस्थिन् । खेलमा सहभागी हुने कुरा उनले श्रीमान्बाहेक कसैलाई भनिनन् बरू लुकीछिपी प्रतिस्पर्धामा सहभागी भइन् ।
पहिलोपटक उनी २०७४ मा मिस्टर काठमाडौंकै मैदानमा देखापरिन् । त्यसमा उनी सेकेन्ड भइन् । यसरी राष्ट्रिय रूपमा उपाधिसहित अघि बढ्दै जाने क्रममा प्रथम दक्षिण एसियाली शारीरिक सुगठनको महिला बडी फिटनेसमा उनी प्रथम भइन् । स्वास्थ्य अवस्था राम्रो बनाउन पहिलो पटक फिटनेस सेन्टर पुगेकी शोभा हरेक प्रयासमा सफलता प्राप्त हुँदा आफै दंग छिन् । यो खेल अहिले आफ्नो रुचिको खेल भएको उनी बताउँछिन् । यद्यपि यसमा लगानी धेरै हुने तर आर्थिक उपलब्धि हासिल गर्न नसकिने उनले बताइन् । यो क्षेत्र नाम र रहरका लागि मात्र उपयुक्त छ–मानन्धरको भनाइ छ ।
प्रो कार्ड होल्डर

विनीता राई
विनीता राई अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठनमा ‘मिस्टर ओलम्पिया’ को छनोट खेलमार्फत ‘प्रो कार्ड’ पाउने पहिलो खेलाडी हुन् । तीन वर्षअघि मात्र शारीरिक सुगठनका सम्बन्धमा जानकार भएकी विनीता यो सफलता आफ्ना लागि अकल्पनीय भएको बताउँछिन् ।
झापामा जन्मिएकी विनीतालाई सानैदेखि ढाड दुख्ने समस्या थियो । उनी न केही बोक्न सक्थिन् न त सहज रूपमा हिँड्न । उपचारका थुप्रै विधि अपनाउँदा पनि उनको पीडामा कुनै कमी आएन । यही समस्याको समाधान खोज्दै उनी फिजियोथेरापीका लागि फिटनेस सेन्टर धाउन थालिन् । फिटनेस सेन्टर धाउने क्रममै उनले शारीरिक सुगठनका बारेमा जानकारी पाइन् ।
‘उपचारको सिलसिलामा फिटनेस सेन्टर गएकी थिएँ । खेलाडी बनौंला भन्ने त कल्पनै थिएन’ विनीताले भनिन् । उनको खेल जीवन भने ‘मिस्टर एभरेस्ट’ बाट सुरु भएको हो । मिस्टर एभरेस्टमा उनले फस्ट रनरअपको उपाधि हासिल गरिन् । त्यस्तै उनले ‘मिस्टर बुल्समेनमा बुमन फिजिक्समा’ गोल्ड मेडल जितिन् । राष्ट्रिय स्तरमा राम्रो छवि बनाइसकेकी विनीता अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेकी छिन् ।
लगानी बढी भएकाले पनि जोकोही यो क्षेत्रमा प्रवेश गर्न सक्दैनन् ।’ विनीता भन्छिन्–‘यो खेलमा लगानी धेरै छ चाहेर पनि यो क्षेत्रमा आउन नसक्ने धेरै छन् ।
अन्तर्राष्ट्रिय उपाधिको रहर

सुजिता मानन्धर
रोजगारी र राम्रो शिक्षाको खोजीमा युके पुगेकी सुजिता तीन वर्षपछि फिटनेस मोह लिएर स्वदेश फर्किइन् । विदेशमा फिटनेसको क्रेज देखेर पनि उनमा यसप्रति मोह जाग्न थाल्यो । नेपाल आएपछि उनी फिटनेस सेन्टर धाउन थालिन् । सुजिता फिटनेस जानुको मूल उद्देश्य तौल घटाउनु थियो । सुरुमा उनलाई गार्हो पनि भयो तर उनले नियमित अभ्यास गरिरहिन् ।
सुजिताले पहिलोपटक २०१७ मा ‘मिस्टर काठमाडौं’ मा भाग लिइन् भने त्यसको एक वर्षपछि अर्को संस्करणमा भाग लिँदै दोस्रो भइन् । त्यस्तै बुल्सम्यानमा पनि उनले दोस्रो स्थान हासिल गरिन् । सुजिता भन्छिन्–‘बडिबिल्डिङमा लागेपछि सबैभन्दा ठूलो समस्या भनेको खानेकुरा बार्नु हो, कतिपय अवस्थामा मन लागेको कुरा चाहेर पनि खान मिल्दैन ।’
सुजिता राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागी भैसकेकी छिन् । अबको उनको लक्ष्य भनेको अन्तर्राष्ट्रिय स्तरको स्टेजमा उभिनु हो । हरेक मानिसको जीवनमा स्वास्थ्य महत्वपूर्ण भएकाले एक्सरसाइज अनिवार्य भएको मानन्धर बताउँछिन् । बडिबिल्डर बन्नका लागि मात्र होइन राम्रो स्वास्थ्य, तरोताजा मस्तिष्क, फुर्तिलो शरीर, निरोगी हुनका लागि पनि फिटनेस सेन्टर आवश्यक छ–सुजिताले भनिन् ।